Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • कहाँ जाने अब ?
कहाँ जाने अब ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २४, २०८२

‘एक युगमा एक दिन एक पटक आउँछ
उलटपुलट उथलपुथल एक पटक ल्याउँछ’
गोपालप्रसाद रिमालले लेखेका यी पंक्तिहरु २०३६ सालतिर खुव घन्किए । त्यसबेलाको पञ्चायती व्यवस्थाको विरुद्ध प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिका लागि । त्यही गीत आजसम्म पनि उत्तिकै सान्दर्भिक छ । पछिल्लो पुस्ता मुलुकमा समृद्ध चाहन्छ । रोजगारीका अवसर यही मुलुकमा होस् र विदेश पलायन हुन नपरोस् भन्ने सोच्छ । तर, त्यो हुन सकिरहेको छैन । त्यही भएर होला जेन–जी पुस्ताका रुपमा (सन् १९९८ देखि २०१२ सम्म) स्थापित गराइयो ।

अहिले त्यही पुस्ता मुलुकमा व्याप्त भ्रष्टाचार र बेथिति रोक्न भन्दै डिजिटल हुँदै सडकमा पुगेका छन् । आमा हामी पनि त्यहाँ जाने होइन र ? साँच्चै देशका लागि लड्ने होइन र ? उनीहरुका मनमा खुल्दुली छन् र सामाजिक सञ्जालमार्फत आफूलाई सक्रिय देखाउँछन् । उनीहरु झोले र चम्चे बन्न चाहँदैनन् । आफूसँग भएको प्रतिभा, सीप र ज्ञानलाई प्रयोग गर्दै मुलुकको समृद्धि खोजिरहेका छन् ।

तर सेप्टेम्बर ८ अर्थात् भदौ २३ गते जेन–जी पुस्तामाथि राज्य यति क्रुर बन्यो कि, २४० वर्षीय शासनसत्ता छाड्नु पर्दा शाही शासनले पनि त्यत्ति गरेको थिएन । जेन–जी आन्दोलन सुरु भएको दुई घण्टाको बीचमा सरकारले कफ्र्यु लगायो । १९ जनाले आफ्नो ज्यान गुमाए । जेन–जी अभियानको दुई घण्टामा यसरी सत्ताधारी आक्रामक हुनु र १९ जनाको ज्यान जानु, २०० भन्दा बढी युवा घाइते हुनुलाई पक्कै पनि प्रजातान्त्रिक मान्नै सकिन्न । 

सत्ताको रसस्वाद लिनेहरु भ्रष्ट छन् । हरेक पाइलापाइलामा भ्रष्टाचार मौलाउँदै गइरहेको छ । सत्तामा रहनेहरुका आसेपासे, झोले र चम्चेबाहेकहरुले नातावाद, परिवारवादभन्दा बाहिरको कुनै विचार वादले काम गर्दैन । त्यही कमिसनको चक्करमा शक्तिको दुरुपयोग गरिरहँदा जेन–जी पुस्ता जन्मियो । त्यही जेन–जी पुस्तामाथि सरकार निर्मम भयो ।

Hardik health

राजधानीका अस्पतालहरु घाइते जेन–जी पुस्ताले भरिएका छन् । अस्पतालभित्रै अश्रुग्यास र गोली हानिएको छ । कठैबरा ! दुई शक्तिशाली पार्टीको सरकार ! सत्तामा बस्नेका छोराछोरी जेन–जी नै भए पनि सडकमा जानु पर्दैन, किनकि तिनका बाउआमाले राज्यको ढुकुटीको दोहन गरेका छन् । त्यही दोहन गरेको पैसाले तारे होटलमा पिजा र बर्गरमा रमाउँदै छन् । देश त तिनको बाउको बिर्ताजस्तै भएको छ नि होइन र ? 

होइन । यो देश हातका औंलामा गन्न सकिने मानिसहरुको बाउको सम्पत्ति होइन जुन अंशमा पाउने । तर भइरहको छ त्यस्तै । तीन दशकदेखि अंश भागबण्डा गरेजस्तै बाँडीचुडी खाइरहेका छन् । त्यसैले त खोक्रो बनिसक्यो देश । त्यही देश जोगाउन ‘जेन–जी’ कहाँ जाने भन्दै एक ढिक्का भएका हुन् ।

जेन–जी भन्छन्, ‘तिमी देऊ तिम्रा हातहरु, म दिन्छु मेरा हातहरु, आऊ मिलाऔं हाम्रा हातहरु ।’तर मिल्न दिएनन् । स्कुल–कलेजको पोसाकमा सजिएर ‘भ्रष्टाचार अन्त्य गर’ भन्न पनि पाइएन । त्यत्ति सुन्दर बगैंचा, माइतीघर बगैंचाबाट निस्किएर सुन्दर मुलुक बनाउनुपर्छ भन्ने सोचले अगाडि बढेका जेन–जीको मात्र होइन, उनीहरुका परिवारको सपना पनि बानेश्वर पुगेपछि चकनाचुर भयो । भविष्यको रेखा कोर्न कलेज पठाएका छोराछोरीको रगतमाथि सरकारले होली खेल्यो । 

स्कुले केटाकेटीमाथि पानीका फोहोरा, अश्रुग्यास अनि गोली बर्साइयो । क्षणभरमा प्राण पखेरा उडी गयो । कहाँ पुग्ने सपना बोकेर हिँडेको कोपिलालाई चुँडेर लग्यो । सत्ताको स्वाद चाख्न पल्किएकाहरुले जेन–जी पुस्ताका छोरानातिका रगतमा डुबुल्की मारे ।विगत ३० वर्षदेखि एउटा पुस्ता खाडीमा जागिएको छ । त्यही ३० वर्षदेखि केही परिवार देश हाँक्ने ठेक्का लिएर जनताले तिरेको करमा देशको ढुकुटी रित्याउँदै उसका परिवारका लागि स्वर्ग बनाइरहेको छ । बेरोजगारीले थिल्थिएको छ । स्वास्थ्य उपचार नपाएर किड्नी बेच्न बाध्य छ । तर पनि मौन छ ।

अब त्यो मौन रहने पुस्तालाई झकझक्याउने र देशभित्रै रमाउने बनाउने जेन–जी पुस्ता कहाँ जाने ? कसलाई सोध्ने ? अभिभावकका रुपमा रहेको सरकारमा बस्नेहरुको बोलीको जवाफ गोलीले दिन्छन् । त्यसो भए कहाँ जाने ? के यो देश मेरो पनि होइन र ? भन्ने गीतको भाका जस्तै हो । यो देश तिमी र तिम्रा सन्तानका लागिमात्र स्वर्ग हो ? अरुलाई लागि यो देश के हो ? मैले यो देशको मुहार फेर्नका लागि आवाज उठाउन नपाउने ? 

मलाई बोल्न दे सरकार ! बोल्ने दे सरकार भन्दा बोलीलाई गोलीले उडाइदिने ? तिमी कुन हिटलर हौ ? तिमीले यो देश र जनताका लागि के दियौं ? तिमी मरेर जाँदा के लिएर जान्छौ ? तिम्रा सन्तान, परिवार अनि झोले र चम्चेहरुका लागिमात्र स्वर्ग बनाउनका लागि राजनीति गर्दै छौ ? 

तिम्रा छोराछोरी त समुद्रपारी पौडी खेल्दै होलान् । तिमी जनताको छोराछोरीको रगतमा पौडी खेलिरहेका छौ । त्यसो भए जनताका छोराछोरी कहाँ जाने ? यही माटोमा जन्मिएर यही माटोमा रमाउन नपाउने ?‘जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी’ भन्ने मूल मन्त्रलाई तिलाञ्जली दिने ? त्यसो भए जेन–जी पुस्ता कहाँ जाने ? बाटो देखाइदेऊ । तिमी र तिम्रा सन्तानहरुले मात्र बाँडीचुँढी पालैपालो मोज गर । झोले र चम्चेहरुका लागि भिजिलान्ते बनाएर डिस्कोतिर लगेर नचाऊ । त्यो दिन आउँछ एक युगमा एक दिन एक पटक आउँछ त्यही एक दिनले उलटपुलट नै ल्याउँछ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP