Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • इन्द्रजात्राको आख्यान र इतिहास
इन्द्रजात्राको आख्यान र इतिहास
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २०, २०८२
पदम श्रेष्ठ

 

इन्द्रध्वजोत्थानकै दिनदेखि काठमाडौं, ललितपुर, भक्तपुरका नेवार बस्तीहरूमा हाथुद्यो (भैरव) मूर्र्ति सार्वजनिक गरिन्छ । यसै दिनदेखि हल्चोक स्वयम्भूको सवः भक्कु, किलागलबाट पुलुकिसी (तानाकिसी), मजिपातबाट मजिपाः लाखे, कुम्हाननीको कुम्हो प्याखँ, किलागलको दि प्याखँ (देवी नृत्य), भक्तपुरबाट महाकाली प्याखँ गणनृत्य र माकःप्याखँ र त्रिपुरेश्वरको १० अवतार झाँकी बसन्तपुर दरबारमा प्रदर्शन गरिन्छ भने पाटनको च्यासलमा नेपालको प्राचीन यौन चलचित्र ‘झ्यालिँचा’ मञ्‍चन गरिन्छ ।
 

भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका कालभैरव अगाडि यःसिं (इन्द्रध्वज) उठाएपछि कृष्ण चतुर्दशीसम्म आठदिन राजधानीमा इन्द्रजात्रा मनाइन्छ । उपत्यकावासीहरु इन्द्रजात्रालाई यलम्बर जात्रा येंयाः अर्थात् काठमाडौं नगर उद्घाटन भएको दिनका रुपमा मान्दछन् । 

अधिकांशलाई बोलीचालीमा इन्द्रजात्रा भनिएकोले देवताका राजा इन्द्रको पूजा गर्दै मनाइने पर्व हो भन्ने भ्रम छ तर त्यस्तो होइन । इन्द्रलाई त ज्यापुको खेतमा आफ्नी आमाका लागि तीजको व्रत बस्न पारिजातको फूल चोर्दै गर्दा पक्रिएर हालको यङकीदह दहचोकमा बाँधेर राखेको र उनैलाई देखाउन काठमाडौं जात्रा येंयामा जीवित देवी कुमारीको रथारोहण हुँदा मरु सिंह सत्तलमा काठको इन्द्रलाई हात खुट्टा बाँधेर सार्वजनिक गरिएको भन्ने मान्यता छ । वास्तविकतामा कलिगत संवत् ३८२५ (वि.सं. ७८१)मा राजा गुणकामदेवले पचलीलाई बिँड र म्हय्पीलाई मञ्जुश्री खड्गको टुप्पो हुनेगरी देशको चारैतिर अष्टमातृका पीठ विराजमान गराई येंगा हिटीनेर उद्घाटन गरेको दिनको रुपमा जात्रा मनाइएको विश्‍वास गरिन्छ ।

Hardik health

अर्को आख्यानअनुसार पाँच हजार वर्षअघि किराँती राजा यलम्बर भारतको कुरुक्षेत्रमा भएको महाभारत युद्धमा कौरव र पाण्डवमध्ये जुन पक्ष हार्छ उसैको पक्षमा लड्ने बताएछन् । यस्तो भएमा युद्ध कहिल्यै अन्त्य नहुने देखेर छली कृष्ण भगवान्ले छलगरी यलम्बरको टाउको दुई टुक्रा हुनेगरी काटिदिए । यही दिनको स्मरणमा यहाँ आजुद्यो (आकाश भैरव)को शिर र अर्कोतर्फ बाकाद्यो (आजुद्योको साथी) तान्त्रिक पूजासहित सार्वजनिक गरिन्छ ।  इन्द्रध्वजोत्थानकै दिनदेखि काठमाडौं, ललितपुर, भक्तपुरका नेवार बस्तीहरूमा हाथुद्यो (भैरव) मूर्र्ति सार्वजनिक गरिन्छ । यसै दिनदेखि हल्चोक स्वयम्भूको सवः भक्कु, किलागलबाट पुलुकिसी (तानाकिसी), मजिपातबाट मजिपाः लाखे, कुम्हाननीको कुम्हो प्याखँ, किलागलको दि प्याखँ (देवी नृत्य), भक्तपुरबाट महाकाली प्याखँ गणनृत्य र माकःप्याखँ र त्रिपुरेश्वरको १० अवतार झाँकी बसन्तपुर दरबारमा प्रदर्शन गरिन्छ भने पाटनको च्यासलमा नेपालको प्राचीन यौन चलचित्र ‘झ्यालिँचा’ मञ्‍चन गरिन्छ ।

इन्द्रजात्रासम्बन्धी आख्यान
इन्द्रजात्राको प्रचलित आख्यानुसार स्वर्गका राजा इन्द्रले आफ्नी आमा डागीँका लागि तीज व्रत बस्न पारिजातको फूल टिपिरहेको देखेर ज्यापूले चोर ठानेर पक्री दुई हातखुट्टा बाँधी सार्वजनिक बेइज्जत गरेदेखि इन्द्रजात्रा नाउँ उल्लेख भएको बताइन्छ तर यो वैदिककालीन आख्यान मानिएको छ ।

उपाकू बनेगु 
भाद्रकृष्ण द्वादशी (यँलाथ्व द्वादशी) अर्थात् इन्द्रध्वजोत्थानकै दिन साँझ मृतकका नाउँमा बाटोभर धूप–दीप (पाल्चा) बाल्दै देवी–देवतालाई धूप, अक्षता, नगद चढाउँदै ‘उपाकू परिक्रमा’ गर्ने गरिन्छ ।

जीवित देवी कुमारीको रथयात्रा 
मातृसत्तात्मक नेवार समुदायको प्रतीक जीवित देवी कुमारी, श्रीभैरव र श्रीगणेश रथारोहण नै इन्द्रजात्राको प्रमुख आकर्षण मानिन्छ । येंयाः पून्हीको यस दिन आश्‍‍विन १ गते नेवार समुदायका घर-घरमा छ्वयला (पोलेको मासु), अदुवा, लसुन, कालो भटमास, समयबजी (स्याबजी–चिउरा) बाँड्ने र ‘ला छकू वय्क समयबजी बल-बल पुलुकिसी’ भन्दै माग्न जाने परम्परा छ भने वसन्तपुर गद्दी बैठकमा राष्ट्रप्रमुख, विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका व्यक्तिहरूको उपस्थितिमा श्रीकुमारीको भव्य रथारोहण तथा पञ्‍चबुद्ध मजिपाः लाखे, सवः भक्कु आदिको झाँकी प्रदर्शन गरिन्छ । एकयुगको कुरा हो, राजा त्रैलोक्य मल्ल र तलेजु भवानीबीच पासा खेल्दै राज्य सञ्चालनबारे कालो पर्दाले छेकी वार्ता भइरहेको बेला राजाले मनमा पाप चित्त उत्पन्न गरेछ ।  उक्त कुरा थाहा पाएकी देवी तलेजु भवानीले अबदेखि शाक्य थरकी कन्याको जीउमामात्र आफू प्रकट हुने र उनैसँग सल्लाह लिनू भनी उपदेश दिँदै अलप भइछन् ।

त्यसै बेलादेखि जीवित देवी कुमारीसँग राज्यप्रमुखले इन्द्रजात्रामा टीका लगाउने परम्परा चलेको हो । यदि राज्य प्रमुख कुमारी घर वसन्तपुर नपुगी अपमान गरे राज्य स्थिर नरहने विश्वास गरिन्छ । अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाई कुमारीले अब तिम्रो राज्य गर्ने शक्ति सकियो, अस्तित्व बचाइराख्‍न  कुमारी रथारोहण गराउनू भन्ने उपदेश भए मुताविक ने.सं. ८७६ देखि रथारोहण थालिएको मानिन्छ । ने.सं. ८८८ मा गोर्खाका राजा पृथ्वीनारायण शाहले यसै दिन कुमारी रथारोहणमा मस्त नेवारमाथि विनायुद्ध हमलागरी नेपालमण्डल आफ्नो अधीनमा लिए तर नेवार अस्तित्वलाई आत्मसात् गरे । गुठी सम्पत्ति आफ्नै चंगुलमा राखे पनि जात्रा पर्वका लागि दक्षिणा दिने परम्परा बसाएका थिए ।

कुमारी रथारोहणबारे प्रसिद्ध आख्यान
पचलीभैरव र ङेत अजिमाँ (नरदेवी)को राज्य चलिरहेको बेला अति बलियो दैत्यले आक्रमण गरी अष्टमातृका गण र भैरवहरू सबैलाई हराइदिएछन् तर दैत्यको कुमारीसँग प्रेम सम्बन्ध थियो । माता-पिता र राष्ट्रलाई धरापमा पारी आफूसँग विवाह गर्न चाहने दैत्यसँग कुमारी सहमत भइनन् र अन्त्यमा छलगरी कुमारीद्वारा राष्ट्रघाती एवं माता–पिताका दुश्मनलाई बध गरी आफू आजीवन कुमारी रहने प्रतिज्ञा गरिन् । यही त्यागको स्वरूप रथारोहणको बेला दबू प्याखँ (डबली नृत्य) जोशी देगलमा प्रदर्शन गरिन्छ ।

इन्द्रजात्रामा पाटन च्यासलको झ्याल्चा 
इन्द्रजात्रा काठमाडौंमा राज्यप्रमुखको उपस्थितिमा कुमारी रथारोहण गरी मनाउने भएता पनि ललितपुरको च्यासलमा नेपालको ‘प्रथम चलचित्र !’ झ्याल्चा प्रदर्शन गरी मनाइने परम्परा छ । येंयाःपून्ही भाद्रशुक्ल पूर्णिमाका दिन साँझ ७ः३० बजेदेखि एक घण्टा प्रदर्शन हुने झ्याल्चा चलचित्र सेतो पर्दाभित्र चिर दीप बाली यौनभावको क्रियाकलाप देखाउने हुँदा चलचित्र हेर्नेहरूको ठूलो भीड लाग्ने गर्दछ । प्रजापति गुथीको यो प्रस्तुतिलाई छायाँ दर्शन पनि भन्ने गरेको पाइन्छ ।

दागीं वा बौमत
यँलाथ्व चतुर्दशीका दिन कुमारी रथारोहण सँगसँगै काष्ठमण्डप मरुबाट दाबी (इन्द्रकी आमाको प्रतीक स्वरूप) सेतो मुकुण्डो र जामासहितको भेषभूषामा धिमे-भुस्या (परम्परागत नेवारी बाजा)को संगीतमय तालमा नगरपरिक्रमाका लागि बाहिर निकालिन्छ । त्यसैगरी इन्द्रका पिताका रूपमा बौमत कुमारी रथारोहणकै मार्गमा मृतकका नाउँमा दीपदान गर्दै घुमाइन्छ । यसरी नगरपरिक्रमा गर्दा मृतकका नाउँमा नौ थरी गेडागुडी सस्र्युं, तोरी, कालो तिल, जौ, ज्वानो, केराउ, गेडामास, कालो भटमास बाटोभर छर्दै हिँड्ने परम्परा छ । यसै दिन स्वर्गको बाटोको रूप मान्दै काठमाडौंबाट १५ किलोमिटर पश्चिम थानकोटस्थित इन्द्रदह (यंकीदह)मेला भर्न राति नै हिँडेर पुग्ने गर्दछन् ।

नानिचा याः (दथु याः)
यँलागा चतुर्दशी अर्थात् इन्द्रजात्रको अन्तिम दिन कुमारीसहितको रथ किलागलतर्फ लाने परम्परा छ । राजा जयप्रकाश मल्लले मथ्याम्ह (ल्याइते) रानीलाई देखाउन अन्तिम रथारोहण ‘नानिचा याः’ (नानीका लागि यात्रा)को परम्परा थप गरिएको जनश्रुति छ । राज्य प्रमुखद्वारा कुमारी दर्शन, इन्द्रध्वज विसर्जन, हाथुद्यो (भैरव) र यःमाद्यो (इन्द्र) प्रदर्शन गरी इन्द्रजात्रको समापन गरिन्छ ।

ख्वप भक्तपुरको पुलुकिसी जात्रा
यलाथ्व द्वादशीदेखि यँलागा चौथीसम्म हुने इन्द्रजात्रा (येंयाँ) पून्हीको अन्तिम दिन नानिचायाँमा भक्तपुरमा पुलुकिसी जात्रा गर्दछ । इन्द्रजात्राका बेला भक्तपुरमा यमाद्यः भनी इन्द्र मूर्ति प्रदर्शन गरिन्छ । काठमाडौंमा ऐरावत हात्तीको प्रतिकस्वरूप तानाकिसी जात्रा जस्तै भक्तपुरमा अष्टमी व्रतका लागि खाइसी लिन आएका छोरा इन्द्र ढिलो भएका कारण आमा डाँगीले ऐरावत हात्तीलाई खोज्न पठाएको नाउँमा यहाँ पुलुकिसी जात्रा गरिन्छ । भूतप्रेतबाट दुःख नदिइयोस् भन्ने कामना गर्दै पुलुकिसी जात्रा तानताना बाजाको तालमा देश परिक्रमा गर्दा बटुवाबाट जगात उठाइन्छ । हात्तीले नःपुर्खुमा पानी र ब्रह्मायणीतर्फ फर्काएर धान खुवाउने जात्रा गरिन्छ । अनौठो भनाइ के छ भने पुलुकिसीले जात्रामा जसको खेततर्फ फर्किएर धान खान्छ, त्यसको खेतमा धान फल्दैन ।

नागचा प्याख
इन्द्रजात्रा येँया पून्हीकै अवधिमा पशुपति क्षेत्र जयबागेश्वरीमा नागचा प्याखँ शिव–पार्वती नृत्य हुने गर्दछ । आश्विन कृष्ण परेवाको रातिदेखि तीन दिन पूर्णिमासम्म मृदंग बाजाको तालमा प्रेमलीलामा आधारित नागचा प्याखँमा नेपालभाषा, नेपाली, हिन्दी मिश्रित गीत भट्याउने गरिन्छ ।
इन्द्रराज आएर भने दुःख फूं हरणया 
कर्जा हुँ म भएँ, धन राजा पञ्चाल देश 

किंवदन्तीअनुसार सुन्दर नामक राजकुमारको देशमा अमर व्याधा सिकार खेल्दै जंगल पुग्दा तातो पानीको पोखरी देखेछन्, पोखरी छेउ एक मन्त्रसिद्धि वैद्य जप गरिरहेका । व्याधाको आग्रहमा वैद्यले पोखरीको पानी चिसो बनाइदिए । तापका कारण छट्पटाइरहेका जीवजन्तु नागराजा एकाएक पानी सामान्य भएबाट खुसी हुँदै बाहिर निस्कँदा व्याधालाई देखे । खुसी भएका नागराजले इच्छाएअनुसार अमोघपास हतियार दिई पठाइदिए । हतियारको माध्यमबाट व्याधा दाजुभाइले देवराज इन्द्रकी छोरी मागे, एउटीसँग कसले विवाह गर्ने विवाद हुँदा दाजुभाइले अमोघपास हतियार र राजकुमारीलाई सुन्दर राजकुमारको जिम्मा लगाई धन–सम्पत्ति, गहना लिएछन् ।

अन्त्यमा महादेवको सहयोग लिई देवराज इन्द्रले आफ्नी छोरी सुन्दर राजकुमारबाट फिर्ता लगेको आख्यानमा नागचा प्याखँ नचाउन अमालकोट कचहरीमार्फत समयबजी चढाउने परम्परा छ । जय बागेश्वरी नासल चोकबाट सुरू हुने नागचा प्याखँ सिफल, ताम्रोश्वर, नवाली गणेश, बासुकी भट्ट र पशुपति मूल भट्टको घरमा, राममन्दिर, राजराजेश्वरी, गृह्येश्वरीमा नचाउँदै इन्द्रजात्राको अन्तिम दिन नानिचायाः गरी नागचा प्याखँ सम्पन्न गर्ने परम्परा छ । 
 


प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP