Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
विचार
  • Home
  • विचार
  • सामाजिक सञ्जाल बन्दको प्रभाव
सामाजिक सञ्जाल बन्दको प्रभाव
विविशा पाैडेल
विविशा पाैडेल शुक्रबार, भदौ २०, २०८२

आजको युगमा सामाजिक सञ्जाल मानव जीवनको एक अभिन्न अंग बनेको छ । मानिसहरुले कुराकानी गर्नदेखि लिएर हरेक कार्यक्रम होस् या विभिन्न विषयमा सल्लाह, सुझाव र निर्णय लिने वा दिनेजस्ता महत्वपूर्ण कार्य गर्न सामाजिक सञ्जालको प्रयोग गरेको पाइन्छ । त्यसमा पनि पछिल्लो समय सबैले चलाइराखेको र सहजै कुराकानी तथा सूचना प्राप्त गर्ने माध्यमका रुपमा रहेका फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जाल दर्ता बन्द गर्ने निर्णय लिएपछि देशभर यसबारे बहस चर्किएको छ ।

पछिल्लो समय धैरे मानिसलाई स्वरोजगार बनाउने माध्यमका रुपमा रहेको सामाजिक सञ्जाल बन्दले हरेक क्षेत्रमा प्रभाव पार्ने सम्भावना रहेको छ । हरेक मानिसको जीवनदेखि व्यावसायिक गतिविधि, राजनीति, सञ्चार र संस्कृतिसम्मको क्षेत्रको बारेमा सामाजिक सञ्जालले जानकार तथा ज्ञात पार्ने र शिक्षित बनाएको छ  । सरकारले सामाजिक सञ्जाललाई दर्ता प्रक्रियामा आउन आह्वान गरेको थियो । तर प्रक्रिया पूरा नगरेकाले सरकारले नेपालमा सर्वाधिक प्रयोगमा रहेका फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको छ । यसले लाखौं प्रयोगकर्ताको दैनिक जीवनमा ठूलो प्रभाव पार्ने देखिन्छ ।

पछिल्लो दशकमा सामाजिक सञ्जाल मनोरञ्जनको साधनमात्र  भएको छैन । यसले हरेक व्यक्तिलाई सामाजिक संवादमा जोड्ने, व्यावसायिक कारोबार गर्ने, राजनीतिक गतिविधिबारे जानकार बनाउने र देश तथा विदेशमा भइरहेका हरेक ताजा समाचार आदानप्रदानको केन्द्रीय माध्यम बनेको छ । सामाजिक सञ्जालको प्रयोगले विदेशमा रहेका लाखौं नेपाली आफ्ना परिवारसँग सम्पर्कमा रही आत्मीयता कायम गर्ने, साना तथा मझौला उद्यमीहरूले बजार विस्तार गर्ने, व्यक्तिमा भएको प्रतिभा तथा आफ्ना सिर्जना प्रचार गर्न र आइटी क्षेत्रमा दक्ष भएकाहरु  रोजगारी खोज्न यिनै डिजिटल प्लेटफर्मलाई प्रयोग गर्दै आएको पाइन्छ । सूचीकरणमा नआएका सामाजिक सञ्जाल निष्क्रिय बनाउने सरकारको निर्णयलाई कतिपयले आवश्यक नियमनको रूपमा व्याख्या गरेका छन् । तर धेरैले यसलाई अभिव्यक्ति स्वतन्त्रता हनन् र वेरोजगारी सिर्जना गराउने प्रहारको रूपमा लिएका छन् ।

Hardik health

यदि सामाजिक सञ्जाल बन्द भयो भने यसको प्रभाव केवल एउटा क्षेत्रमा मात्र सीमित रहँदैन, किनभने सामाजिक सञ्जालमार्फत नै  सामाजमा भएको सांस्कृतिक गतिविधि तथा चेतनामूलक सामाजिक कार्य ठप्प हुने सम्भावना देखिन्छ । बहुल सांस्कृतिक र विविधतामा एकता कायम गर्ने सेतूका रुपमा रहेको माध्यम बन्द हुँदा एकता भंग हुन् सक्छ । साथै समाजमा मेलमिलाप तथा सम्पर्क कायम गराउने सञ्जालमार्फत टोल, विद्यालय वा पेसागत समूहका साथीहरूसँग छलफल तथा सुझाव आदानप्रदान गर्ने माध्यम हुन् । तर यदि यी माध्यम बन्द भएमा महँगो दूरसञ्चार सेवामा निर्भर हुनुपर्ने बाध्यता आउन सक्छ । यसले भावनात्मक दूरी बढाउन सक्छ । यसका साथै, विभिन्न प्रतिभा भएका कलाकार र सर्जकहरूका लागि  सहज र निःशुल्क प्रदर्शन गर्ने माध्यमका रुपमा रहेका फेसबुक, इन्स्टाग्राम र युट्युब नभएमा प्रतिभा प्रचार नभएर कलाकारिता तथा अन्य क्षेत्र पिछाडिँदै जाने अवस्था आउने छ । कतिपय साहित्यकार तथा गायकारहरुले नयाँ गीत, कथा वा कविता प्रकाशन गर्दा तत्काल हजारौं श्रोता वा पाठकसम्म पुग्ने र उनीहरुको कमेन्ट, लाइक तथा सेयरका कारणले उनीहरुमा जागर पैदा भएको छ । यसलाई बन्द गर्ने निर्णयले कला, साहित्य र संस्कृतिको प्रचारप्रसारमा अवरोध खडा हुने छ । परम्परागत माध्यममा सीमित संख्यामामात्र अवसर पाइने हुँदा साना र नयाँ प्रतिभा बाहिर आउन कठिन हुने सम्भावना छ ।

साथै विभिन्न व्यवसाय सञ्चालन गरी पछिल्ला वर्षमा ‘डिजिटल बजार’ बन्दै गएको छ । फेसबुक पेज वा इन्स्टाग्राम अकाउन्टमार्फत उत्पादन प्रचार गरी बेच्ने, युट्युबमार्फत सेवाको प्रचार गर्ने प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । यसमा पनि विशेषगरी महिला उद्यमी तथा सञ्जालमै सीप सिक्नेहरुका लागि सामाजिक सञ्जाललाई आफ्नो मुख्य व्यापारिक तथा उपयोगी सीपको च्यानल बनाएका छन् । सरकारले यी प्लेटफर्म बन्द गरेमा हजारौंको व्यवसाय प्रत्यक्ष प्रभावित हुने छ । त्यसैगरी  हजारौं युवाले युट्युब च्यानल वा फेसबुक भिडियोमार्फत आफ्ना सिर्जनालाई व्यावसायिक पेसा बनाएका छन् । सरकारी निर्णयले उनीहरूको आयस्रोत बन्द गर्ने छ र रोजगारी संकट बढाउने छ । त्यस्तै विभिन्न स्थानको प्रचारगरी पर्यटन प्रवद्र्धनमा गरी पर्यटक भित्र्याउन सञ्जालले भरपुर सहयोग गरेको थियो । यस्ता माध्यम बन्द हुँदा नेपालको सुन्दरता विश्वभर पु¥याउने एउटा ठूलो च्यानल टुट्ने छ, जसले पर्यटन व्यवसाय कमजोर पार्ने छ ।

नेपालमा सामाजिक सञ्जाल नागरिकलाई सरकारप्रति प्रश्न उठाउने, आलोचना गर्ने र आफ्नो विचार व्यक्त गर्ने सबैभन्दा सहज प्लेटफर्म बनेको छ । यसलाई बन्द गर्नु भनेको प्रत्यक्षरूपमा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण लगाएको हो भन्ने भावना पैदा गराउँछ । त्यसैगरी सामाजिक सञ्जालले नागरिक पत्रकारितालाई पनि प्रोत्साहित गरेको छ । कुनै अन्याय वा बेथितिविरुद्ध सामान्य नागरिकले भिडियो वा फोटो खिचेर सार्वजनिक गर्न सक्छन् । यसले तत्काल सामाजिक दबाब सिर्जना गर्छ । तर यो च्यानल बन्द भए, यस्ता गतिविधि कमजोर हुने छन् । नागरिक अभियान वा आन्दोलनलाई कमजोर पार्ने खतरा छ । सरकार आफैंले पनि आफ्ना नीतिगत निर्णय वा सचेतनामूलक सन्देश जनतासम्म पुर्याउन सामाजिक सञ्जाललाई प्रयोग गर्दै आएको छ । यी प्लेटफर्म बन्द हुँदा सरकार र नागरिकबीचको प्रत्यक्ष सञ्चार च्यानल नै खुम्चिने छ ।

सामाजिक सञ्जालले जसरी विश्वलाई एउटा घरजस्तो बनाएको बेला नेपालले यस्तो उपाय अपनाउँदा विश्वव्यापी डिजिटल प्रणालीबाट अलग हुने खतरा बढ्न सक्ने छ । पछिल्लो समय जति पनि सबैले सहजै प्रयोग गर्न सक्ने एपहरु बन्द हुँदै छन् । यदि यी बन्द भए भने डिजिटल सेवाहरूको पहुँचमा अवरोधमात्र नभएर नेपालले देशमा प्रविधिमैत्री वातावरण बनाउन जुन कदम चाल्दै छ, त्यो नै कमजोर हुँदै जाने छ ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत्
‍ छठ पर्वको सामाजिक र प्राकृतिक महत् आइतबार, कात्तिक ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP