Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • पहाड रित्तियो, पालो तराईको ?
पहाड रित्तियो, पालो तराईको ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १७, २०८२

‘उडी जाऊँ भने, म पन्छी होइन,
बसन एक्लै मन छैन’
अरुणा लामाले धेरै अघि गाएको यो गीतले पक्कै पनि अधिकांशको मन पहिले होइन अहिलेचाहिँ दुख्छ होला । अरुणा लामा यो गीत गाइरहँदा ‘मुग्लान वा लाहुरे’ जानेहरु कमै हुन्थे । अति बाध्यता भएकाहरु मात्र घर छाडेर जान्थे । तर अहिले परिस्थिति फरक भएको छ भन्छन्, ‘विष्णु बा’ ।  चौतारीको डिलमा बसेर पल्लो गाउँतिर देखाउँदै, ‘ऊ त्यो पण्डित गाउँको कमेरोले लिपेको घरको ठूले गाउँ छाडेर आसाम राइफलमा भर्ना हुन गाको थियो, विचरा उतै बिते ।’

मैले सोधेँ, ‘पहिलेपहिले पहाडका मान्छे आसामतिर जान्थे हो विष्णु बा ?’ उनले भने, ‘हो नि पूर्व एक नम्बरदेखि गण्डकसम्मका मान्छे उता जाने गरेको सुन्थे । त्यही ठुलेसँग झण्डै म पनि उतै भासिन खोजेको थिएँ ।’ बाउले थाहा पाएर जान दिएनन् ।’ अनि पण्डित गाउँको ठूले के भएर बितेका हुन् नि ? मैले जिज्ञासा राखेँ । ‘के भएर बित्नु नि उता ब्रिटिसहरुसँग लड्नका लागि नेपालीहरु लाहुरे भएर जान्थे । तिनेरुसँग लड्दालड्दै बित्यो नि विचरो ! तर अहिले त गाउँमा मान्छे नै छैन हो कान्छा । सबका ढोकाँ ताल्चा लगाको छ । हामी अलिअलि बूढाहरु छौं । हामी बित्यौ भने लास उठाउने मान्छे पनि छैनन । तिमेरु पनि सहर–गाउँ त गरिरन्छौं कुन दिन फुत्त चिलगाडी चढेर उड्ने हो थाहा छैन,’ निराशा भएर विष्णु बाले भन्नु भो ।

कान्छाले भन्यो, ‘मत जान्न विष्णु बा । जति दुःख पाए पनि म यही बस्ने हो ।’  ‘भन्न त भन्छन् क्यार, दाइभाइ दिदीबहिनी सबै हिँडेपछि तँ चाहिँ किन बस्लास् र ? तलाई यहाँ बस्नै दिँदैनन् !,’ बाले भने । ‘कसले दिँदैन विष्णु बा ?,’ कान्छाले सोध्यो ।  ‘तैँले चुनेका नेताहरुले दिँदैनन् !’ कान्छाले सोध्यो, ‘किन त्यसो भन्नुभएको तपाईंले ? नेताहरुले त देश बनाउँछन्, जनताको कुरा सुन्छन्, अहिले त नयाँ पुराना सबै नेताले देश बनाउने कुरा गर्छन् त ?’
‘कुरा गर्छन् काम गर्दैनन् बुझिस् । हामी छयालिस सालमा प्रजातन्त्र ल्याउनका लागि गाउँगाउँबाट उठेका थियौं । तिमरु त जन्मेका पनि थिएनौं ! प्रजातन्त्र कसरी ल्यायौं भन्ने कुरा तिमेरुलाई के था । त्यसै भकभक जे मन लाग्यो त्यही बोल्न पाका छौ र ! स्वतन्त्रताको नाममा यति छाडा हुन प्रजातन्त्र ल्याइदिएको हो र ? यो ३५–३६ वर्षमा के भयो ? गाउँ पूरै रित्तियो । संघीयताको नेता पनि गाउँमा बस्दै बस्दैन । सहरबाट गाउँमा आको पैसा आफैं ठेकेदार बन्छ, कागजमा काम गर्छ अनि फेरि पैसा सहरमै लैजान्छ । गाउँ त जस्ताको त्यस्तै ।’

Hardik health

ठीकै छ त सहरबाट गाउँ पैसा आउने अनि गाउँबाट फेरि सहर जाने । राम्रो होला नि होइन र ? कसरी हुन्छ राम्रो । सहरबाट गाउँमा पैसा सहर पठाउनका लागि हो र आफ्नो गाउँ राम्रो बनाऊ भनेर पो पठाएको त ! यहाँ त गाउँ रित्तो बनाऊ भनेर पठाएको जस्तो भो ।  ‘किन त्यसो भएको होला विष्णु बा ?,’ उत्सुक हुँदै कान्छाले सोध्यो ?  विष्णु बाले खित्का छाडे र भने, ‘त्यत्ति पनि तँलाई थाहा छैन ? ३० वर्षअघि पनि हामीले बनाएको प्रधानमन्त्री र अहिले तिमरुले बनाउने खोजेको प्रधानमन्त्री एउटै । ३० वर्षसम्म घुमिफिरी एउटै मान्छे । त्यस्ताले देश बनाउँछ ? बरु तिमरुलाई यो वा त्यो नाममा विदेश पठाएर गाउँ रित्तो बनाउँछ ।’  ‘त्यही भएर त भनेको नि राम्रालाई छानौं भनेर,’ कान्छाले विष्णु बालाई भन्यो । ‘के राम्रो ? अनुहार राम्रो ? हेर्दा सबै खाने बेला बाउले लात्ताले हानेर ढोकाबाट निकालेर सहराँ पसेका जस्ताले काम गर्लान् ? अनि राम्रा छान्लान् ? चाहिने कुरा गर न हो कान्छा,’ बाले उल्टै प्रश्न उठाउनुभयो ।

‘सधैँ यस्तै कहाँ हुन्छ र ? परिवर्तन त हुन्छ नि विष्णु बा...,’ कान्छाको कुरा बीचैमा काट्दै विष्णु बाले भने, ‘हुन्छ, भइराखेको छ नि परिवर्तन, मान्छेलाई पशुजस्तो बेचिरहेका छन् । गाउँमा कसैलाई अडाउन सकेका छैनन् । १२ कक्षा पास हुन नपाउँदै विदेश पढ्न गाका छन् । भर्खरै बिहे गरेको मान्छे महिना दिन नबिताउँदै रोजगारीका लागि विदेश उड्नुपर्ने बाध्यता छ । यही हो परिवर्तन ।’ ‘त्यस्तो पनि होइन होला बा । हाम्रो बुझाइ नै कम भयो कि ?,’ कान्छाले भने । ‘ठीक छ त बुझाउ न तिमेरुले । जसरी बुझाए पनि केही हुनेवाला छैन । हुन्छ त केवल कमिसनतन्त्र, लुटतन्त्र... यस्तै यस्तै हो । जबसम्म निःस्वार्थी नेता जन्माउन सकिँदैन तबसम्म यी सबै ‘फण्डा’ हुन्,’ बाले भन्नुभयो । ‘लोग्ने स्वास्नी नै नेता भएका छन्, त्यो कसरी त ?,’ कान्छाले जिज्ञासा राखे ।

‘हत्तेरी लाटा ! अब बूढा नेता, बूढी नेता । त्यसपछि सरकारी ढुकुटी सबै तेताका । त्यसका लागि हो । देशका लागि त के योगदान गरेका हुन् र ? आफ्नो छोराछोरी सबै विदेश पठाउने अनि जनताका छोराछोरीलाई आन्दोलनमा पठाएर आफूले राज गर्ने नीति हो बाबु हाम्रो देशका नेताहरुको । बुझिराख ! तिमेरु त पढेलेखेका छौं क्यार ! खोज, अनुसन्धान गरे । कुन नेताको सम्पत्ति कहाँबाट आयो ? परिवारका अन्यले के काम गर्छन् ? त्यही भएर यी सबै नेताहरुले भन्ने मात्र हुन कान्छा, आफ्नो भविष्यका लागि आफू सक्रिय भएको राम्रो ।’ ‘यही आँखाले हेदा हेर्दै गाउँ रित्तो बनाए । सबै समाजवाद र सर्वहाराका नाम लिएर पुँजीवादमा रमाएका छन् । अहिलेसम्म पहाड रित्तो बनाए । अब यिनीहरुले नै मिलेर तराई रित्तो बनाउँदै छन् । श्रम नदिने, सीप नदिने अनि स्वरोजगार भनेको किसानहरुलाई सडकमा आन्दोलन ल्याएर उतार्ने ? त्यही हो हाम्रो नेताहरुबाट हुने काम भनेको ।’

‘गाउँ त रित्तियो रित्तियो । अब विस्तारै तराई रित्तो बनाउने रणनीति बन्दै छ । पहाड पनि रित्तो, तराई पनि रित्तो बनाउने रणनीति बनाउनेलाई तह नलगाएसम्म कोही खुसी हुन्नन् । त्यही भएर भनेको सर्वेः भवन्तु सुखिन । तर नेतालाई बनाइदिनु सर्वेः भवन्तु दुखिन । पहाड रित्तो बने, तराई रित्तो बनाउन खोजिरहेका छन् । सावधान पहाड रित्तो बनाएर तराई रित्तो बनाउन खोज्नेहरु हो । युवा विदेश जाकिए, अब फेरि पालो हामी बूढाको !!’
 


प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP