Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • घरजग्गा कारोबारमा कडाइ अनिवार्य
घरजग्गा कारोबारमा कडाइ अनिवार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १५, २०८२

मुलुकको सबैजसो व्यवसाय धराशायी बन्दा पनि चम्केको क्षेत्र थियो घरजग्गा कारोबार । छोटो समयमै लाखौं आम्दानी हुने भएपछि सबैको ध्यान घरजग्गातर्फ नै केन्द्रित भयो । बैंक, वित्तीय संस्था तथा सहकारीले अर्बौं लगानी गरे । जसको परिणाम यो क्षेत्रमा व्यापक बेथिति फैलियो । घरजग्गा दलालीले जथाभावी जग्गा प्लटिङ गर्नेदेखि सर्वसाधारणलाई झुक्याएर लाखौं ठगी गर्ने कामसमेत भए । बेथिति चरम हुन थालेपछि सरकारले कडाइ गर्न थाल्यो । राष्ट्र बैंकले घरजग्गामा लगानी गर्न बैंकहरुलाई कडाइ गर्याे । जसको परिणाम बिस्तारै यो क्षेत्र सुस्ताउँदै गयो । पछिल्लो केही समय भने ठप्पजस्तै बनेको घरजग्गा कारोबार । विगतको जस्तो चहलपहल छैन । 

यही बेला सरकारले घरजग्गा कारोबारका लागि लाइसेन्स अनिवार्य गरेको छ । घरजग्गा कारोबारलाई पारदर्शी बनाउन भन्दै सरकारले घरजग्गा कारोबारका लागि इजाजत लिनुपर्ने गरी मालपोत नियमावली संशोधन गरेको हो । प्राकृतिक व्यक्तिबीच आपसी सहमतिमा गरिने खरिद बिक्रीबाहेक कुनै शुल्क लिई वा नलिई कसैको घर वा जग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने वा परामर्श दिने कामलाई घरजग्गा कारोबारका रुपमा परिभाषित गरिएको छ । ऐनको व्यवस्थाबमोजिम मालपोत नियमावली घरजग्गा कारोबारको इजाजतपत्रसम्बन्धी व्यवस्था थपिएको हो । भूमि व्यवस्था मन्त्रालयले घरजग्गा कारोबार पारदर्शी नहुँदा नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ‘ग्रे-लिस्ट’मा परेको सन्दर्भमा व्यवसाय नियमन गर्नेगरी मालपोत नियमावली संशोधन गरिएको जानकारी दिएको छ । अहिलेसम्म घरजग्गा कारोबार सरकारको नियमनमा छैन । एफएटिएफले नै प्रश्न गरेको कारण घरजग्गा कारोबारलाई नियमनको दायरामा ल्याएर पारदर्शी बनाउन नियमावलीमा लाइसेन्सको व्यवस्था थपिएको मन्त्रालयको भनाइ छ । 

नयाँ व्यवस्थाले घरजग्गामा कहाँबाट पैसा आइरहेको छ भनेर हेर्न सकिने बाटो खुल्ने मन्त्रालयले जानकारी दिएको छ । सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा पर्याप्त नीति तथा कानुन निर्माण र त्यसको कार्यान्वयन नगरेको भन्दै एफएटिएफले २०८१ फागुनमा नेपाललाई ग्रे-लिस्टमा राख्ने निर्णय गरेको हो । इजाजतपत्रका लागि घरजग्गासम्बन्धी कारोबार गर्ने उद्देश्य रहेको कम्पनी वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, कम्पनीको हकमा कम्पनीको प्रबन्धपत्रको प्रतिलिपि, अद्यावधिक सेयर लगतको प्रतिलिपि, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि र कम्पनी वा फर्मको पछिल्लो आर्थिक वर्षसम्मको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने छ ।

Hardik health

सरकारले चालेको यो कदम स्वागतयोग्य छ । तर, यसको प्रभावकारी कार्यान्वयन हुन्छ या हुँदैन त्यो मुख्य चासोको विषय हो । जथाभावी जग्गा खण्डीकरण गरेर उत्पादनशील भूमि नाश गरिनुका साथै अव्यवस्थित बसाइँ बिस्तारले मुलुकको सहरी क्षेत्रमा समस्या उत्पन्न गरिरहेको छ । त्यसैले सरकारले यस क्षेत्रको बेथितिलाई नियन्त्रण गर्न ल्याएका नीतिहरु प्रभावकारी रुपमा कार्यान्वयन गरोस् ।
 


प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP