Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #दुर्घटना
  • #ड्रागनखेती
  • #रेमिट्यान्समा रेकर्ड
  • #यातायात
  • #संसद् बैठक
  • #महिलाको शव
  • #‘जय  लाखय्’
  • #सुनकाे मूल्य
Search Here
विचार
  • Home
  • विचार
  • अनलाइन सञ्चारमाध्यम व्यवस्थापनका वैकल्पिक मार्ग
अनलाइन सञ्चारमाध्यम व्यवस्थापनका वैकल्पिक मार्ग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १३, २०८२
रेवती सापकोटा

 

नेपालमा पहिलो छाता कानुन बनाउने बागमती प्रदेशले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐनमार्फत अनलाइन सञ्चारमाध्यमको दर्ता अभिलेखीकरण, नवीकरण गरेर लोककल्याणकारी विज्ञापन वितरण गरी आर्थिक सहयोग पनि उपलब्ध गराउने अभ्यास गर्दै आएको थियो । अनलाइन सञ्चारमाध्यमलाई अन्य सञ्चारमाध्यम सरहको व्यवहार गरेको बागमती प्रदेशको कानुनले हो । अनलाइन सञ्चारमाध्यमले जुन सुविधा बागमती प्रदेशबाट प्राप्त गरिरहेका थिए, अब त्यो पनि रोक्नुपर्ने परिस्थिति संघीय कानुनले खडा गरिदिएको छ ।

 

नेपालको संविधानले सञ्चारमाध्यमसम्बन्धी व्यवस्था संघ र प्रदेशको साझा अधिकारको सूचीमा र पत्रपत्रिका संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा राखेको छ । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा ७ को उपदफा उपदफा (३) मा संघीय कानुन नबनेको अवस्थामा प्रदेशले कानुन बनाउन र कार्यान्वयन गर्नसक्ने व्यवस्था गरेको छ ।

प्रदेशसभाले बनाएको प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ बमोजिम बागमती प्रदेशमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा अभिलेखीकरण हुँदै आएका छन् । केही नेपाल ऐन, संशोधनमा भएका ६८ वटा कानुनमध्ये छापाखाना तथा प्रकाशन ऐन, २०४८ पनि संशोधन गरी अनलाइन सञ्चारमाध्यम स्थानीय अधिकारी (प्रमुख जिल्ला अधिकारी) समक्ष दर्ता गर्ने व्यवस्था गरिएको छ । सूचना प्रविधिको विकास र विस्तार हुनसक्छ, सूचना प्रविधिमा आधारित सञ्चारमाध्यम दर्ता तथा नवीकरण गर्नु÷गराउनु पर्ने परिस्थिति आउनसक्छ भन्ने परिकल्पना नगरेको छापाखाना तथा प्रकाशन ऐनमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको विषयलाई ३४ वर्ष पुरानो कानुनमा लगेर जोड्नु व्यावहारिक देखिँदैन । संविधानमा संघ, प्रदेश र स्थानीय तहको अधिकार सूचीमा रहेको पत्रपत्रिकाका सम्बन्धमा छापाखाना तथा प्रकाशन ऐनको संशोधनमा मौन छ ।

Hardik health

संविधान जारी भएसँगै संघले बनाउनुपर्ने कानुन तत्काल नबनेपछि प्रदेश र स्थानीय तहले कानुन बनाएर कार्यान्वयन गरेका विषय धेरै छन् । संघले कानुन बनाउँदा स्वाभाविकरूपमा प्रदेश र स्थानीय तहका कानुन संघसँग बाझिन सक्छन् । बाझिएको हकमा संशोधन गर्ने आशयले नै प्रदेश र स्थानीय तहमा कानुन बनेका छन् ।
संघीय निकायले निर्देशिकाका आधारमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा अभिलेखीकरण गरिरहेको अवस्थामा बागमती प्रदेशमा ऐनको आधारमा दर्ता तथा अभिलेखीकरण भइरहेको थियो । जब संघले नै अनलाइन सञ्चारमाध्यमसम्बन्धी व्यवस्था ऐनमा ल्याएपछि प्रदेशको कानुन संघीय कानुनसँग बाझियो । प्रदेश कानुन संघीय कानुनसँग बाझिएको हकमा संघीय कानुन लागू हुने संवैधानिक व्यवस्था छ । त्यसैले बागमती प्रदेशमा अनलाइन सञ्चारमाध्यमको नयाँ दर्ता तथा अभिलेखीकरण गर्ने काम स्थगन गरिएको छ ।

सूचना तथा प्रसारण विभागले पनि ऐनमा स्थानीय अधिकारी तोकिदिएपछि अनलाइन सञ्चारमाध्यम दर्ता तथा अभिलेखीकरण स्थगन गरेको छ । संघ र प्रदेश दुवैतिर अनलाइन सञ्चारमाध्यम दर्ता तथा अभिलेखीकरण नभएको अवस्थामा सेवाग्राहीको गुनासो दैनिक संघ र प्रदेशका सम्बन्धित निकायले सुन्नु परिरहेको छ । तर अनलाइन सञ्चारमाध्यम दर्ता तथा अभिलेखीकरण गरिरहेका संघ र प्रदेशका दुवै निकाय आफैं केही गर्नसक्ने अवस्थामा पनि छैनन् । संघीय संसद्बाट पारित भएको कानुन सच्याउने सोही संसद्ले नै हो । संघीय कानुनमा यसअघि दर्ता भएका सञ्चारमाध्यम नवीकरण गर्न कहाँ जाने भन्ने नै स्पष्ट छैन । कानुन व्याख्यासम्बन्धी ऐनले संघ, प्रदेश र स्थानीय तहले बनाएका कानुनलाई नेपाल कानुन भनेर व्याख्या गरेको छ । यस्तो अवस्थामा एउटा कानुनबमोजिम दर्ता तथा अभिलेखीकरण भएको सञ्चारमाध्यम कुन निकायमा स्थानान्तरण हुने भन्ने विषय स्पष्ट खुलाउनुपर्ने हुन्छ । अनलाइन सञ्चारमाध्यमसँग सम्बन्धित नयाँ कानुनमा त्यो विषय पनि खुलाइएको छैन । अनलाइन सञ्चारमाध्यम इन्टरनेटमा आधारित हुन्छ । यसको विकास र विस्तार यति छिटो भइरहेको छ कि कानुन बनाउनु अगाडि एउटा व्यवस्था हुन्छ, त्यो कार्यान्वयनको चरणमा पुग्दा अर्कै अवस्था सिर्जना हुन्छ ।

सो संशोधित ऐन कार्यान्वयनका लागि नियमावली पारित भएको छैन । नियमावलीको मस्यौदा तयार गर्न सरोकार भएका निकायबीच छलफल भएको अवस्था पनि छैन । यस्तो अवस्थामा अनलाइन सञ्चारमाध्यम दर्ता तथा अभिलेखीकरण गर्न चाहनेको चाप बढेको छ । नयाँ कानुनले स्पष्ट मार्गनिर्देशन नदिएको अवस्थामा नयाँ तोकिएको निकायले पुरानै निकायमा दर्ता गरिदिन सिफारिस गर्ने गरेको छ । यस्तो अभ्यास संघ र प्रदेशका निकायबीच र प्रदेशभित्रकै निकायबीच पनि हुने गरेको छ । पञ्चायतकालमा गृह र सञ्चार मन्त्रालयको काम एउटै मन्त्रालयले हेथ्र्यो । गृह मन्त्रालयअन्तर्गत त्यतिबेला स्थानीय अधिकारी भनेको अहिलेको प्रमुख जिल्ला अधिकारी हुन्थ्यो । त्यही भएर पत्रपत्रिका जिल्लाबाट नै दर्ता गर्ने व्यवस्थाका लागि स्थानीय अधिकारी भनेर प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको देखिन्छ । अहिलेको सूचना तथा सञ्चार मन्त्रालय पहिले पञ्चायतकालमा दुईवटा छुट्टाछुट्टै मन्त्रालयमा विभाजित थियो । २०२८ वैशाख १ गते कीर्तिनिधि विष्ट नेतृत्वको मन्त्रिपरिषद्मा गृह पञ्चायत, सूचना तथा प्रसारमन्त्री रुद्रप्रसाद गिरी थिए भने निर्माण, सञ्चार तथा यातायातमन्त्री चर्तुभुजप्रसाद सिंह ।

छापाखाना तथा प्रकाशन ऐन, २०४८ मा पञ्चायती व्यवस्थाको त्यही स्थानीय अधिकारीलाई ‘कपि-पेस्ट’ गरिएको देखिन्छ । वि.सं. २०४८ पछि वि.सं. २०६३ मा अन्तरिम संविधान र वि.सं. २०७२ मा संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान गरी दुईवटा संविधान बनिसकेका छन् । पछिल्लो संविधानले संघ, प्रदेश र स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेको छ । तर प्रत्यायोजित अधिकारलाई व्यवस्थित गर्ने मामिलामा संघीय कानुन बेखबरजस्तै देखिएको छ । अहिलेको संविधानले प्रमुख जिल्ला अधिकारीलाई चिन्दैन, प्रदेश र स्थानीय तहलाई चिन्छ । संविधानले चिन्दै नचिनेको निकायमा सञ्चारमाध्यम दर्ता गर्ने निकाय तोकिनु संविधान अनुकूल होइन । नेपालमा पहिलो छाता कानुन बनाउने बागमती प्रदेशले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐनमार्फत अनलाइन सञ्चारमाध्यमको दर्ता अभिलेखीकरण, नवीकरण गरेर लोककल्याणकारी विज्ञापन वितरण गरी आर्थिक सहयोग पनि उपलब्ध गराउने अभ्यास गर्दै आएको थियो । अनलाइन सञ्चारमाध्यमलाई अन्य सञ्चारमाध्यम सरहको व्यवहार गरेको बागमती प्रदेशको कानुनले हो । अनलाइन सञ्चारमाध्यमले जुन सुविधा बागमती प्रदेशबाट प्राप्त गरिरहेका थिए, अब त्यो पनि रोक्नुपर्ने परिस्थिति संघीय कानुनले खडा गरिदिएको छ ।
बागमती प्रदेशमामात्र ३०० भन्दा बढी अनलाइन सञ्चारमाध्यम दर्ता तथा अभिलेखीकरण भएका छन् । तीमध्ये आधाभन्दा बढी नवीकरण पनि हुने गरेका छन् । प्रदेश सरकारले तोकेको शुल्क बुझाइ प्रदेशमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा अभिलेखीकरण र नवीकरण हुने गरेका छन् ।

बागमती र मधेसबाहेक लुम्बिनी र गण्डकी प्रदेशमा अनलाइन सञ्चारमाध्यम प्रदेशमा दर्ता तथा अभिलेखीकरण गर्ने कानुनी व्यवस्था भइसकेको छ । लुम्बिनी र गण्डकी पनि अनलाइन सञ्चारमाध्यमसम्बन्धी कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने चरणमा पुगेका छन् । कोशी र कर्णाली प्रदेशमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा अभिलेखीकरण गर्नेगरी विधेयक तयार गरी प्रदेशसभामा छलफल भइरहेको छ । सञ्चारमाध्यमलाई सूचना प्रविधिसँग सम्बन्धित निकायसँग जोडेर स्वनियमनमा लैजान प्रोत्साहित गर्ने हो । नियमावली बनाउँदै गर्दा प्रदेशका सञ्चारमाध्यम हेर्ने मन्त्रालय वा मन्त्रालय मातहतका निकायका अधिकारीहरूलाई अनलाइन सञ्चारमाध्यम दर्ता तथा अभिलेखीकरण गर्ने व्यवस्था गर्ने÷गराउने गरी स्थानीय अधिकारी तोक्न सकिने अवस्था अझै छ ।

सञ्चारमाध्यम र पत्रकारलाई गुणस्तरीय सूचना सामग्री पस्कने बनाउन उनीहरूको क्षमता विकास गर्न बागमती प्रदेशद्वारा सञ्चालित कार्यक्रमजस्तै अन्य प्रदेशले पनि सञ्चालन गर्दा पत्रकारिताको गुणस्तर वृद्धिमा योगदान पुग्छ, त्यसले सुशासन कायम गराउन पनि मद्दत गर्दछ । सुशासन र पारदर्शिताका लागि सञ्चारमाध्यमलाई व्यवस्थित बनाउनु, सहजीकरण गर्नु, पत्रकारलाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउँदै लैजानु आजको आवश्यकता पनि हो ।इन्टरनेटमा आधारित सञ्चारमाध्यम भएकाले अनलाइनमा पस्किने सामग्री क्षणभरमा विश्वस्तरमा वितरण हुन्छ । त्यसकारण संघमा राख्नु परेको हो भन्ने मान्ने हो भने डिजिटल युगमा कुुन–कुन विषयको क्षेत्राधिकार कहाँ राख्ने भनेर अर्को बहस हुन सक्छ । फ्रिक्वेन्सीको अधिकार संघमा छ, संघसँगको समन्वयमा फ्रिक्वेन्सी लिएर प्रदेश सरकारबाट इजाजत प्राप्त गरी प्रसारण भइरहेका एफएम रेडियोको प्रसारण क्षेत्र पनि प्रदेशमा सीमित रहँदैन ।मधेस प्रदेशको एफएम रेडियो बागमतीमा सुनिन्छ, बागमती प्रदेशको रेडियो लुम्बिनी र गण्डकीमा पनि सुनिन्छ । केवल टेलिभिजन प्रदेशको क्षेत्राधिकार भनेर राष्ट्रिय प्रसारण ऐन, २०४९ मा संशोधन गरी प्रदेशलाई दिइएको छ । तर, केवल टेलिभिजन पनि डिजिटल प्रणालीमा गएको अवस्थामा नेपालभर प्रसारण हुन्छ । एक प्रदेशमामात्र केवल टेलिभिजनलाई पनि रोक्न सम्भव हुँदैन । टेलिभिजन वा रेडियोले उत्पादन गरेका सामग्री युट्युव वा पोडकास्टमा राखेपछि त्यो संसारभर हेर्न र सुन्न सकिन्छ ।

सातवटा प्रदेशमा छुट्टाछुट्टै प्रेस काउन्सिल हुनु व्यावहारिक हुँदैन । मेडिकल काउन्सिल, इञ्जिनियरिङ काउन्सिल, बार काउन्सिल एउटै भएजस्तै आमसञ्चारमाध्यमले पस्कने समाचारमूलक सामग्रीको अनुगमन गर्ने निकाय पनि एउटै हुनु उपयुक्त हुन्छ । एउटा देशमा फरक-फरक काउन्सिल हुँदा फरक–फरक मापदण्ड र आचारसंहिता बन्न सक्छन् । त्यसले निम्त्याउँन सक्ने परिणामप्रति पहिले नै सचेत हुनु आवश्यक हुन्छ । त्यसैले सातवटै प्रदेशसँगको समन्वय र परामर्शमा संघीय निकायले आचारसंहिता र मापदण्ड बनाएर लागू गराउनु उपयुक्त हुन्छ ।अनलाइन सञ्चारमाध्यमलाई प्रदेश तहबाट दर्ता तथा अभिलेखीकरण गर्ने र संघीय तहमा रहेको स्वायत्त प्रकृतिको प्रेस काउन्सिलको सातवटै प्रदेशमा एकाइ खडा गर्ने, त्यो एकाइले प्रदेशको सञ्चारमाध्यम नियमन गर्ने निकायसँग समन्वय गरी आचारसंहिता अनुगमन गर्ने व्यवस्था गर्नु नै विकल्प हुनसक्छ । सूचना प्रविधिको क्षेत्र छिटो विकास र विस्तार भइरहेको हुनाले योसँग सम्बन्धित प्रविधि, जनशक्ति व्यवस्थापन र नियमनका लागि आवश्यक कानुनी प्रबन्ध गर्न स्थानीय तहभन्दा प्रदेश सक्षम हुन्छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप विचार
तीजको आर्थिक र मनोवैज्ञानिक पाटो
तीजको आर्थिक र मनोवैज्ञानिक पाटो बिहीबार, भदौ १२, २०८२
मानव र वातावरणबीचको अन्तरसम्बन्ध
मानव र वातावरणबीचको अन्तरसम्बन्ध बुधबार, भदौ ११, २०८२
ऐतिहासिक दस्तावेज ‘लिम्बुवानका अभिलेख संग्रह’
ऐतिहासिक दस्तावेज ‘लिम्बुवानका अभिलेख संग्रह’ सोमबार, भदौ ९, २०८२
नेपाल–चीन सम्बन्ध परिणाममुखी बनाउन राजनीतिक स्थायित्व अपरिहार्य 
नेपाल–चीन सम्बन्ध परिणाममुखी बनाउन राजनीतिक स्थायित्व अपरिहार्य  सोमबार, भदौ ९, २०८२
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा सोमबार, भदौ ९, २०८२
यसरी हट्न सक्छ छाउप्रथा
यसरी हट्न सक्छ छाउप्रथा आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
विद्या शक्ति बढाउँदै, रोक्ने जालझेलमा ओली
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP