Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • तीजको आर्थिक र मनोवैज्ञानिक पाटो
तीजको आर्थिक र मनोवैज्ञानिक पाटो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १२, २०८२
अमृता अनमोल

 

अहिले समय फेरिएको छ । तीज मनाउने शैली फेरिएको छ । अर्थात् तीजका आर्थिक, सामाजिक र मनोवैज्ञानिक पाटाहरु फेरिँदै गएका छन् । तीजको परिवर्तनलाई मनगणन्ते विश्लेषण गर्नुहुँदैन । समय, बजार, महिलाहरुको चेतनास्तर र आत्मनिर्भरतासँग जोडेर हेर्नुपर्छ । तीजमा बजारले पनि ठूलो प्रभाव पारेको छ । किनकि अहिलेको बजार नाफामुखी बजार हो । तीजमा बजार प्रवद्र्धन गरी नाफा कमाउने अवसर बनेकोसमेत हेरौं । 

हिजोआज तीजको माहोलले घरदेखि सार्वजनिक स्थल छपक्कै ढाकेको छ । धार्मिकरूपमा पार्वतीले शिवलाई पति पाउन निराहार व्रत गरेको कथामा आधारित पर्व हो तीज । हिन्दू धर्माबलम्बी महिलाहरु बिहानैदेखि शौभाग्य पोसाकमा सजिएर शिवालयमा धाएका छन् । रातो सारी, रातो ब्लाउज, रातै चुरा, पोते र टीकामा सजिएका महिलाहरु शिवको पूजा आरधनापछि नाचगान गरेर रमाइलो गर्छन् । तीजको दिन अविवाहिता महिलाले आफूले मन पराएको वा योग्य वर पाउने कामना गर्छन् । विवाहिता महिलाले आफ्ना पतिको दीर्घायू र समृद्धिको कामना गर्छन् । तीजका दिन निराहार व्रत बसेर शिवको आरधना गरे मनोकांक्षा पूरा हुने धार्मिक कथन छ ।

धार्मिकरुपमा साँघुरो तीज विस्तारै फराकिलो बन्दै गएको छ । छोरीचेली र माइतीपक्षबीच पारिवारिक जमघट र जमघटमा नाचगानले प्रश्रय पाउँदै गएको छ । विस्तारै अहिले तीजका सामाजिक, संस्कृति र आर्थिक पाटाहरु फराकिला बन्दै गएका छन् । यसले तीज मनाउने शैली र परम्परा फराकिलो र लामो बनाउँदै गएको छ । तीज कहिलेदेखि मनाउने ? हरेक वर्ष तीज सुरु हुन लाग्दा बहस चल्छ । पश्चिम पहाडमा पहिल्यैदेखि नै साउने संक्रान्तिदेखि महिलाहरू जम्मा भएर नाचगान गर्ने र रमाउने चलन छ । तिनै पहाडी जिल्लाका जनसंख्या बसाइँ सरेर अन्यत्र स्थानमा गएपछि तीजको माहोल एक महिनाभन्दा बढी चल्ने गरेको छ ।

Hardik health

तीज नजिकिएपछि महिलाहरु रातो चुरा, रातो पोते, रातो सिन्दूर र रातै सारी ब्लाउजमा सजिन्छन् । गरगहना र शौभाग्य पोसाकमा चिरीच्याट्ट पर्छन् । पहिले महिलाहरु पालैपालो घरका आँगन र चौतारोमा जम्मा भएर तीज गीत गाउँदै र नाच्दै गर्थे । अहिले बजार क्षेत्रमा ठूला आँगन र चौतारा छैनन् । त्यसैले शौभाग्य पोसाकसहित शृंगारमा सजिएका महिलाहरू होटल रेस्टुराँ र पार्टी प्यालेसमा रमाउने गरेका छन् । पहिले घरको चुलोचौकोमा सीमित महिलाहरु अहिले महिला समूह, टोल समूह, संघसंस्था, जागिर, व्यवसाय र राजनीतिमा जोडिएका छन् । आफू जोडिएका तिनै संघसस्थाले आयोजना गरेका तीजका कार्यक्रममा महिला रमाउँछन् । संघसस्थाले पर्व मनाउने यो शैलीले कामकाजी र माइतीघरबाट टाढा हुने महिलाका लागि पनि तीज रमाउने माध्यम बनेको छ ।

हरेक वर्ष तीज नजिकिँदै गर्दा तीजको मौलिकतामाथि प्रश्न उठ्छ । जब महिलाहरु सारी लगाएर नाचगान गर्न निस्कन्छन्, तब मौलिकताका हराएका दुखेसाका तयारी प्रश्नहरु र सुझावहरु तेर्सिन सुरु गर्छन् । हो, हाम्रा चाडपर्वहरुका मौलिकता फेरिएका छन् । जन्मदेखि मृत्युसम्मका संस्कार पहिलेजस्ता छैनन् । सबैभन्दा पवित्र मानिने व्रतबन्ध र मृत्युपछिको काजकिरिया त धेरैले घरमा गर्दैनन् । होटल वा सार्वजनिकस्थल खोजेर गर्छन् । तीजमा महिलाले घरमा दर खाएनन्, घरमा नाचेनन् भनेर किन चिन्ता गर्नु ? चिन्ता सबै पर्व र संस्कारको गरौं । मौलिकताका नाममा महिलालाई घरमै मात्र तीज मनाउन, आफैंले खाना पकाउन र जुठो भाँडा स्याहार्न बाध्य पार्न खोज्नु मौलिकताको नाममा पितृसत्तात्मक दासताको प्रवृत्ति हो ।

समयसँगै तीज गीतका भाका र लय फेरिएका छन् । शब्द फेरिएका छन् । हामीले गाउने देउसीभैलोका लय हुन् वा अरु सबैका शब्द र शैली फेरिएका छन् । उत्ताउला गीत र शब्दको विरोध गरौं । तर, मौलिकता नाममा अहिले पनि महिलाहरु हजुरआमाका पालामा जस्तो भक्तिभावका मात्र गीत गाउने वा उतिबेलाजस्तै फनफनी घुमेर नाचुन् भन्ने चाहनु गलत हो । तीज मिलन कार्यक्रममा अतिथि बनेर आउने आसन र भाषण गर्ने पुरुषहरु तीजका सबैभन्दा धेरै आलोचक छन् । लाग्छ, अरुबेला आफूहरु मात्रै आसन, भाषण र शासन गरेका ती अगुवा पुरुषहरुले महिलाले आसन, भाषण र शासन गरेको सहीसक्नु नभएको हो । यस्तो मनोवृत्ति पुरुष वा महिला दुवैले त्याग्नुपर्छ ।
अहिले समय फेरिएको छ । तीज मनाउने शैली फेरिएको छ । अर्थात् तीजका आर्थिक, सामाजिक र मनोवैज्ञानिक पाटाहरु फेरिँदै गएका छन् । तीजको परिवर्तनलाई मनगणन्ते विश्लेषण गर्नुहुँदैन । समय, बजार, महिलाहरुको चेतनास्तर र आत्मनिर्भरतासँग जोडेर हेर्नुपर्छ । तीजमा बजारले पनि ठूलो प्रभाव पारेको छ । किनकि अहिलेको बजार नाफामुखी बजार हो । तीजमा बजार प्रवद्र्धन गरी नाफा कमाउने अवसर बनेकोसमेत हेरौं ।  तीज सांगीतिक पर्व हो । तीजसँगै सांगीतिक बजार मौलाएको छ । तीजमा गीत निकाल्ने कलाकारहरुको संख्या बढेको बढी छ । हरेक वर्ष झण्डै ५०० तीज गीत र तीनका भिडियो बन्छन् । झण्डै १० करोडको सांगीतिक कारोबार तीजले गराएको छ । तीज विशेष कार्यक्रमले गायकगायिका र कलाकारलाई कमाउने माध्यम बनाएको छ । नाच्ने, गाउने र बजाउने सबैले काम र दाम पाएका छन् । तीजमा तीज नाचगान प्रतियोगिता हुन्छ । मिस, मिसेज प्रतिस्पर्धा चल्छ । यी प्रतियोगिता र प्रतिस्पर्धाले पनि धेरैलाई कला, गला देखाउने र कमाउने मौका जुराएको छ ।
तीजले गरगहनाको बिक्री बढाएको छ । गरगहनासँगै लत्ताकपडाको खरिदबिक्री बढाएको छ । रातो चुरा, रातो पोते र शृंगारमा सजिन नयाँ लुगा किन्ने महिला बढेका छन् । समूह समूहले उस्तै खालका पोसाक लगाउने चल्तीले बजारमा किनमेल अझ बढेको छ । तीजले होटल व्यवसायलाई पनि चलायमान बनाउँछ । वर्षा लागेपछि सुनसान बनेका होटल, रेस्टुराँमा तीज नजिकिएपछि चहलपहल हुन्छ । यसलाई सकारात्मक रुपमा लिऔं ।

अहिले केही मानिसहरु महिलाले एक महिनासम्म तीज मनाएर विकृति बढ्यो भनेर रोइलो गरिरहेका छन् । महिलाले विकृत बढाउने मुख्य कारण होटल रेस्टुराँँ र पार्टी प्यालेसमा तीज मनाउनुलाई मानेका छन् । तिनै ठाउँमा दर खानुलाई मानेका छन् । दर खाँदा कसैले मदिरा पो पिए कि भनेर चियोचर्चो गरिन्छ । तर, बाह्रैमास मदिरा खाने पुरुषको कसैले चियोचर्चो र टिप्पणी गर्दैन । जड्या पुरुषकै कारण नेपालका मदिरा उद्योग, होटल र बार चलेका छन् । घरेलु हिंसादेखि यौन, सामाजिक र आर्थिक हिंसा बढेको छ । यसले विकृति ल्यायो भनेर चाहिँ कतै चर्चा हुँदैन । मदिरा पुरुषले पनि खानु राम्रो होइन, महिलाले पनि होइन । अब त्यसबारेमा बहस गर्नुपर्छ । 

पहिले अहिलेको जस्तो बजार थिएन । सुविधा थिएन । महिलाको हातमा आर्थिक स्रोत थिएन । स्रोत हुनेले पनि कहा कसरी खर्च गर्ने विकल्प थिएन । घरमा जे हुन्छ त्यही खानुपथ्र्यो । महिलाको पर्व भए पनि दिदीबहिनी बोलाएर सबै परिकार आफैंले पकाउने, खुवाउने र जुठोभाडो स्याहार्ने गर्नुपथ्र्यो । अहिले महिला कोही राज्यका उच्च पदमा छन् । कसैले जागिर त कसैले व्यवसाय गरेर कमाएका छन् । सामाजिक सम्बन्ध फराकिलो बनेको छ । समूह, संघसंस्था, कार्यालयमा दिदीबहिनी बन्ने र सामाजिक सम्बन्ध मजबुद बनाउन तीज मिलन गर्न थालेका छन् । पैसा हुनेका लागि होटल, रेस्टुराँ र पार्टी प्यालेसले पकाउने, खुवाउने र जुठोभाडो स्यार्ने बाध्यताबाट मुक्ति दिएका छन् । महिलाले पनि तीजमा सुविधा लिँदा यसमा किन रोइलो गर्नु ?

हामी हुर्कने बेलासम्म सुन्थ्यौं, छोरीबुहारीले दाँत देखाएर र आवाज निकालेर हाँस्नुहुँदैन । कम्मर मर्काएर नाच्नु हुन्न । हाउभाउ गरेर नाच्दा उत्ताउलो भइन्छ । के अहिले पनि तीजमा कम्मर मर्काउने महिलालाई उत्ताउला र विकृत भनौं । जनसंख्यामा आधाभन्दा बढी हिस्सा महिलाको छ । महिला हाँस्दा, नाच्दा र रमाउदा विकृति हुन्छ भने के गरौं ? महिलाहरु रोएर संस्कृति बचाऔं । हामीले संस्कृति र विकृतिलाई लिंगसँग तुलना गरेका छौं । महिलाले गरे विकृति र पुरुषले गरे चलनचल्ती भन्ने मानसिकता छ । हो, त्यही मनोविज्ञान र दृष्टिकोण गलत छ । भेद्भावपूर्ण छ । तीजका बारेमा अनावश्यक प्रश्न तेर्साएको छ । तीज परम्परागतरुपमा माइतीघरमा गएर दर खाएर नाच्ने पर्व हो । तर, अहिलेका कामकाजी महिला दर खान माइतीघर जान सक्ने अवस्थामा छैनन् । माइत जान नसक्ने महिलाको तीज नखोसौं । आफ्ना सामाजिक सम्बन्धका दिदीबहिनी दाजुभाइसँग तीज मनाउने अवसर सिर्जना गरौं । चाडपर्वलाई संकीर्ण दृष्टिले नहेरौं । 
 


प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP