Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
विचार
  • Home
  • विचार
  • मानव र वातावरणबीचको अन्तरसम्बन्ध
मानव र वातावरणबीचको अन्तरसम्बन्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ११, २०८२
गम्भीरबहादुर हाडा

 

वर्तमान समयमा प्राकृतिक स्रोतहरूमाथि अत्यधिक शोषण, जल तथा वायुमण्डलमा पु¥याउने गरेको प्रदूषणलगायतका पक्षहरूमा मानव जातिको बढ्दो जनसंख्या र उसको उपभोगका लागि खर्चिएको प्राकृतिक स्रोतहरूमाथिका अत्यधिक शोषण नै जिम्मेवार देखिन्छन् । आज पृथ्वीमा जमिन र स्रोत सीमित छन् तर मानव जनसंख्या तीव्र गतिमा नै बढेको छ । यसलाई नियन्त्रण गर्न सकिएन भने वर्तमानमा विश्व मानव समुदायबाट समस्याको रूपमा औल्याउन थालिएका जल, स्थल तथा वायु प्रदूषणका पक्षअन्तर्गत रहेका उत्पादनमा कमी, मरुभूमीकरणमा बढ्छ । 
 

पृथ्वीको चार भागमा तीन भाग पानी र एक भागमात्र जमिनले ढाकेको छ । पृथ्वीमा करिब १५० करोड घन किलोमिटरभन्दा बढी पानी छ । जसमध्ये करिब तीन प्रतिशतमात्र हाम्रो जीवनका लागि उपयुक्त शुद्ध पानी छ । यसमा पनि लगभग ७५ प्रतिशतजति पानी पृथ्वीको धु्रवीय क्षेत्रमा हिउँको रूपमा जम्मा भएर रहेको हुन्छ । पानीको बाँकी अंशमध्ये कूल ताल र भूमिगतरूपमा रहेको पानीलाई कटाउँदा शुद्ध पानी ०.०२७० प्रतिशतमात्र उपयोगमा आउँछ ।

वायुमण्डलमा विभिन्न ग्यासका साथै पानीका कणहरू हुन्छन् । पृथ्वीको सतहदेखि करिब ५० किलोमिटर माथिसम्मको हावामा लगभग ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र बाँकी एक प्रतिशत कार्बनडाइ अक्साइड, नियान, हिलियम आदि ग्यास हुन्छन् । इतिहासलाई केलाएर हेर्ने हो भने आजभन्दा करिब चार–पाँच वर्ष पहिले अस्तित्वमा आएर डेढ अर्ब वर्ष पहिलेसम्म पनि तातो बाफको डल्लाको रूपमा रहनाले करिब तीन अर्ब वर्षको लामो अवधिसम्म अन्य खगोलीय पिण्डहरूसरह पृथ्वीमा पनि कुनै जीवजन्तुको अस्तित्व थिएन । तर सूर्यदेखिको उपयुक्त दूरी अक्षको ६६-५ को झुकावजस्ता विशिष्ट स्थितिहरूको फलस्वरुप विस्तारै सेलाउँदै गएर वायुमण्डल र जलमण्डलको रचना भई पृथ्वीमा वातावरणको सृजना भएपछि सर्वप्रथम एमिनो एसिडजस्तै जैविक रसायनको संयोजनबाट महासागरहरूमा एक कोषीय जलचर प्राणीहरूको उत्पत्ति भयो । समयको प्रवाहसँगै वातावरणमा परिवर्तन हुँदै जाँदा पृथ्वीमा बहुकोषीय प्राणीहरूको अविर्भाव हुँदै गयो । वातावरण परिवर्तनको लामो अन्तरालमा कयौं नयाँ-नयाँ जीवहरू देखा पर्दै गए भने कयौं पुराना जीवनहरू लोप हुँदै गए । एकताका भीमकाय शरीर लिई पृथ्वीमा विचरण गर्ने डाइनासरको लोप र मानवको उद्भवले यही तथ्यलाई उजागर गर्दछ ।

Hardik health

अनेक जन्तुबाट मानिसको रुप लिन करिब पाँच करोड वर्ष लागेको र मानिस सृष्टिको धेरै पछि अर्थात् १० लाख वर्षअघि मात्र देखिएको वैज्ञानिक अनुमान छ । मानव उत्पत्ति एसिया तथा अफ्रिकामा भएको अनुमान छ । आदि मानव दक्षिण एसियाको शिवालिक क्षेत्रमा भएको कुरा त्यहाँ प्राप्त जीवाशेषले पुष्टि गर्दछ । प्राकृतिक पर्यावरण जहाँ जस्तो छ, मानिसको चिन्तन, जीवनशैली तथा सामाजिक वातावरण त्यहीअनुरुप नै हुने गर्दछ । यहाँसम्म कि मानिसको शारीरिक गठन, रङ रोगन, रहनसहन, खानपान, कला, संस्कृति यही प्राकृतिक पर्यावरणमाथि नै निर्भर गर्दछ । वातावरण अजैविक तत्वहरूजस्तै भौगोलिक अवस्थिति, वनावट, हावापानी, माटो आकाश र जैविक तत्वहरूजस्तै सम्पूर्ण प्राणी जगतकै समग्र रुप हो । यी दुवै तत्वहरूबीचको सन्तुलनले एउटा स्वास्थ्य र सन्तुलित वातावरणको निर्माण गर्दछ । यी दुवै बीच असन्तुलन हुन जाँदा वातावरण बिग्रने गर्दछ । 

जहाँसम्म ब्रह्माण्डको सवाल छ, पृथ्वी नजिकको ब्रह्माण्ड जसबारे मानवले जानकारी राखिरहेको छ र जानकारी बढाइरहेको छ । त्यो ब्रह्माण्ड पनि तीव्र गतिबाट गुज्रिरहेको कुरा वैज्ञानिक तथ्यहरूले उजागर गरेका छन् । हाम्रो सौर्य परिवार र यस नजिकको ब्रह्माण्ड, आजभन्दा दुई खर्ब वर्ष अगाडि आजको रुप र स्थानमा थिएन । सूर्यको उत्पत्ति आजभन्दा करिब चार अर्ब साठी करोड वर्षअघि भएको थियो भन्ने वैज्ञानिकहरूको अनुमान रहेको छ । यसैगरी सूर्यको ताप ऊर्जा फाल्ने आयु जम्मा १० अर्ब वर्षसम्ममात्र बलिरहने वैज्ञानिकहरूको अनुमान रहेको छ ।
पृथ्वीमा जीवको उत्पत्तिको सन्दर्भलाई वैज्ञानिक दृष्टिकोणबाट हेर्दा करिब साढे चार अर्बदेखि साढे तीन अर्ब वर्षपूर्व प्रिकेम्बियनकालमा सम्भवतः पहिलोपटक पृथ्वीमा व्याक्टेरियाहरू जस्ता सरल एककोषीय जीवहरूको उत्पत्ति भएको थियो । जटिलतम् प्रक्रियाबाट जीवहरूको विकास हुने क्रममा पलियोज्वाइक युगमा करिब ४१ करोड वर्ष अगाडि माछाहरूको उत्पत्ति भएको थियो । यसैगरी नवजीव कल्पको मियोसिन युगमा आजभन्दा करिब दुई करोड ४० लाख वर्ष अगाडि आएर ढेडु बाँदरहरूको उत्पत्ति भएको थियो । यही वंशबाट विकास क्रममा आजभन्दा करिब २५ लाख वर्ष अगाडि स्लिस्टोसिन युगमा आधुनिक मानवको उत्पत्ति भएको थियो । मानिसले आजभन्दा करिब १० हजार वर्ष अगाडि होलोसिन युगमा आएर खेतीपातीको सुरुआत गरेको थियो ।

मानव जातिको उत्पत्तिपूर्व पृथ्वीको वातावरणमा आफ्नै प्राकृतिक कारणहरूबाट स्वचालित ढंगले स्वाभाविक परिवर्तन हुँदै आइरहेकोमा मानिसको उत्पत्तिपछि मानिसका अनेकन क्रियाकलापहरूको फलस्वरुप पृथ्वीको वातावरणमा बलात् रूपमा अस्वाभाविक परिवर्तनहरू हँुदै आइरहेका छन् । आजभन्दा २० लाख वर्ष पहिले अस्तित्वमा आएर करिब २० हजार वर्ष अगाडिसम्म पनि जंगली अवस्थामै रहेको मानिसले जतिजति सभ्यताको सिँढीहरू उक्लँदै गयो उतिउति उसको प्रकृतिलाई कोपभाजन गर्ने लिप्सा तिरन्तर झाँगिदै गएको छ । जंगली युगमा उसको लिप्सा जंगली जनावरको सिकार र फलफूल खानामै सीमित थियो भने कृषि युगमा आएर त्यो लिप्सा वन विनासको परिधिसम्म विस्तार हुन गयो । आजको आधुनिक समयको मानिसको प्रकृति भोजनको लिप्सा जल, स्थल र वायु प्रदूषणको विशाल दायरासम्म फैलिन पुगेको छ ।

मानव र पर्यावरण एक अर्काका परिपूरक हुन् । पर्यावरणविना मानवको जीवन सम्भव छैन । तसर्थ, यी दुवै बीच गहिरो सम्बन्ध स्थापित भएको छ । यस पृथ्वीमा मानव नै सर्वश्रेष्ठ प्राणी हो, जसले प्रकृतिप्रदत्त सम्पूर्ण साधनहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । आफूलाई अनुकूल हुने किसिमले ती साधनहरूको उपयोग गरिरहेको छ । अतः मानव र वातावरणबीच हुने अन्तरक्रिया एक स्वाभाविक प्रक्रिया हो । मानवलाई श्वासप्रश्वास क्रिया गर्नका लागि अक्सिजन तथा स्वच्छ हावा चाहिन्छ, जसको आपूर्ति वनस्पतिले गर्दछ । साथै मानव तथा जन्तु, पशुपक्षीलाई चाहिने खाद्यान्नको आपूर्ति पनि बोटबिरुवाले गर्ने गर्दछ । मानव र वनस्पतिबीच कार्वनडाइ अक्साइड तथा अक्सिजनको आदानप्रदान वातावरणबाट नै हुन्छ । तसर्थ यस पृथ्वीमा भएका हरेक क्रियाकलापहरू एकआपसमा निर्भर रहेका हुन्छन् किनभने एक जीव तथा प्राणीले अर्कोलाई खाद्यान्न आपूर्ति गराइरहेको हुन्छ । यसले पारिस्थितिक सन्तुलनमा मद्दत पु¥याइरहेको हुन्छ । कुनै एक जीव वा प्राणीको अनुपस्थिति वा मृत्यु भएमा त्यसको प्रत्यक्ष असर अर्को जीव वा प्राणीमा पर्न जान्छ । जसले गर्दा जीवनचक्रमा बाधा हुन जान्छ । मानिसलाई जन्मेदेखि नै प्रकृति वा वातावरणले प्रभाव पारेको हुन्छ भने मानवीय क्रियाकलापले पनि प्रकृति अर्थात् वातावरणलाई प्रभाव पार्ने गर्दछ । अतः मानव र प्रकृतिबीच हुने अन्तरक्रिया स्वाभाविक प्रक्रिया हो ।

प्रकृतिको जीवनदायी प्रवाह अविच्छिन्न हुन्छ । प्रकृतिले भरसक मानवीय आवश्यकताहरू पूर्ति गर्ने क्षमता राखेको हुन्छ । यसैलाई प्रकृतिको भारवहन क्षमता भनिन्छ । अधिक वा अनुचितरूपमा प्राकृतिक स्रोत साधनको उपयोगलेमात्र प्रकृतिभित्र असन्तुलन पैदा हुने गर्दछ । पृथ्वीको प्राकृतिक वातावरण स्वच्छ र जीवनदायी हुन्छ । यो प्राकृतिकरूपमा सन्तुलित स्वच्छ र जीवनदायिताका लागि उत्प्रेरित हुन्छ । जब मानव सिर्जित क्रियाकलापले प्रकृतिको सन्तुलनलाई दबाब सिर्जना गर्दछ, तब वातावरण प्रभावित हुन्छ । प्रकृतिमा भरसक सामान्य असन्तुलनलाई सन्तुलित गर्ने क्षमता हुन्छ, तर प्रकृतिको प्राकृतिक क्षमता वा नियमहरूलाई बेवास्ता गरी त्यसमाथि असर पु¥याउने किसिमले अधिक तथा अनुचित उपयोगले वातावरणलाई प्रभावित गर्दछ । वातावरणमा प्रभाव पार्नु भनेको प्रकृतिको प्राकृतिक सन्तुलनमा गडबडी आउनु वा असन्तुलित हुनु हो । मानिसले प्रकृति वा वातावरणलाई आफ्ना विविध आवश्यकताहरू परिपूर्तिका लागि अनुकूल पार्दछ र त्यसमा परिस्कृत गर्दछ । यो अन्तरक्रिया क्रमिकरुपले चलिरहने छ । वातावरण एकै किसिमको सधैं रही रहँदैन । यस पृथ्वीमा भएका हरेक वस्तुहरू परिवर्तनशील छन् ।

मानव र वातावरणलाई एउटै सिक्काका दुई पाटाको रूपमा तुलना गरेको पाइन्छ । मानिस एउटा वातावरणको जीव हो । उपयुक्त वातावरणको अभावमा मानव जाति अस्तित्वमा नै आउन सक्दैन भने मानिस नभएमा वातावरणको कुनै अर्थ हुँदैन । अतः मानव र वातावरण एक अर्कासँग घनिष्टरूपमा सम्बन्धित रहेको हुन्छ । वातावरण एउटा विकास प्रक्रियाको अभिन्न अंग मानिन्छ र यो मानव आवश्यकता र आकांक्षाबाट सुरक्षित रहन सक्दैन । हावा, पानी, माटो, जलवायु आदि वातावरणका स्रोतहरू मानिन्छन्, जुन प्रत्येक जीव जीवात्माहरूका लागि आधारभूत आवश्यकताका वस्तुहरु हुन् । प्राकृतिक वातावरणका स्रोतहरूलाई नै उपयोग गरेर मानिसले आफ्नो जीवनलिला सञ्चालन गरिराखेको हुन्छ । मानवका अति आधारभूत वस्तुहरू जस्तैः खाद्यान्न लत्ताकपडा, आवास आदि वातावरणीय स्रोतहरूलाई नै प्रयोग गरेर प्राप्त गर्न सकिन्छ ।

वर्तमान समयमा प्राकृतिक स्रोतहरूमाथि अत्यधिक शोषण, जल तथा वायुमण्डलमा पु¥याउने गरेको प्रदूषणलगायतका पक्षहरूमा मानव जातिको बढ्दो जनसंख्या र उसको उपभोगका लागि खर्चिएको प्राकृतिक स्रोतहरूमाथिका अत्यधिक शोषण नै जिम्मेवार देखिन्छन् । आज पृथ्वीमा जमिन र स्रोत सीमित छन् तर मानव जनसंख्या तीव्र गतिमा नै बढेको छ । यसलाई नियन्त्रण गर्न सकिएन भने वर्तमानमा विश्व मानव समुदायबाट समस्याको रूपमा औल्याउन थालिएका जल, स्थल तथा वायु प्रदूषणका पक्षअन्तर्गत रहेका उत्पादनमा कमी, मरुभूमीकरणमा बढ्छ । यसको साथसाथै बाढी, पहिरो, प्रदूषणजस्ता पक्षको वर्तमान अवस्थामा अझैं वृद्धि आई मानव जनसंख्या स्वयं मानव जातिका लागि संहार गर्न सक्ने माध्यम बन्न बेर नलाग्ने स्थिति देखिन आएको छ । अतः मानिसले आफ्नो अस्तित्व जोगाउन अरु प्राणी तथा वनस्पतिकोसमेत अस्तित्व जोगाउने भरमग्दुर प्रयास गरिनु आवश्यक छ । 

वातावरणका तत्वहरूले मनुष्य जीवन र मानिसका कार्यकलापले वातावरणमा त्यतिकै प्रभाव पार्दछ । तसर्थ, यी दुईमा एकले अर्कालाई प्रभाव पार्ने कुरा स्वाभाविक हो । मानिस जन्मेदेंखि उसको जीवनमा वातावरणले कुनै न कुनै प्रकारले प्रभाव पारेको हुन्छ । उसको कामकाज, रहनसहन, रीतिरिवाज, आदि जीवनका विभिन्न पक्षमा वातावरणले प्रभाव पारेको हुन्छ । समथर जमिन, मलिलो माटो, गरम हावापानी र धेरै पानी पर्ने ठाउँमा धानको खेती गरिन्छ भने पहाडी भू–भागमा चियाखेती हुँदैन । यी सबै वातावरणको प्रभावको कारणले गर्दा भएका हुन् ।
आणविक हतियार र जलवायु परिवर्तन ‘मानव सुरक्षा’ विरुद्ध मानवद्वारा नै निर्मित दुई गम्भीर खतरा हुन् । ‘आणविक ऊर्जाको सैन्य प्रयोग’का विरुद्ध संयुक्त राष्ट्रसंघले सन् १९५४ मा ‘शान्तिका लागि परमाणु’ प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघले आणविक ऊर्जाको सुरक्षित र शान्तिपूर्ण प्रयोगलाई प्रवद्र्धन गर्न सन् १९५७ मा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी स्थापना गरेको थियो । आणविक ऊर्जालाई स्वच्छ ऊर्जा स्वीकार गरिए पनि यसलाई तीव्र बनाउने तरिकाहरू हालसम्म यकीन गरिएका छैनन् । त्यसैले परम्परागत युद्ध, आणविक ऊर्जालगायत आणविक हतियार र जलवायु विनासबीचको अन्तरवस्तुलाई उठाउन जरुरी छ ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन महासन्धि (१९९२) पक्ष-राष्ट्रहरूको नियमित वार्षिक बैठक (‘कोप’ बैठक) हुन्छ । कोप बैठकको प्रमुख लक्ष्य ‘विश्वव्यापी औसत तापक्रममा भएको वृद्धिलाई पूर्वऔद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा कम राख्नु’ र तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयास अगाडि बढाउनु हो । त्यसका लागि जीवाष्म इन्धन (फोसिल फ्युल) ऊर्जालाई स्वच्छ ऊर्जाले प्रतिस्थापन गर्न आवश्यक हुन्छ ।  नेपालका छिमेकी चीन र भारत दुवै आणविक ऊर्जा र आणविक हतियार भएका राष्ट्र हुन् । नेपालजस्ता स्वच्छ जलविद्युत् ऊर्जा स्रोत भएका मुलुकले आणविक ऊर्जा आफैं उत्पादन गर्न नसक्ने भए पनि त्यससम्बन्धी बृहत् रणनीतिको हिस्सा हुन नीति तय गर्नुपर्छ । आणविक ऊर्जालाई ‘ग्रिड’ मार्फत जलविद्युत्सँग एकीकृत गर्न सकिन्छ । हाल प्रतिवर्ष मानव–उत्सर्जन हरितगृह ग्यास लगभग ५२ अर्ब टन छ । आइपिसिसीका अनुसार सन् २०१९ को उत्सर्जनलाई आधार मानी २०३० सम्ममा त्यो ४३ प्रतिशतले घट्नुपर्छ । तर प्रतिवर्ष उत्सर्जन घट्नुको सट्टा वृद्धि भइरहेको छ । त्यसकारण ‘कोप-२८ दुबई’ घोषणाले सन् २०५० सम्ममा विश्वव्यापी आणविक ऊर्जा क्षमतालाई तीन गुणा बढाउने घोषणा गरिएको थियो । यसको उद्देश्य विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित गर्न आणविक ऊर्जा क्षमता बढाउनु हो । ‘कप-२९ बाकु’ ले भविष्यमा आणविक ऊर्जा तीव्र बनाउने तरिका खोज्ने छ भन्ने उल्लेख गरिएको छ । हाल युद्धको समयमा हुने सैन्य उत्सर्जन र जलवायु परिवर्तनका विविध स्रोतहरूबीचको अन्तरसम्बन्धलाई सम्बोधन गर्न प्रयास भइरहेका छन् । ब्राजिलमा हुने आगामी ३०औं कोप बैठक वा सो उप्रान्त ‘न्युक्लिेयर नन–प्रोलिफिरेसन ट्रिटी’ १९६८ (एनटिपी) बारेमा पनि गहन छलफल गर्न उपयुक्त हुने छ । किनभने, एनटिपी बहुपक्षीय बाध्यकारी सम्झौता हो । यसका मुख्य लक्ष्यहरू आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग र प्रवद्र्धन गर्ने, आणविक हतियारको वृद्धि-प्रसार रोक्ने र आणविक हतियार भएका राष्ट्रहरूद्वारा निःशस्त्रीकरणको लक्ष्य प्राप्त गर्ने हुन् ।

महामारी र पानी प्रदूषणको जोखिम उच्च बन्दै गएको छ । कार्बन उत्सर्जनको कुनै सही तथ्यांक छैन तर उत्सर्जन इन्धन प्रयोग, हवाई आक्रमण, आगो र आपत्कालीन पावर जेनेरेटरहरूबाट आउँछ । गाजाको ९७ प्रतिशत पानी युद्धअघि नै पिउन योग्य थिएन । पानी पूर्वाधार र विद्युत् केन्द्रहरूमा बम विष्फोटले यसलाई झनै बढाएको छ । समुद्री पानीको घुसपैठ र जलचर प्रदूषणको दीर्घकालीन प्रभाव हुने छ । बम विष्फोट वा जमिन सञ्चालनबाट कृषियोग्य जमिन ध्वस्त छ । समुद्री पानी र रसायनहरूबाट रूखको आवरण र माटोको क्षति भएको अनुमान छ ।
पछिल्ला केही वर्षयता प्राकृतिक विपत्तिका घटना थपिँदै छन् । जसका कारण धनजनको क्षतिको मात्रा निरन्तर उकालो लाग्दो छ । यसले जीवनयापनलाई थप कष्टकर बनाउँदै छ । मानवीय क्रियाकलापका कारण वातावरणीय सन्तुलन बिग्रँदा प्राकृति विपत्तिका घटना बढेका हुन् । यस्तो घटना न्यूनीकरण गर्न मानव आफैं वातावरणमैत्री बन्नु नै अत्यावश्यकीय उपाय हो । वातावरणको संरक्षणले मात्रै मानव अस्तित्व जोगाउने छ । वातावरण जति विनास हुन्छ, त्यसले मानव अस्तित्वलाई संकटतर्फ धकेल्दछ । यसकारण वातावरणको महत्व बुझौं, आजैबाट आफ्नो व्यवहारमा सुधार गरौं ।


प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
ऐतिहासिक दस्तावेज ‘लिम्बुवानका अभिलेख संग्रह’
ऐतिहासिक दस्तावेज ‘लिम्बुवानका अभिलेख संग्रह’ सोमबार, भदौ ९, २०८२
नेपाल–चीन सम्बन्ध परिणाममुखी बनाउन राजनीतिक स्थायित्व अपरिहार्य 
नेपाल–चीन सम्बन्ध परिणाममुखी बनाउन राजनीतिक स्थायित्व अपरिहार्य  सोमबार, भदौ ९, २०८२
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा सोमबार, भदौ ९, २०८२
यसरी हट्न सक्छ छाउप्रथा
यसरी हट्न सक्छ छाउप्रथा आइतबार, भदौ ८, २०८२
गुँला पर्व समाप्ति र फर्पिङ बज्रयोगिनी जात्रा
गुँला पर्व समाप्ति र फर्पिङ बज्रयोगिनी जात्रा शुक्रबार, भदौ ६, २०८२
‘उड्ने कार’ आयो, अब समाजवाद आउँछ ! 
‘उड्ने कार’ आयो, अब समाजवाद आउँछ !  शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP