Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • गुँला पर्व समाप्ति र फर्पिङ बज्रयोगिनी जात्रा
गुँला पर्व समाप्ति र फर्पिङ बज्रयोगिनी जात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ६, २०८२
पदम श्रेष्ठ

 

लिच्छविकालमा भिक्षुलाई सरकारबाटै पण (धातुको सिक्का) र पानीको व्यवस्था गरिएको हुन्थ्यो । यी र यस्ता तथ्यहरुलाई उजागर गर्दै लान पनि स्वयम्भू महाचैत्यको आधारमा एक महिनासम्म हुने गुँला पर्वको अन्त्यमा गरिने फर्पिङ बज्रयोगिनी जात्राले ठूलो महिमा खेलेको विश्वास व्यक्त गर्न सकिन्छ । बीचको लामो समयदेखि बन्दप्रायः भइसकेको बज्रयोगिनी जात्रा ने.सं. १००२ सालदेखि आफ्नै पहलमा पुनः व्यवस्थापन थालिएको फपिङ जात्रा पर्व संरक्षण समितिका अध्यक्ष सुरेन्द्र मानन्धर वताउँछन् । 

प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा (पारु)सम्म एक महिना स्वयम्भू महाचैत्यलाई मूल मानी बौद्धस्थलमा प्रेम–करुणा, व्यायाम, संगीत, मनोरञ्जन, अनुगमन भ्रमण र पुनर्निर्माणलगायत नौ उद्देश्य प्राप्तिका लागि गुँला पर्व मनाइयो, काठमाडौं उपत्यकामा ।

नेपाल संवत्को नवौं महिना गुँला पर्व आदिबुद्ध दीपंकरको स्मरणमा दान महिमालाई उँचो राख्दै मनाइने गरिन्छ । धेरैलाई के लाग्छ भने बुद्ध भन्नाले सिद्धार्थ गौतम बुद्धमात्र हो तर उपत्यकाबासीले मनाउने गुँला पर्वमा आदि बुद्ध दीपंकरलाई मूल मानेर लोकेश्वर तथा बौद्ध तान्त्रिकदेवी योगिनीहरुको आराधना गर्दै मनाउने परम्परा रहँदै आएको छ । यो पर्व राजा वृषदेवभन्दा चार पुस्ताअघिका राजा पुष्पदेवको राज्यकाल (१९०० वर्षअघि) देखि मनाउन थालिएको कथन छ ।

Hardik health

गुँला पर्व अवधिभर उपत्यकाका विहार–महाविहार सार्वजनिक गरी नवव्याकरण (प्रज्ञापारमिता, गण्डव्यूह, दशभूमिश्वर–समाधिराज, लंकावतार, सद्धर्मपुण्डरिक, सुवर्ण प्रभास, ललितविस्तर तथा गुह्यतन्त्र) पाठ गर्दै विहार परिक्रमाका साथ दान दिने परम्परा छ । यसरी एक महिनासम्म भक्तजनबाट प्राप्त दान (खाने, पिउने, लगाउने र नगद) लाई शाक्य, बज्राचार्य, फुवरे (ज्यापू)हरुले आफ्नो घर व्यवहारमा लगाउनेदेखि बुद्ध विहार निर्माण वा धार्मिक कार्यमा लगानी पनि गर्ने गर्छन् । गुँला पर्व विशुद्ध भावनाले धार्मिक सेवा प्रवद्र्धन वर्षावासबाट मुक्ति दिवस पनि मानिन्छ ।

यसै उपलक्ष्यमा गुँला पर्वको अवसरमा ‘काठमाडौं र कीर्तिपुरमा प्रत्येक वर्ष श्रावण शुक्ल त्रयोदशीका दिन पञ्चादानसमेत हुने गर्दछ । यसका लागि काठमाडौंको ठमेलबाट सुरू हुने पञ्चदान क्वाःवहाः, झ्वाःवहाः, तँलाछी, धोका वहाः, गँवहाः, नघवहा, न्हूवहाः बांगेमुढा, असन, दगुवहा, तछेंवहाः, जनवहाः, इटुम्वहा, मूवहा, चिधँवहः, इन्द्रचोक, मखवही, लायकुवही, मरु पिगँननी, चिंकमूहुँदै मञ्जुश्री परिक्रमा गरिन्छ भने मञ्जुश्री इकुवहाः, लगन, तःवहाः, यंगावही, ओमवहाः न्हुसा, पुलाभन्साहुँदै नच्छेगल्ली पुग्दछ । बिहानै सुरू हुने पञ्चदान टेबहाल, दुगँवही, सवलबहाः, महाबौद्धहुँदै साँझ जमल विहारमा पुगी सम्यक् भोजमा परिणत हुने गर्दछ । पञ्चदानबाट प्राप्त दान जीविकोपार्जनका लागि हो तर यसबाट संकलित रकमलाई सामाजिक कार्यका लागि पनि खर्च गरिन्छ ।  नेपाल संवत्को नवौं महिना गुँलामा बौद्धशास्त्रको नवव्याकरण पढिन्छ भने नौ बाजा (धाः, धिमे, नगरा, नायखिं, दमर्खी, दवहव, मृदंग, धोधोचार, क्वँचाखिं) बजाउँदै विहार परिक्रमा गरिन्छ ।

ऐतिहासिक भूमि फर्पिङमा बज्रयोगिनी जात्रा
शिखी बुद्धले चम्पादेवी डाँडामा ध्यान गरी पारंगत प्राप्त गरेको शिखरापुर फर्पिङबासीलाई एकपल्ट अचम्मको रोग लागेर भटाभट मर्न थाले छन् रे । यसबाट निराकारार्थ महायानी बज्रगुरु ओदियानाचार्यले शिखर लोकेश्वर गुफा शेषनारायण नेर उपवोध व्रत बस्दा विस्कानीदेवी (बज्रयोगिनी) प्रकट भई माङसाहुति यज्ञ गर्न आज्ञा भएछन्, तर पशुबलि बौद्ध संस्कारले नदिने भएपछि तन्त्रज्ञानी ओदियानाचार्यले आफ्नो तीघ्राको मासु काट्दै होम गर्न थाले छन् । यस्तो महान् त्याग र यज्ञबाट खुसी भएकी बज्रयोगिनी देवीले रोग व्याधी र अनावृष्टिको अन्त्य गरिदिएको भन्ने आख्यान तथ्य पाइन्छ ।

यही दिनको खुसियालीमा राजा भिमार्जुन देवले ४६ हजार जनाको जनसंख्या व्यवस्थित गरी ने.सं. १८३ श्रावण कृष्ण त्रयोदशीदेखि बज्रयोगिनीको जात्रा थालिएको भाषा वंशावलीमा उल्लेख रहेको छ ।  प्राचीन दक्षिणकालीको वास्थानसमेत रहेको जुन डाँडामा महायानी धर्मगुरु पद्यसम्भव, गुरु गोरखनाथ कपिलवस्तुबाट आएका बज्रयानी गुरु ओदियानाचार्यजस्ता स्वयं योगीहरुले ध्यान गरी सिद्धी प्राप्त गरेको पवित्रस्थल मानिन्छ । फर्पिङ तराई पुग्ने सबैभन्दा छोटो ५६ किलोमिटरको मार्ग पनि हो । आख्यानुसार नेपाल संवत् सुरू हुनुभन्दा १८३ वर्षअघि राजा भीमार्जुन देवले फर्पिङलाई कोटाल, कोछु (लाय्कु झम्केश्वरी दरबार क्षेत्र) टिपी, थल्कु, यल्खु, कोर्पु र थर्पु गरी सात टोलमा विभक्त गरी बस्ती व्यवस्थित गराएको बताइन्छ । फर्पिङका यी नै सात टोललाई आधार मानी सात डबली, सात ढुंगेधारा, सात पोखरी, सात मुख्य टोलका देविदेवता भनिएझैं फर्पिङमा राजा शिवदेव प्रथमदेखि अंशुवर्मासम्मका पालामा निम्नलिखित विहारहरु भीमबहाः, दिगुबहाः, वसीबहाः, वोखाबहाः, क्वाःबहाः, तःबहाः, खाबहाःहरु स्थापित रहेको भन्ने तथ्यले फर्पिङको प्राचीन पहिचान बौद्ध आदिभूमि प्रमाणित गर्दछ तर स्थानीय वयोवृद्धहरुका अनुसार राजा जयस्थिति मल्लले ने.सं. ५११ ताका जर्वजस्ती विहारहरु भत्काएपछि बौद्ध सम्पदा पाताल बनेको कथन छ ।

लिच्छविकालमा भिक्षुलाई सरकारबाटै पण (धातुको सिक्का) र पानीको व्यवस्था गरिएको हुन्थ्यो । यी र यस्ता तथ्यहरुलाई उजागर गर्दै लान पनि स्वयम्भू महाचैत्यको आधारमा एक महिनासम्म हुने गुँला पर्वको अन्त्यमा गरिने फर्पिङ बज्रयोगिनी जात्राले ठूलो महिमा खेलेको विश्वास व्यक्त गर्न सकिन्छ । बीचको लामो समयदेखि बन्दप्रायः भइसकेको बज्रयोगिनी जात्रा ने.सं. १००२ सालदेखि आफ्नै पहलमा पुनः व्यवस्थापन थालिएको फपिङ जात्रा पर्व संरक्षण समितिका अध्यक्ष सुरेन्द्र मानन्धर वताउँछन् । पिताजी जिम्वाल गणेशलाल मानन्धरपछि जात्रा पर्व व्यवस्थापनको जिम्मा आफ्नो हातमा आयो तबदेखि युवा जमातलाई एकत्रित गरेर बज्रयोगिनी जात्राको पनि व्यवस्थित गरिएको हो ।

फर्पिङ देशकै मुख्य विहारलाई आधार मानी सातवटै बुद्ध विहार परिक्रमा गराइँदा खटलाई अघिल्लो दिनमा नै बज्रयोगिनीबाट विधिपूर्वक देशभित्र ल्याई नारायण डबलीको द्योछेंमा विराजमान गराइन्छ भने रातभर भजन कीर्तनका साथसात्त्विक पूजा व्रत हुने गरिन्छ । सिँगारिएको देवीको खटलाई सेतो कपडाको वसला ओछ्याउँदै दायाँबायाँ डमरु र घण्टी बजाउँदै देश परिक्रमा गरिँदा साँच्चै देशवासीलाई रोगव्याधीबाट बचाइदिएको भाव त्यहाँ प्रत्यक्ष हुन्थ्यो भने खटको अघिअघि धिमेय् धाः अदि बाजाको तालमा युवतीहरु परम्परागत पहिरनमा लावा, अक्षता छर्दै धूप, दीप चढाउँदै देश परिक्रमा गदरिरहँदा भव्य, सभ्य र दर्शनीय भएको थियो, बज्रयोगिनी जात्रा ।  फर्पिङ देशको मुख्य जात्रा हरिशंकर जात्राजतिकै भव्य भए पनि बज्रयोगिनी जात्रामा खानपान, टीका तालेभन्दा बढी रसरङ रमाइलो गरी देश परिक्रमालाई पहिलो प्राथमिकता दिइएको पाइन्छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP