Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
विचार
  • Home
  • विचार
  • उपसभामुखलाई हटाउने ‘झेली खेल’
उपसभामुखलाई हटाउने ‘झेली खेल’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ५, २०८२
महेश घिमिरे

 

उपसभामुखलाई हटाउने प्रयासमा ठूला दलका सांसदले खाली कागजमा हस्ताक्षर गरेका छन् । जनताद्वारा चुनिएका जनप्रतिनिधिलाई कतिसम्म निरीह बनाइएको छ, यसको एक उदाहरण पनि हो खाली कागजमा गरिएको उपसभामुख राना हटाउने हस्ताक्षर प्रकरण । सार्वजनिक बहस गर्नुपर्ने यस विषयमा पारदर्शी बहस नै नगरी खाली कागजमा सही गर्नु नेपाली राजनीतिको लज्जास्पद पक्ष हो । लोकतन्त्रमा जनताका प्रतिनिधिले जनअभिमतलाई सम्मान गर्दै निर्णय लिनुपर्छ भन्ने मान्यता हुन्छ । तर, यस प्रकरणमा उपसभामुखको गल्ती के हो भन्ने विषयमा पर्याप्त छलफल भएको छैन र आमनागरिकको रायको कुनै स्थान देखिँदैन ।

नेपाली राजनीतिमा पछिल्लो समय प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयासले नयाँ सरगर्मी सिर्जना गरेको छ । सत्तामा रहेका ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले बालुवाटारमा सोमबार सहमति गरेर मंगलबार उपसभामुख हटाउन भन्दै हस्ताक्षर संकलन कार्य अघि बढाएपछि यसले सबैको ध्यान तानेको छ । बाहिरबाट हेर्दा यसको मुख्य कारण संवैधानिक परिषद्मा आफ्नो बहुमत पर्याउने र सरकारलाई आफ्नो अनुकूल चलाउने प्रयासका रूपमा लिइएको छ । यथार्थमा भने नयाँ दललाई विस्तारै संसदीय प्रणालीमा कमजोर बनाउनु रहेको छ ।

उपसभामुख रानालाई हटाउने प्रयास उनको अमेरिकी भिसा प्रकरणसँग जोडिएको छ । उनलाई पद अनुकूल आचरण नगरेको आरोप लगाइएको छ । गत फ्रेब्रुअरीमा उनले न्युयोर्कमा भएको एक कार्यक्रमका लागि आफूसहित पाँच जनाको भिसा अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । उपसभामुख रानाले व्यक्तिगतरूपमा दूतावासलाई पत्र लेख्नु र संसद् सचिवालयसँग सम्बन्धित नभएका व्यक्तिहरूलाई पनि सिफारिस गर्नुलाई नैतिक प्रश्नका रूपमा हेरिएको छ । झट्ट हेर्दा यो नैतिकतासँग जोडिएको विषय पनि हो । यस प्रकरणमा राना चुकेकी पक्कै हुन् । आफूसँग सम्बन्ध नै नरहेका व्यक्तिलाई भिसा दिनु भन्दै दूतावासमा पत्र लेख्नु उपसभामुखको काम पक्कै होइन । सत्तापक्षको तर्कअनुसार उपसभामुखको यो कार्य संविधानको धारा ९१ को उपधारा ६ (ग) विपरीत छ । यो धाराले पद अनुकूल आचरण नगरेको पाइएमा उपसभामुखलाई प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट हटाउन सकिने व्यवस्था गरेको छ । उपसभामुखको कदम आफैंमा एक गैरजिम्मेवार कार्य हो । यसलाई बाहिर आएको समयमा नै कारबाही गरी पदमुक्त गरिनुपर्ने थियो । तर, त्यस समय सत्ताको जोडघटाउमा केही नगरी एक वर्षपछि राजनीतिक प्रतिशोध साध्नका लागि अगाडि बढाउन खोजिएको छ । यद्यपि, अमेरिकाबाट नफर्केसम्म अघि नबढाउने भनी रोकिएको छ ।

Hardik health

प्रक्रियागतरूपमा उपसभामुखलाई हटाउन दुईतिहाइ बहुमतको आवश्यकता पर्छ । कांग्रेसका ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सात, जनमत पार्टीका छ, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका पाँच, नागरिक उन्मुक्ति पार्टीका चार र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का चार गरी कूल १९२ सांसदहरूले हस्ताक्षर गर्ने अपेक्षा गरिएको देखिन्छ । त्यसबाट केही पार्टीले आफ्नो स्वार्थ पूरा हुने हुँदा मत देलान् । कुनै दलले विरोध गर्लान् तर यस कदमले राजनीतिक निकास दिन्छ त ? फेरि पनि प्रश्न उठेको छ । यदि यो प्रस्ताव संसद्मा पारित भएमा उपसभामुख राना पदमुक्त होलिन् तर यस कदमले देशलेचाहिँ के पायो ? यो अहिले बहसको विषय हुनु आवश्यक छ ।

हुन त नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला सत्तारुढ दल, एक वर्षअघिदेखि नै उपसभामुख रानालाई हटाउने प्रयासमा थिए । लामै समयदेखि उपसभामुखलाई हटाउने खेल सत्तापक्षबाट खेलिरहँदा घटनालाई केवल एउटा संवैधानिक प्रक्रियामात्र नभई सत्तामा रहेका दलहरूको रणनीतिक चालका रूपमा पनि हेरिएको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था छ । अहिले परिषद्मा सत्तारुढ दलको बहुमत पुगेको छैन । यसभित्रको मुख्य कारण नै संवैधानिक निकायहरूमा नियुक्ति गर्नुपर्ने बाध्यता र परिषद्मा आफ्नो बहुमत नहुनु थियो । प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्मा अहिले सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख गरी कूल छ जना सदस्य छन् ।

हालको समीकरणमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने सदस्यहरूका कारण सत्तापक्ष बहुमतमा छैन । यसले गर्दा प्रमुख निर्वाचन आयुक्तसहित एक दर्जनभन्दा बढी संवैधानिक पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अवरुद्ध भएको छ । यही कारण उपसभामुख रानालाई हटाएर उक्त पद कांग्रेसलाई दिने र संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत पु¥याउने खेलमा कांग्रेस–एमाले लागेको बुझिन्छ । 
यस घटनाले नेपाली राजनीतिमा दुईतिहाइ बहुमतको प्रयोग कसरी भइरहेको छ भन्ने प्रश्न पनि उठाएको छ । ठूला राजनीतिक दलहरूले व्यक्तिगत स्वार्थका लागि वा सत्ता समीकरणको खेलमा दुईतिहाइको दुरुपयोग कसरी भएको छ त्यो समेत देखाएको छ । 

यस्ता कादमको सट्टा, दुईतिहाइ बहुमतको प्रयोग संविधान संशोधन, दीर्घकालीन नीति निर्माण र मुलुकका लागि महŒवपूर्ण सन्धि÷अभिसन्धिहरू पारित गर्नमा हुनुपर्नेमा केवल आफ्नो स्वार्थसिद्ध गर्न लागेको प्रमाणित गरेको छ । यस प्रकरणले नेपाली राजनीतिमा व्याप्त जनताको असन्तुष्टि र नेताहरूको प्राथमिकताबीचको दूरीलाई उजागर गरेको छ । आमनागरिक देशको विकास, सुशासन र आर्थिक समृद्धिको अपेक्षा गरिरहेका छन्, तर नेताहरू भने सत्ता समीकरणको खेलमा व्यस्त छन् । यस घटनाले नेताहरू कति अपरिपक्व निर्णय गर्छन् भन्ने देखाएको छ, साथै, फेरि नेताहरु आफैं नांगिनेसमेत प्रमाणित गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव पारित हुन नसकेको विगतले पनि नेताहरूको यस्ता निर्णयहरूमा दूरदर्शिताको अभाव रहेको प्रमाणित गर्छ । यसले राजनीतिक दलहरूको छवि कमजोर बनाउँछ र जनतामा थप निराशा उत्पन्न गर्नेबाहेक अर्को कुनै दोस्रो काम गर्दैन ।

उपसभामुख प्रकरणले नेपालको शासन प्रशासन कसरी चलिरहेको छ भन्ने ज्वलन्त उदाहरण दिएको छ । उपसभामुखलाई हटाउने प्रयासमा ठूला दलका सांसदले खाली कागजमा हस्ताक्षर गरेका छन् । जनताद्वारा चुनिएका जनप्रतिनिधिलाई कतिसम्म निरीह बनाइएको छ, यसको एक उदाहरण पनि हो खाली कागजमा गरिएको उपसभामुख राना हटाउने हस्ताक्षर प्रकरण । सार्वजनिक बहस गर्नुपर्ने यस विषयमा पारदर्शी बहस नै नगरी खाली कागजमा सही गर्नु नेपाली राजनीतिको लज्जास्पद पक्ष हो । लोकतन्त्रमा जनताका प्रतिनिधिले जनअभिमतलाई सम्मान गर्दै निर्णय लिनुपर्छ भन्ने मान्यता हुन्छ । तर, यस प्रकरणमा उपसभामुखको गल्ती के हो भन्ने विषयमा पर्याप्त छलफल भएको छैन र आमनागरिकको रायको कुनै स्थान देखिँदैन । यसले गर्दा जनताद्वारा जनताका लागि गरिने शासन व्यवस्थाको मर्ममाथि नै प्रश्नचिह्न खडा भएको छ ।

उपसभामुख राना विदेशमा रहेको बेला उनलाई पदबाट हटाउने प्रयास गर्नु मानवीय संवेदनशीलताको दृष्टिले पनि उचित मानिएको छैन । यस्तो समयमा उनीमाथि कारबाही अगाडि बढाउने कदमले राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ । नेताहरूले आफ्नो अनुकूलता र प्रतिकूलतालाई मात्र ध्यान दिएर काम गर्छन्, तर जनताले भने देश र समाजका लागि के भइरहेको छ भनेर हेर्छन् । जनताको सेवा गर्ने जिम्मेवारी बोकेका राजनीतिक दलहरूले आफ्नो प्राथमिकतालाई पुनः परिभाषित गर्न जरुरी छ । यदि यस्तै प्रकारका गतिविधिहरू जारी रहेमा यसले पार्टीको र समग्र नेतृत्वकै छविलाई कमजोर बनाउने निश्चित छ । जनताले खोजेको परिवर्तन र विकासलाई बेवास्ता गरेर नेताहरूले व्यक्तिगत र दलीय स्वार्थका लागि दुईतिहाइको दुरुपयोग गर्नु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण हो । यस्तो प्रवृत्तिलाई रोक्न नसकेमा नेपालको राजनीतिक भविष्य थप अनिश्चित बन्न सक्छ । नेपाली राजनीतिमा दुईतिहाइ बहुमतको सदुपयोग गर्ने अवसर हुँदाहुँदै पनि व्यक्तिगत वा दलगत स्वार्थका लागि यसको दुरुपयोग हुन थप  चिन्ताको विषय हो । यो राजनीतिक प्रतिशोध साध्ने नयाँ कदमसमेत भएको छ । अब यो घटनाले कस्तो मोड लिन्छ ? भोलिका दिनमा यसबाट राजनीतिक दलमा कस्तो संस्कार र विधि बस्छ त्यो प्रतीक्षाको विषय भएको छ । 

पछिल्लो घटनाले आमनागरिकको चाहना एकातिर छ, सरकार अर्कोतिर हात हालेर जनता चिढाउँदै गरेको प्रस्ट हुन्छ । आमनागरिकले के खोजिरहेका छन् भन्ने हेक्का सरकारले गरिरहेको छैन । जनताको असन्तुष्टिमा घिउ थप्ने काम किन नेताहरू गर्दै छन् ?
 


प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP