Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
विचार
  • Home
  • विचार
  • कृष्णाष्टमीको महिमा 
कृष्णाष्टमीको महिमा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ३, २०८२
पदम श्रेष्ठ

 

प्रत्येक वर्ष गुँलागा अष्टमी (भाद्र कृष्ण अष्टमी)का दिन कृष्ण जन्मोत्सव विविध मेला जात्राका साथ मनाइन्छ । कृष्णाष्टमीलाई छल, कूटनीतिज्ञ र कर्तव्य परायणताको पाठ सिकाउने पर्वका रूपमा द्वापरयुगदेखि नै मनाउन थालिएको हो तर नेपालमा ७५७ मा राजा सिद्धिनरसिंह मल्लले विश्वप्रसिद्ध ढुंगैढुंगाको मन्दिर पाटन दरबार अगाडि स्थापना गरेपछि कृष्णको महिमा व्यापक बन्न गएको छ । महाभारत र रामायणका झाँकी अति कष्टका साथ कलात्मक ढुंगले ढुंगामा कुँदी उठाइएको कृष्णमन्दिरभित्र मूलदेवता भने कृष्ण र सत्यभामा (राधा होइन) छन् । मन्दिरको चारैतिर ढुंगाको विष्णुका दशौं अवतार (मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, राम, श्रीराम, कृष्ण, बुद्ध, कल्की) प्रतिष्ठापित छन् । 
 

हे प्रभु कृष्ण !
शरणे जी वयाम्ह, मेपिं सुं मरु छपिं न्याम्ह–हे प्रभु राम !
धर्म व कर्म सेवा भावं, पूजा पाठ्या लं क्यनाः विम्ह
नांजक कासाँ तरे नायाः छ्वइम्ह/मेपिं/हे प्रभु, 
गीता ज्ञान र नुगलय वय्काः भक्तया भाव प्रभु वं थुइकाः, 
करुणा दृष्टि शरणे काइम्ह/मेपिं/हे प्रभु
गणेश अपारद्वारा लिखित कृष्णभक्ति संगीत उपत्यकाका विभिन्न भजन मण्डली जात्रा, पर्व, दबू प्याखँ, झाँकी प्रदर्शनीका बेला गाइने बजाइने गर्दछ । प्रसिद्ध कृष्णलीलामध्ये पाटन कृष्णमन्दिर अगाडि नचाइने नृसिंह हिरण्य बधलीला, फर्पिङ र चित्लाङको कति प्याखँँ गणनृत्य उपत्यकाको अमूर्त सम्पदा मानिन्छ । त्यसैगरी विविध सम्प्रदायमा विभक्त नेवारलाई एकै मञ्चमा ल्याउन राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु हरिवंश उपाध्यायले रचेको आत्मिक जागरणका रूपमा कृष्णाष्टमीदेखि हप्ताभर गाइने बजाइने गर्दछन्, उपत्यकामा । प्राचीनकालमा काठमाडौं उपत्यका प्राकृतिक, किराँत, शैव र बौद्ध चार सम्प्रदायमा विभक्त भूमि थियो । ने.सं. ५७५ मा राजा सिद्धिनरसिंह मल्लले पाटनस्थित दरबार अगाडि विश्वविख्यात् २१ गजुरयुक्त ढुंगैढुंगाको कृष्णमन्दिर निर्माण गराइ कति प्याखँको प्रबन्ध गर्याे । लिच्छविकालमा बौद्ध सम्प्रदाय सँगसँगै भुइजसी (बूढानीलकण्ठ), चाँगुनारायण, शेषनारायण, इचंगुनारायण र विशंखु चार कोणमा चार नारायण निर्माण हुनुका साथै चार नारायण सिइक बनेगु भन्दै मेला लाग्ने प्रचलन ठूलो एकादशीमा भए पनि पाटन कृष्णमन्दिर बनेपछि ढुंगै ढुंगाको कलाकृतिले विश्वको ध्यान आकृष्ट भयो ।

यदा–यदाहि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानं...धर्मस्य तदात्मानं सृजाम्यहम् । ।
परित्राणाय साधुनां विनाशाय च दुष्कृताम् ।
धर्म संस्थापनार्थाय संभवामि युगे–युगे । ।
जब जब धर्मको लोप भई पाप वृद्धि हुँदै जान्छ, साधुको रक्षा र दुष्टको नाश गरी धर्मस्थापना गर्न म युगयुगमा जन्म लिइरहने छु भन्ने गीतामा श्रीकृष्णले दिएको सन्देशको प्रभावले उपत्यकावासी झनै प्रभावित भए । फलस्वरूप फर्पिङ ख्वाबुँका बलामी समाजमा रोग/अनिकाल शान्त गर्न कृष्णाष्टमीको भोलिपल्ट अस्वारी, सिपाही, ताम्सिङ, मोक्सिङजस्ता नेवार देवी/देवताका साथ कृष्णलाई भित्र्याएर गणनृत्य चलाइदिए । राजा प्रताप मल्लले ने.सं. ७७२ मा मृत्यु भएकी आफ्नी प्रिय रानी राजमतीको मृत्युमा भावविह्वल हुँदै हनुमानढोका अगाडि च्यासी कृष्णदेगल निर्माण गराए भने एउटै रुखबाट बनेको काष्ठमण्डप निर्माणपछि बचेका काठबाट सिंल्यो सतः (सिंह सतल) त बन्यो मरु गणेशस्थानमा, उक्त सतलमा हरिकृष्ण देवताको धातु मूर्ति धर्मनारायण मानन्धरले ने.सं. ११०४ मा राणा शासकको स्वीकृति लिई राखेका थिए । 

Hardik health

कृष्णलाई छली राजनीतिज्ञका रूपमा पनि लिने गरिन्छ । किनकि किराँती राजा यलम्बरलाई महाभारत युद्ध हेर्न जाँदा छली कृष्णले छलगरी टाउको काटिदिएको आख्यान छ । कौरव र पाण्डवबीचको युद्धमा जो हार्छ उसैको पक्षमा लड्ने भन्दै नेपालबाट कुरुक्षेत्र पुगेका राजा यलम्बर हार्नेको पक्षबाट लडिदिए युद्ध कहिल्यै अन्त्य नहुने हृदयंगम् गरी कृष्णले छल गरी शिर छेदन गरिदिए । त्यसबाट विक्षिप्त जनताले आजुद्यः (पुर्खा देवता)को टाउको इन्द्रचोकमा मन्दिर बनाई स्थापना गरे भने इन्द्रजात्राको बेला सार्वजनिक प्रदर्शनी गरिन्छ । यस्ता अनगिन्ती स्मरणकथा गुथ्दै कृष्णाष्टमी देशभर मनाइन्छ ।

कृष्णाष्टमी जात्रा (पाटन)
प्रत्येक वर्ष गुँलागा अष्टमी (भाद्र कृष्ण अष्टमी)का दिन कृष्ण जन्मोत्सव विविध मेला जात्राका साथ मनाइन्छ । कृष्णाष्टमीलाई छल, कूटनीतिज्ञ र कर्तव्य परायणताको पाठ सिकाउने पर्वका रूपमा द्वापरयुगदेखि नै मनाउन थालिएको हो तर नेपालमा ७५७ मा राजा सिद्धिनरसिंह मल्लले विश्वप्रसिद्ध ढुंगैढुंगाको मन्दिर पाटन दरबार अगाडि स्थापना गरेपछि कृष्णको महिमा व्यापक बन्न गएको छ । महाभारत र रामायणका झाँकी अति कष्टका साथ कलात्मक ढुंगले ढुंगामा कुँदी उठाइएको कृष्णमन्दिरभित्र मूलदेवता भने कृष्ण र सत्यभामा (राधा होइन) छन् । मन्दिरको चारैतिर ढुंगाको विष्णुका दशौं अवतार (मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, राम, श्रीराम, कृष्ण, बुद्ध, कल्की) प्रतिष्ठापित छन् । नेपाल भाषाको रञ्जना लिपिमा विवरण कोरिएको कृष्णमन्दिर निर्माणबारे आख्यानुसार राजालाई मेरो र सत्यभामाको मूर्ति भण्डारखाल बगैंचा छ, निर्माणाधीन मन्दिरमा स्थापना गर्नु भन्ने आज्ञा भएछ । सोही आज्ञामुताविक राजाले महादेवको मन्दिर निर्माण गरेको ठाउँमा शिक्षागुरु विश्वनाथ शर्माले मूर्ति प्रतिष्ठापित गराई ठूलो मेलासमेत लगाए । कृष्णाष्टमीको रात जाग्राम बसी राष्ट्रप्रमुखको उपस्थितिमा पुजा गर्दछ ।

च्यासिकृष्ण हनुमानढोका र जात्रा
पाटनमा जस्तै कलात्मक काठमाडौंको हनुमानढोका दरबार अगाडि ने.सं. ७६९ मा च्यास (आठकुने) कृष्णमन्दिर निर्माण गरिएको छ । राजा प्रताप मल्लकी ३० वटी रानीमध्ये सर्वाधिक प्रिय दुईवटी राजमती र अनन्तप्रियाको एकैपल्ट देहान्त हुँदा भावविह्वल राजाले आफूलाई कृष्ण र रानीहरूलाई राधिकाहरूको प्रतिकृति स्वरुप स–सानो कलात्मक मूर्ति निर्माण गरी च्यासिकृष्ण मन्दिर निर्माण गराए ।  जुन कृष्णको नाउँमा कृष्णाष्टमीको भोलिपल्टदेखि थालिने च्यासिंकृष्ण खटजात्रा बन्द भइसकेको थियो तर काठमाडौं दरबार स्क्वायर ल्किनिङ क्लबका अध्यक्ष राजेश श्रेष्ठ र उनकी धर्मपत्नी तथा नेपाली कांग्रेसकी समानुपातिक सांसद राज्यलक्ष्मी श्रेष्ठको पहलमा पुनः सञ्चालनमा ल्याएको थियो । मन्दिरको चारैतिर अतिक्रमण गरिएका जग्गाको पर्खाल भत्काएर देवस्थललाई खुला सफाइ र पुनर्निर्माण कार्यका लागि पनि यस क्लबको ठूलो योगदान रहेको स्थानीय बताउँछन् ।

सिल्यो सत्तः र कृष्णनारायण जात्रा
काष्ठमण्डप निर्माणपछि बाँकी रहेको काठले निर्माण भएको सिल्यो सत्तः सिंहः सतल बन्नुको प्रख्यात् तथ्यकथा छ । ने.सं. २६२ मा मरुसतः (काष्ठमण्डप) एउटै रुखको काठले बनिसकेपछि बाँकी काठको सिल्यो सतः त बन्यो तर कुनै देवताको प्रतिनिधित्व थिएन । ने.सं. १०४० मा सँगैको तहबिल निवासी धमना सायमी (धर्मनारायण मानन्धर)को घर आगलागी भई नयाँ घर बनाउन जग खन्दा कृष्णनारायणको चार हातसहित धातु मूर्ति भेटे छन् । तत्कालीन राणा सरकारसँग स्वीकृति लिई भेटिएको कृष्णनारायण मूर्तिका साथ चार कुनामा चारवटा उडिरहेको सिंह स्थापना गरी सिल्यो सतः(काठ बाँकी पाटी)नै सिंहसतल हुन पुगेको हो । जहाँ पञ्चायतकालसम्म ठूला–ठूला नाम चलेका संगीतज्ञकासाथ भजन– हुनुका साथै प्रत्येक वर्ष कृष्णाष्टमीका दिन खटजात्रा हुन्थ्यो तर वर्तमानमा छैन ।

पाल्पा रणउजेश्वरी भगवती जात्रा
देशभर कृष्णाष्टमीमा पाल्पाको रणउजेश्वरी भगवतीलाई राँगा बलि दिई खटजात्रा हुन्छ । मध्यराति देवी पूजा गरी महिषासुरको प्रतीक राँगा, बोका, भेडा, हाँस, कुखुरा बलि दिई दाफा भजनका साथ भगवतीको भव्य जात्रा हुन्छ । गुलागा नवमी (कृष्ण अष्टमीको भोलिपल्ट) रातभर देवा बोक्नेलाई राँगाको मासु राखी भोज खुवाइन्छ । भोजपछि खट बोक्नेलाई बेताली बाँधी रातो अबिर दलेर दिउँसोको रणउजेश्वरी देवीको सिन्दुरे जात्रा हुने गर्दछ । प्रहरीको तोप बढाइका साथ ढोलक, झ्याली, पञ्चेबाजा, बौद्धबाजा बजाउँदै देश जात्राबारे प्रख्यात् आख्यान युद्धसँग जोडिएको पाइन्छ । इस्वी संवत् १७३४ देखि १७९७ सम्म नेपाल अंग्रेज युद्ध हुँदा पाल्पाका बडा हाकिम कर्णेल उजीरसिंह थापाले तानसेनस्थित भगवतीसँग प्रार्थना गरेछन् कि युद्धमा जिते राजकीय सम्मान गर्ने छु । यति भन्दै बुटवलको तिनाउ नदीवारि नै मणिमुकुन्द सेनको दरबार भग्नावशेषमा किल्ला बनाई चलाखीपूर्वक दुईपल्टसम्म जनरल उडलाई युद्धमा हराउन सके भने इस्वी संवत् १८१६ मार्च ३ तारिखका दिन भएको सुगौली सन्धिपछि मन्दिर निर्माण गरी राजकीय सम्मानका साथ जात्रा चलाए । गुभाजू वज्राचार्य पुजारी रहने रणउजेश्वरी (युद्धमा जितेर उजेश्वर सिंहले स्थापना गरेको) देवीजात्रा पाल्पाकै मौलिक बन्न पुगेको पाइन्छ । यसै दिन यहाँ काजी अमरसिंह थापाले चलाएको लक्ष्मीनाराण खटजात्रा छुट्टै हुने गर्दछ ।

गणेश जात्रा
यहाँ पनि उपत्यकामा जस्तै श्रीनगर डाँडाको सिद्धिविनायक, टक्सार गणेश, मखन गणेश, तहबिल गणेश छन् । यहाँ गणेशजात्रा गर्न काठमाडौंबाट पाल्पा गौंडामा कार्यरत राइटर मोतिमानले जर्नेल ज्याद शमशेरले देख्ने गरी दाह्री लामो–लामो बनाएर बसेछन् । दाह्री पाल्नुको कारण सोध्दा सिद्धिविनायकको जात्रा गर्न आफूले तप गरेको बताएछन् । यसबाट प्रभावित ज्याद शमशेरले प्रत्येक सिपाहीको तलबबाट एक रुपैयाँ कटाई एक हजार ८०० रुपैयाँ र ४० मुरी धान फल्ने खेत राखी प्रत्येक वर्ष गुँलागा द्वितीयाका दिन जात्रा चलाएको भनाइ छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP