Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कुण्ठाले भरिएको कूटनीति
कुण्ठाले भरिएको कूटनीति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २, २०८२
Hardik health

भारतीय विदेशसचिव नेपाल भ्रमणमा आएसँगै नेपालमा दुई विषयमा बहस सुरु भएको छ । पहिलो, विदेशसचिव विक्रम मिस्रीले पाएको अतिथ्यता । दोस्रो, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनको गेस्चर । मिस्रीले काठमाडौं उत्रनासाथ राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेतासँग क्षणमै भेट्न भ्याए । हुन त नेपाली नेताहरु लैनचौर नै गएर भेट्ने प्रथा भए पनि पछिल्लोपटक भारतीय नेताहरु आफैं नेपाली नेताको पायक पर्ने ठाउँमै पुगेर भेट्ने गर्छन् ।

लैनचौर जाँदा नेपाली नेताहरु आलोचनाको सिकार बन्ने बुझेर भारतीय अधिकारीहरु अचेल नेताको घर कार्यालयमै पुग्न थालेका छन् । यसपटक भारतीय सचिव मिस्री बूढानीलकण्ठदेखि खुमलटारसम्म पुगे । भारतमा डेरा जमाएर बस्दा पनि हाम्रा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई उच्चस्तरीय भेटको कुनै अवसर दिइएको थिएन । जसकारण लामो समयदेखि भारत भ्रमणको भोकले छट्पटिएका प्रधानमन्त्री ओली बरु चीनतिर हुँइकिन बाध्य बने ।  भारत भ्रमणको ‘ग्रिन सिग्नल’ पाएपछि ओलीसहित यो सरकारको भुँइमा खुट्टा छैन । भारतको एक जना मामुली कर्मचारीसँग झुक्नुपर्दाको कूटनीतिक पीडा हो यो । अर्को विषय हो ओलीसँग मिस्रीको गेस्चर । एमालेका नेताहरुले नै प्रधानमन्त्री ओलीसँगको भेटमा मिस्रीले सामान्य शिष्टाचार प्रयोग नगरेको आरोप लगाएका हुन् । ओलीसँगको भेटमा मिस्रीले उपरखुट्टी लगाएको तर अरु नेतासँग भेट्दा शिष्टाचार पालना गरेको एमाले नेताहरुको आरोप छ ।

सरकारमा रहेको नेतृत्वले हीनताबोध भोग्दै गर्दा कार्याकर्ताले एउटा बसाइँलाई लिएर यसरी टिप्पणी गर्नु अर्को हीनताबोध हो । सरकार प्रमुख हुँदै कार्याकर्ता र सर्वसाधारणले भारतीय पक्षसँगको भेटलाई सशंकित तवरले हेर्ने गर्छ । छिमेकी आउँदा स्वागत सत्कार नेपाली परम्पराको अति विशिष्ठ परम्परा हो । संस्कार नै हो । तर नेपालीहरु छिमेकी राष्ट्रका नेता र सरकारी अधिकारीहले पाएको ‘एक्सेस’लाई लिएर अनेक शंका उपशंका गर्न भ्याउँछन् ।
हुन त विभिन्न आन्दोलनमा छिमेकीको हेपाहा प्रवृत्तिको विरोध गर्दै आएका नेपालीका लागि यो सामान्य विषय हो । तर नेपाल भित्रिएको पाहुनाबाट हामीले फाइदा लिन सक्नुपर्छ । यसरी जथाभावी रुपमा शंकाउपशंका गर्नुभन्दा सहजीकरणमा सहयोग गर्ने काम नेपाली समाजको हो । यसलाई चिर्न सकेमा पक्कै पनि कूटनीति सुध्रिन्छ । नभए कुण्ठा पोखेर कूटनीति बन्दैन । 
 


प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP