Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विचार
  • Home
  • विचार
  • गाईजात्रा एक, कथा अनेक
गाईजात्रा एक, कथा अनेक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २५, २०८२
पदम श्रेष्ठ

मृत्युलाई शाश्वत् सत्यका रूपमा आत्मसात् गर्दै जीवनमा राम्रो काम गरे हाँसोको पात्र बन्नु पर्दैन भन्ने सन्देशका साथ देशभर नेवार समुदायले गाईजात्रे झाँकी प्रदर्शन गर्छन् । मृतात्माको स्मरण सुःखावती भुवनमा वास र निर्वाणको कामना गर्दै प्रत्येक वर्ष गुँलागा पारुका दिन मृतकका घर–घरबाट साःया अर्थात् गाईजात्रा निकाल्ने परम्परा छ ।

जुन व्यंग्यात्मक हास्यव्यंग्य प्रहसन नेवार समाजबाहेक पनि गाईजात्रे पत्रपत्रिका, नाटक तथा सञ्चारका माध्यमबाट राष्ट्रिय चाडको रूप धारण गरिसकेको छ । आख्यानुसार ने.सं. ७७५ कालीन राजा प्रताप मल्लका कान्छा राजकुमार चक्रवतीन्द्र मल्लको शीतला रोगका कारण मृत्यु हुन पुग्दछ । राजकुमारको मृत्युमा भावविह्वल रानीलाई शान्त राख्न राजाले मृत्यु भएकाको घरबाट उनैको नाउँमा गाईजात्रा निकाल्न उर्दी जारी गरे । देशवासीले मृतकका नाउँमा निकालेको सापारु झाँकी हास्य प्रहसन देखेर रानीमा अनित्य संसारको सत्य ज्ञान भई आत्मसन्तुष्टि मिलेको बताइन्छ ।

मृत्युलाई शाश्वत् सत्यका रूपमा आत्मसात् गर्दै जीवनमा राम्रो काम गरे हाँसोको पात्र बन्नु पर्दैन भन्ने सन्देशका साथ देशभर नेवार समुदायले गाईजात्रे झाँकी प्रदर्शन गर्छन् । मृतात्माको स्मरण सुःखावती भुवनमा वास र निर्वाणको कामना गर्दै प्रत्येक वर्ष गुँलागा पारुका दिन मृतकका घर–घरबाट साःया अर्थात् गाईजात्रा निकाल्ने परम्परा छ ।

गाईजात्रा राजा प्रताप मल्लदेखि सुरू भएको भनिएता पनि मृतकको नाउँमा झाँकी निकाल्ने परम्परा गोपाल राजवंशावलीमा उल्लेख भएअनुरूप राजा जयस्थिति मल्लको राज्यकाल ने.सं. ५०० तिर पनि मृतकको घरबाट गीत गोविन्दावली गाउँदै देश परिक्रमा गर्ने परम्परा थियो भने ललितपुरको लुभुमा नयाँ घर निर्माण गरिँदा धाःधिमे बाजा बजाउँदै देश परिक्रमा गर्ने चलन अझै छ । बौद्ध परम्परानुसार मृतकका नाउँमा गुँलागा द्वितीया गाईजात्राको भोलिपल्ट ललितपुरको मंगलबजारबाट निकालिने मतयाः दीपयात्रा नेकू वा श्रृंगभेरी जात्राको इतिहास केशर पुस्तकालयमा उल्लेख भएअनुसार राजा गुणकामदेवको राज्यकालमा नै पुनःउत्थान भइसकेको खुल्दछ । समष्टिगतरूपमा सापारु गाईजात्रा स्थान विशेष ऐतिहासिक आधारमा छुट्टाछुट्टै झाँकी प्रदर्शन गरिने परम्परा रहेको खुल्दछ ।

Hardik health

श्रृंगभेरी नेकुजात्रा
चक्रवही, इखाछें बुबहाल, हौग, वकुवहाः, इखालखु, कोवहाः, सौगः, नःवही, मंगःप्याल, ललितपुरका यी १० टोलले पालैपालो प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट नेकुजात्रा–मतयाः जात्राको पालो लिन्छन् । भदौ कृष्ण द्वितीयाका दिन ललितपुर बुद्ध चैत्यस्थलमा मृतकका नाउँमा दीपदान गर्ने र राँगाको सिङ बजाउँदै नगरपरिक्रमा गर्ने हुँदा यस पर्वलाई मतया–नेकुजात्रा भनिएको हो । पालोवाल टोलमा जम्मा भई बिहान ६ देखि साँझ झण्डै ७ बजेसम्म १२ घण्टा देवताको नाउँमा धूप, दीप, नैवेद्य, चौमरी, मतया मरी, कपुर, दक्षिणा, अबिर, अक्षता, हलः, अमला आदि चढाउँदै मृतात्माका लागि शान्तिको कामना गर्नु यस पर्वको विशेषता हो । कोही– त बुद्धस्थलमा जीउ नापेर परिक्रमा गर्ने, कसैसँग नबोल्ने व्रतसमेत गर्दछन् ।

मतयाःमा एकातिर राँगाको सिङ नेकुबाजा र अर्कोतर्फ ज्यापू समुदायद्वारा बाँसुरी, ढोलक, मगःखि बजाई भजन गाउँदै देश परिक्रमा गर्नु कम रमाइलो हुँदैन । बीच–बीचमा युवायुवतीहरू अनेक प्रकारको मुकुण्डो पहिरेर हास्य झाँकी देखाउँछन् । लिच्छवि राजा बालार्चनदेवद्वारा थालिएको मतया नेकुजात्रा राजा सिद्धिनरसिंह मल्लले पुनःजागृत गरेको विश्वास गरिन्छ । नेपाल संवत्को नवौं महिना, नौ प्रकारकै बाजा मतयाः जात्रामा बजाइने नेकुबाजा हुने गर्दछ । नेकु भन्नाले सिङ हो । यस बाजालाई श्रृंगभेरी पनि भनिन्छ । यस प्रकारको नौ बाजामा मुख्य धाःबाजा हो । त्यसपछि धिमेय, नाय्खिं, दमःखिं मृदंगा, ढोलक, डमरु, कोंचाखिं, नगरा, ढ्यांग्रा दःयो, मगःखि, ज्वःनगरा, खंचरी, काशी बाजा, दक्षिण बाजा, खिं र डबडब (डमरु) आउँछन् । उल्लिखित बाजाको साथमा पञ्चताल पँयताः र राँगाको घुम्रिएको सिङलाई विशेष तरिकाले सिँगारी नेकुबाजा बनाइएको हुन्छ । आख्यानुसार सिंहकेतु राजाको कार्यकालमा शशिपत्तन नगरमा रानी सुलक्षणा अति धर्मकर्ममा विश्वास गर्थिन् । राजा सिकार खेली निर्दोष पशुपन्छीको हत्या गर्ने कारण रानीले धेरै सम्झाउँथिन् तर नमानेपछि कालगतिको कारण एक दिन दुवैको मृत्यु हुन्छ । पशुहत्याको विपाकको कारण राजा एक ब्राह्मणको घरमा राँगाको रूपमा र रानी ब्राह्मणकी छोरी रूपमतीको रूपमा जन्मिन्छन् । राँगा भीरबाट खसेर मरेछ, पूर्वानुस्मृतिको कारण ब्राह्मणकी छोरी रूपमतीले मृतक राँगो आफ्नो पति भएको थाहा पाई राँगाको हाडखोर जम्मागरी बुद्धचैत्य निर्माण र सिङबाट बाजा बनाएको विश्वास गरिन्छ । यस सन्देशलाई आत्मसात् गर्न ललितपुरमा श्रृंगभेरी नेकुजात्रा र दीपयात्रा हुँदै आएको छ ।

गाईजात्रा राजा प्रताप मल्लदेखि सुरू भएको भनिएता पनि मृतकको नाउँमा झाँकी निकाल्ने परम्परा गोपाल राजवंशावलीमा उल्लेख भएअनुरूप राजा जयस्थिति मल्लको राज्यकाल ने.सं. ५०० तिर पनि मृतकको घरबाट गीत गोविन्दावली गाउँदै देश परिक्रमा गर्ने परम्परा थियो भने ललितपुरको लुभुमा नयाँ घर निर्माण गरिँदा धाःधिमे बाजा बजाउँदै देश परिक्रमा गर्ने चलन अझै छ ।

गाईजात्रा 
काठमाडौंवासी नेवारहरूले मृतकका नाउँमा मानवलाई नै सेतो जामा, छवालीको जनै, टाउकोमा अगाडि गाईको अनुहार अंकित चित्र र पछाडि गणेशको चित्र लेखिएका मुकुण्डो शृंगार गरी बाजागाजासहितको गाईजात्रा निकाल्छन् भने दोस्रो पहेँलो वस्त्र पहिरेर फेटा बाँधी चिम्टासहित कमण्डलु लिई जोगी भेषमा र तेस्रो गाईलाई नै सिँगारेर नगरका विभिन्न स्थानबाट निकाली हनुमानढोका दरबार परिक्रमा गराइन्छ । मृतकका घरघरबाट पुरी, जुलेवी, फलपूmल, नगद, दूध आदि द्रव्य दान गर्दा १०८ प्याकेटदेखि १००८ प्याकेटसम्म पु¥याइन्छ । यसरी गाईजात्रा निकाले वा दान गरिए सिठी नःखःका दिनदेखि बन्द रहेको यमलोकको ढोका खुल्छ र मृतक सजिलै स्वर्ग प्रवेश गर्छ भन्ने मान्यता पाइन्छ । गाईजात्रापछि घर फर्किएकालाई घरको मूलढोकामा हातखुट्टा धुवाएर घर भित्र्याइन्छ ।

कीर्तिपुरको पाँगा, मच्छेगाउँमा बाःचाहिले जात्रा
यहाँ गाईजात्राको एक दिनअगाडि गुँपुन्हीका दिन राति बाःचाहिलेका नाउँमा मृतकका नाउँमा धूप, दीप र दक्षिणा बुद्ध चैत्य विहार परिक्रमा गर्दै चढाउने गर्दछन् । गाईजात्राका दिन झयाझयाँ पापाको नाउँमा रंगीविरंगी देवीदेवता ख्याली भैरवको मुकुण्डो पहिरिएर देश परिक्रमा गराइन्छ । धा, पयँता बाजाको तालमा देश परिक्रमा गर्दै बाघभैरव मन्दिरअगाडिको नारायण मन्दिरबाट पोखरीमा राँगाको खुट्टा फ्याँक्छन् । जुन खुट्टा सहभागीहरूले हानथाप गरी लुटेर रमाइलो गर्ने गर्दछन् । त्यसैगरी कीर्तिपुरको पाँगामा गाईजात्राका दिन घुँसी गणेशस्थान (पिगंद्य)मा मृतकको घरघरबाट जम्मा हुन्छन् र नौ देखि ११ जनासम्मको सामूहिक गाईजात्रा देश परिक्रमा गराउने चलन छ । साँझ लायकुअगाडिको हयँ पोखरीमा राँगाको टाउको–खुट्टा फ्याँकी लिने प्रतियोगिता हुने गर्दछ । त्यस्तै कीर्तिपुरको मच्छेगाउँमा ग्वाः टोल, सायमिटोल र नायःटोलबाट लाखेजात्रा निकालिन्छ भने गाईजात्राका दिन नारायण देवस्थलमा गाईजात्रा, ख्याली भेला भई परिक्रमा गराइन्छ ।

भक्तपुर ख्वपको घिन्ताकिसी जात्रा
उपत्यकाका गाईजात्रामध्ये भक्तपुरको गाईजात्रा विशिष्ट पाइन्छ । घिन्ताकिसी भनिने भक्तपुरको गाईजात्रामा मृतकका घरघरबाट छवाँली, लामो बाँस, काठ प्रयोगगरी तायमचा खट निर्माण गरिन्छ र मृतकको फोटो राखेर पुरोहितद्वारा पूजा गरी बाजागाजाका साथ नगर परिक्रमा गराइन्छ । राजनीतिक घटनालाई प्रस्तुत गर्दै तायमचा खटको पछिपछि ख्याल प्याखँ, खिंःद्याः धिमे बाँसुरी बाजाको तालमा कथि प्याखँ (लठ्ठी नृत्य) प्रदर्शन गरिन्छ । नृत्यका लागि उगःलुसी तकू, चिकू, अयलाः लुइम्ह र त्वनीम्ह बजि इनिम्ह कलाकारको भूमिकासहित देश परिक्रमा गरिन्छ । घिन्ताकिसीको समापन न्यातपोल (पाँचतले मन्दिर) र भैरवनाथमा हुन्छ ।

खोकनाको बाख्री हत्या गाईजात्: 
ललितपुरको खोकनामा निकालिने गाईजात्रामा दुई जना मानिसले हलो जोत्ने बेलामा जस्तै बीचमा घण्टी झुन्ड्याएर बोक्छन् । पुरानो भान्ता लुगा पहिरिएका ती गाईजात्रेहरू अनेक हाउभाउ कटाक्ष प्रयोग गरी हँसाउँदै देश परिक्रमा गर्दछन् । दिउँसो सिकाली अजिमा अगाडिको पोखरीमा जिउँदो बाख्री फ्याँकेपछि युवाहरूको ठूलो जमातले लुछाचुँडी गर्दै बहादुर पुरुषको पद धारण गर्न प्रतिस्पर्धा गर्दछन् । वर्ष पुरुष घोषणा हुनुअघि बाख्रीको लुछाचुँडीमै मृत्यु भइसकेको हुन्छ । यो वीभत्स गाईजात्रे पर्व मानिन्छ ।

ग्वल पशुपति र नरहाँडी गाउँमा पायो जात्रा
पाशुपत क्षेत्रमा गाईजात्राको भोलिपल्ट रोपाइँजात्राका दिन (गुँलागा द्वितीया) नवदुर्गा जगाउन नौ जनाको पायो निकालिन्छ भने नेपाल भाषामा ग्वल (ह) ८१ संयोजनयुक्त बस्तीलाई जगाउन वर्षभरि मृतात्माको कामना गर्दै बाजागाजाका साथ परिक्रमा गरिन्छ । लिच्छविकालीनबस्ती हाँडीगाउँमा द्यःछेंबाट खड्गधारी पायो निकाली खि बजाएर रोपाइँजात्रा गरिन्छ ।

वैदिक नेवारको उपाकल साया
ललितपुरमा बौद्ध मतावलम्बीजस्तै वैदिक नेवार (शर्मा, राजोपाध्याय) हरूले गुँलागा पञ्चमीका दिन मंगलबजारबाट उपाकल साया (गाईजात्रा) निकाल्छन् । कसैकसैले त्वाकल साया पनि भनिने यो गाईजात्रामा नृसिंह देवताको दायाँ लक्ष्मी, बायाँ सरस्वती र अगाडि भक्त प्रल्हाद बिन्तीमुद्रामा पछाडि-पछाडिबाट हिँड्ने गर्दछन् । नृसिंह दैत्यको प्रतिक कपडाको पुतलीलाई घिसारेर नगर परिक्रमा गराइन्छ ।
 


प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप विचार
‘स्वर्णिम’ अर्थमन्त्रीको प्रतीक्षा
‘स्वर्णिम’ अर्थमन्त्रीको प्रतीक्षा बिहीबार, चैत ५, २०८२
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग बुधबार, चैत ४, २०८२
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व सोमबार, चैत २, २०८२
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय आइतबार, चैत १, २०८२
बोध प्राप्तिको माध्यम ध्यान साधना 
बोध प्राप्तिको माध्यम ध्यान साधना  शुक्रबार, फागुन २९, २०८२
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव बिहीबार, फागुन २८, २०८२
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP