Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • यूएई जाने श्रमिकले भिएफएसमा पनि १४ हजार २०० बुझाउनुपर्ने
यूएई जाने श्रमिकले भिएफएसमा पनि १४ हजार २०० बुझाउनुपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २९, २०८२

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) जाने कामदारले पुलिस रिपार्ट प्रमाणीकरण गर्नु सामान्य प्रक्रिया हो । तर हिजोआज पुलिस रिपोर्ट प्रमाणीकरणका लागि कामदारले भिजा फ्यासिलेटेसन सर्भिस (भिएफएस) ग्लोबलमार्फत १४ हजार २०० तिर्न बाध्य हुन थालेका छन् । 

कम्पनीहरुले मागेको भन्ने विषय छ तर कुनै पनि आधिकारिक जानकारी आएको छैन । यहाँ फ्रि-भिजा, फ्रि-टिकेटदेखि इम्प्लोयर पे मोडलको कुरा गरिन्छ । तर नेपाली नागरिकहरु धमाधम छायाँ सेन्टरमा गएर पुलिस रिपोर्ट छाप हान्न बाध्य छन्
महेश बस्नेत
महासचिव
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

यूएई रोजगारीको प्रक्रिया थालेपछि कामदारले नेपाल प्रहरीबाट उक्त रिपोर्ट लिएपछि परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गराउनपर्छ । त्यसपछि भिएफएसमार्फत यूएईस्थित दूतावासबाट अनिवार्य भेरिफाइ गर्नुपर्छ । गत भदौ २३ र २४को जेनजी आन्दोलनपछि यूएईले नेपालीको भिसा रोकिदिएको थियो । झण्डै तीन महिना रोकिएको यूएई रोजगारी पुनः खुलेपनि दूतावासबाट पुलिस रिपोर्ट रुजु गर्नुपर्ने अनिवार्य प्रावधानको मारमा कामदारहरु परेका छन् ।  

उक्त पुलिस रिपोर्टको म्याद तीन महिनाको मात्र हुने हुँदा उक्त अवधिमा भिसा नलागेका कामदार थप पीडित हुने देखिएको छ । यसैगरी रोजगारीमा युएई जाने कामदारलाई थप आर्थिक बोझ थपिने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले यूएई जाने टुङ्गो नलाग्दै श्रमिकमाथि यति ठूलो खर्च गर्न बाध्य बनाइनु अन्याय भएको दाबी गरेको छ । उक्त प्रावधानको आधिकारिकतासमेत पुष्टि नभएको संघका महासचिव महेश बस्नेतले बताए ।

Nada Auto Show 2026
Hardik health

भिएसएफ सिन्डिकेटको रुपमा निस्किएको हो । आजभन्दा एक डेढ वर्ष पहिला यस्तै प्रावधान ल्याउन खोज्दा हामीले राज्यसँग डायलग गरेर नेपाल सरकारले दुबई एम्बेसीमा प्रमाणीकरण गराउन पर्दैन भनेपछि त्यो बेलामा रद्द गरिएको हो
हरिबहादुर पाण्डे
अध्यक्ष
नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति

‘कम्पनीहरुले मागेको भन्ने विषय छ तर कुनै पनि आधिकारिक जानकारी आएको छैन । यहाँ फ्रि-भिजा, फ्रि-टिकेटदेखि इम्प्लोयर पे मोडलको कुरा गरिन्छ । तर नेपाली नागरिकहरु धमाधम छायाँ सेन्टरमा गएर पुलिस रिपोर्ट छाप हान्न बाध्य छन्,’ बस्नेतले भने, ‘१४ हजार २०० तिरेर भोलि भिजा आएन या आउन तीन महिनाभन्दा बढी लाग्यो भने त्यो पैसा त गयो नि । यो श्रमिकमाथिको ठूलो अन्याय हो ।’ 

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले केही समय अगाडि पनि यस्तै प्रावधान ल्याउन खोजिएको स्मरण गर्दै यो प्रावधान ‘सिन्डिकेट’कै रुप भएको जनाएको छ । भिएफएस लागू गराउन केही व्यक्ति सक्रिय रहेको समितिका अध्यक्ष हरिबहादुर पाण्डेले बताए । ‘भिएसएफ सिन्डिकेटको रुपमा निस्किएको हो । आजभन्दा एक डेढ वर्ष पहिला यस्तै प्रावधान ल्याउन खोज्दा हामीले राज्यसँग डायलग गरेर नेपाल सरकारले दुबई एम्बेसीमा प्रमाणीकरण गराउन पर्दैन भनेपछि त्यो बेलामा रद्द गरिएको हो,’ पाण्डेले भने, ‘दुबई भिजा सेन्टरकै साथीहरुले लागू गर्न खोजेको भन्दै नामहरु आइरहेको छ । यो आवश्यक छैन । यसलाई तत्काल खारेज गर्नुपर्छ ।’

पुलिस रिपोर्ट लिएकाहरुको पनि भिसा रिजेक्ट भइरहेको पाण्डेले बताए । यूएईका लागि नेपालका राजदूतसँग छलफल गर्दासमेत यूएई सरकारबाट आधिकारिक जानकारी नआएको बताएको उनको भनाइ छ । हाल साउदी अरबलगायतका मुलुकमा पुलिस रिपोर्ट अनिवार्य छ । तर दूतावासबाट भेरिफाइ गर्न नपर्ने हुँदा उक्त शुल्क तिर्नुपर्दैन । नेपाल सरकारले दिएको रिपोर्टलाई स्वीकार्ने व्यवस्था मिलाउनपर्ने व्यवसायीको माग छ ।  परराष्ट्र मन्त्रालयले भने पुलिस रिपोर्ट पठाउने प्रक्रिया त्यही नै भएपनि कुनै पक्षलाई यसबाट समस्या भइरहेको छ भने त्यसको सम्बोधन गर्ने जनाएको छ । जायज विषयमा छलफलका लागि तयार भएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । 

‘पुलिस रिपोर्ट यहाँ बनाउनै पर्‍यो, यूएईका अधिकारीले भेरिफाइ गर्न उता जानैपर्छ । प्रक्रिया त त्यही हो । मन्त्रालय र दूतावास कामदारका रुपमा जानेलाई कसरी बढी सहज हुन्छ भन्नेमा केन्द्रित छ,’ पौडेलले भने, ‘व्यवसायीले राखेका कुरा यदि जायज हो भने सम्पर्कमा आउनपर्‍यो । यसमा गर्न पर्ने केही रहेछ भने हामीले त्यसलाई सम्बोधन गर्छौँ ।’

प्रत्येक महिना १५ हजारभन्दा बढी युवाहरू संस्थागत माध्यमबाट यूएई जाँदै आएका छन् । गत आर्थिक वर्ष २०८१/८२मा सबैभन्दा धेरै दुई लाख ७४ हजार ५९० जना रोजगारीका लागि यूएई गएका थिए । त्यस्तै ०८०/८१मा एक लाख ९३ हजार ४३८ जना गएका थिए । यो संख्या संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर जानेहरुको हो ।


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP