Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • घर भित्रै लेण्डुप ! 
घर भित्रै लेण्डुप ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १, २०८२

त्यो पर्दैन ! उसले भन्यो ।
त्यसको जवाफमा आयो- त्यसो भए के पर्छ त ?
‘मैले जे-जे भन्यो त्यही मात्र पर्छ । मैले जसोजसो भनेर भनेको छु त्यसै त्यसै गर्नू ।’ नाम भने काजी, कामजति सबै पाजी ! उसले जवाफ फर्कायो ।

हजुरबाले जोडेको बारीको लामो पाटोसँगै रहेको खहरेको भदौमा आएको बाढीले एउटै अंग नै लगेको थियो । खहरेको बाढी त हो, आउँछ, लैजान्छ । तर त्यसपछि त उही भत्किएको लामो पाटोको एक पाखोमात्र रहेको थियो । दाजुभाइ सबै मिलेर साँधसिमाना जोगाउनका लागि बाँसको घारीबाट बाँस काटेर बारीको बाटो पुरानै अवस्थामा फर्काउने प्रयास गर्ने सल्लाह गरे ।

दाजुभाइ कुलका सबै जना सल्लाह गरे । ‘ल ठीक छ, त्यसो भए अब पुरानो बाँसको भर भएन नयाँ बाँस काटेर माटो कटान रोक्नका लागि जाली बनाएर बारीलाई पुरानै अवस्थामा फर्काउँ र त्यही नयाँ घर बनाउँ ।’  भदौमा बाढीले लगेको लामो पाटो अब त नयाँ बन्ने भो । काका, ठूला बा, माइला बा, काकी, माइल्याँ सबैको कुरा सुनेर बसेका नातिनातिना भने दंग थिए । बाढीले बगाएको किताब कापीजस्ता कुराहरुलाई फेरि ल्याउन त सकिँदैन तर फेरि किनेर ल्याउन त सकिन्छ नि ! 

त्यसलाई नयाँ बनाउन त सकिन्छ नि अब नयाँ लामोपाटो बन्ने छ । अनि बाहरुले त्यसमा नयाँ घर बनाउनुहुने छ । छोरा नातिहरुले त्यसलाई निकै उत्साहित बनिरहेका थिए । देश छाडेर मुग्लान गएकाहरु पनि फर्कने कुरा आयो । एउटा ठूलो विनास र विपद्ले नयाँ अवसरहरु पनि दिने छ । पुराना घरहरु त भत्किन खोजे । ती घरहरुलाई कसरी हुन्छ बलियो बनाउनुपर्छ । आफैं जन्मेको घरलाई नै राम्रो बनाउनुपर्छ । आशा सबैले गर्न थाले ।

Hardik health

लामो पाटो भत्किएको कुरुप थियो । त्यही पाटोको दायाँ कुनामा भक्ते काकाको घर हेर्न नहुने थियो । दक्षिणतर्फ रहेको रामे काकाको घरको पनि उस्तै बिजोक ! घरको एउटा पाटो नै स्वाहा भएको । न टाल्न मिल्ने न थपथाप गर्न मिल्ने ! पूरै भत्काएर बनाउनुपर्ने अवस्थामा पुगेको थियो । तर पनि रामे काका र भक्ते काका दुवैले हार भने खाएका थिएनन् । 

भदौरे बाढीले धेरैको मन रुवाएर गयो । घरबारविहीन बनाइदियो । कसैको काख रित्यायो, कसैको के अंगभंग बनाइदियो । दुःखी र बेसहारा बनायो त्यो भदौरे भेलले । दसैं आयो, तिहार गयो । तर भदौरे भेलको पीडामा बसेकाहरुलाई कसैले पनि वास्तै गरेनन् !
हुन त जसलाई पर्छ उसैले भोग्ने हो । अरुले त कठैबरा भन्नेबाहेक के नै पो गर्छ र भन्ने कुरा भदौरे भेलको बाढी भोग्नेलाई नै थाहा होला । 

लामो पाटो बन्छ भन्ने छोराछोरी नातिनातिनाको आशा निराशा त्यस बेला हुन थाल्यो । जुनबेला काका, ठूलो बा, माइला बा, हजुरबाहरुले बोलेको कुरालाई नै फेर्न थाले । हिजोसम्म बाढीले तर्साएको थियो । अब उनीहरु नै बाढीलाई तर्साउँछु भन्न थाले । त्यो कुरा भक्ते काकालाई मन परेन । उनले भने, ‘मेरो सारा चीज छियाछिया परेको छ । बाढीले भताभुंग बनाएको छ । त्यो बाढीले जे गरे पनि अब त बाढी नआउनेगरी पाटो सम्याउनुपर्छ ।’ 

भक्तेका कुरा ठूलाबा सुन्ने चाहँदैनथे । किनकि, उनी सधैं आफ्नो कुरालाई मात्र माथि पार्न खोज्ने । बालहठजस्तै गरिबस्थे । जेठोबाठो भएर सानालाई सम्हाल्ने होइन, उल्टै भाइभतिजाका सबै कुम्ल्याउने नभएर छिमेकीको हातमा सुम्पन्न खोज्ने लेण्डुप थिए ।  अहिले होइन, पहिलेदेखि नै उनको छिमेकीसँग उठबस राम्रो थियो । ठूलाबाका कुरा सुनेर अरु खासै बोल्दैनथे । किनकि, अलि बुझक्कड उनै छन् । समय आएपछि उनले सबैलाई समान नै गर्लान् भन्ने ठानेका थिए अरु पलायन भएका भाइहसमेतले ।

तर ती सबैका आशा निराशामा बदलिन थाल्यो । ठूलोबाको भनाइ र गराई छोरा र नाति पुस्तालाई पटक्कै मन परेको थिएन । किनकि, भदौरे बाढी आउनुअघि नै उनीहरुले मुहान खोलाको बहावलाई राम्रै छेकवार गरौं भनेका थिए । तर उनको हठ यस्तो थियो कि बाढीपहिरो सबै मै ठीक पार्छु जस्तो थियो । तर उनले सकेनन् ।

छोरानातिहरुको कुरा सुन्न नखोज्दा उनले आफ्नो बारीको पाटो नै गुमाउनुपर्‍यो । त्यतिमात्र कहाँ हो र ? बाढीले घरको पिँढी नै बगाइदिएपछि अर्काकै सहारामा ज्यान सुरक्षित बनाउने अवस्था पनि आइलाग्यो । भक्ते काका त बाढीभित्रै परेर धन्न ज्यान पो जोगाए । त्यही भएर भक्ते काका ठूलोबाको भनाइ मान्न तयार छैनन् । एकातिर भक्ते काका ठूलोबाको कुरा मान्न तयार छैनन् अर्कोतिर ठूलोबा जसरी हुन्छ आफ्नोबाहेक अरुको कुरा नै सुन्दैनन् । उनले बोलेको त ढुंगाकै अक्षरजस्तो गर्छन् ।

तर विडम्बना, हजुरबा बितेपछिको केही महिनामा नै लामोपाटो खान खोज्नेहरु धेरै नै थिए । घरभित्रकै दाजुभाइ पनि आफूले नसक्ने भएपछि छिमेकीलाई त्यति राम्रो मिलेको पाटो बेच्ने तरखर गर्दै पनि थिए । अहिले पो पोल खुल्दै छ । हिजो लामो पाटो छिमेकीलाई प्लटिङ बनाएर बेच्न दिन खोज्नेहरु त उनीहरुसँग नै उठबस र खानपानमै मस्त भइसकेका रैछन् !

घरभित्रै लेण्डुप भएपछि कसको के लाग्दो रैछन् र ? जति नै गोप्य कुरा भए पनि लेण्डुपहरुले छिनका छिनमै छिमेकीलाई पु¥याउने अनि उसले नखेले कसले खेल्छ त ? उसले त पहिलेदेखि नै खेल्दै आएको रहेछ । त्यही भएर मुहान खोलाको पानीको बहावलाई पुरानै मार्गमा जान नदिएर ठाउँ-ठाउँमा मिच्न सिकाएको रहेछ ।

कहिले कुन नातिलाई, कहिले कुन छोरालाई, कहिले कुन नातिनीलाई आफ्नो प्रभावमा पारेर मुहान खोलाको बहावमार्गलाई अवरोध गर्न नजानिँदो किसिमले सिकाएका रेछन् र पो भदौरे भेल सर्लक्कै आएर लामो पाटो नै खर्लप्पै पारिदिएको छ ! अब यी ठूलोबा, माइला बा, भक्ते काका, माइल्याँहरुले सधैं आपूmलाई शेर सम्झेर बस्ने तर लेण्डुपको काम गर्दै कहिले कता भत्काउने कहिले कता किनार लगाउने गरेपछि भदौरे बाढीले पनि आफ्नो रुप त देखाइदियो । यत्ति हुँदा पनि अझै यी घरभित्रका लेण्डुपहरुको चेत खुलेन भने रामराम भन्नुबाहेक के नै पो गर्न सकिएला र ?
 


प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP