Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २६, २०८२
Energy Drink Energy Drink
  • गणतन्त्र सुदृढीकरण गर्न पुष्पकमल दाहालको सरकारमा किन गएको ?
  • संघीयताको विरोध गर्ने तर प्रदेश सभामुख र उपसभामुख बनाएर राप्रपाको छवि किन बिगारेको ?
  • राजसंस्था र हिन्दुअधिराज्य पुनस्र्थापनाको आन्दोलन किन तुहाएको ?
  • विधान मिचेर किन नेताहरूमाथि कारबाही गरेको ?
  • केन्द्रीय समिति बैठकका किन राजनीतिक प्रतिवेदन पेस नगरेको ?

काठमाडौं- राजसंस्थापक्षधर ठूलो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई गैरदरबारीया राजेन्द्र लिङ्देनले चार वर्ष हाँके । पार्टीको ३५ वर्षे जीवनमा उनी गैरखस-आर्य समुदायका पहिलो अध्यक्ष हुन् । उनै लिङ्देनको कार्यकाल राजनीतिक दृष्टिले असफल भएको टिप्पणी राप्रपामा हुन थालेको छ । 

लिङ्देन अध्यक्ष भएको २०७८ को मंसिरमा हो । उनीमाथि राजसंस्था र हिन्दुराष्ट्रपक्षधरले दिएका दुई कार्यभार थियो । पहिलो, अन्तिम राजा ज्ञानेन्द्रलाई नागार्जुनदेखि ल्याएर नारायणहिटी प्रवेश गराउनुपर्ने । दोस्रो, देशलाई फेरि हिन्दुअधिराज्य घोषणा गराउनुपर्ने ।

राजनीतिशास्त्रीहरूको विचारमा ज्ञानेन्द्रलाई नारायणहिटी प्रवेश गराउन राजनीतिक व्यवस्था उल्टिएकै हुनुपर्छ । त्यो भनेको गणतन्त्र फ्याँक्नैपर्छ । संघीयता मास्नैपर्छ । संवैधानिक राजसंस्थाको पुनस्र्थापना हुनुपर्छ । त्यसका लागि दलहरू र ज्ञानेन्द्रबीच राप्रपाकै शब्दमा भन्दा नवीन समझदारी हुनुपर्छ । त्यो व्यवस्था परिवर्तनको शान्तिपूर्ण मार्ग हो । वैकल्पिक मार्ग भनेको सडकबाट गणतन्त्रपक्षधर शक्तिहरूलाई घुँडा टेकाउनु हो । यसो हुँदा ज्ञानेन्द्रको नारायणहिटी प्रवेश सम्भव हुन्छ । अर्थात् कुनैबेला स्पेन, फ्रान्स र बेलायतमा जसरी नेपालमा राजसंस्था फर्किन्छ ।

दोस्रो कार्यभार पूरा गर्न पनि उल्लिखित मार्ग नै आवश्यक हुन्छ । त्यसबाहेक भूराजनीतिक स्वार्थको सम्बोधन अनिवार्य मानिन्छ । 
राप्रपाको संस्थापनइतर पक्षका अनुसार लिङ्देन यी कार्यभारहरू पूरा गर्न अक्षम भए । जारी केन्द्रीय समिति बैठकमा उनी यिनै विषयलाई लिएर आलोचनाको केन्द्रमा छन् । संवैधानिक राजसंस्था र हिन्दुअधिराज्य पुनस्र्थापना खातिर शक्तिशाली आन्दोलन किन भएन ? उनलाई हायलकायल पार्ने यो प्रश्न इतरपक्षबाट लगातारजसो सोधिन्छ । 

Ncell
Hardik health

लिङ्देनलाई सबैभन्दा भारी लाग्ने प्रश्न हो- पार्टीको मूल नीतिविपरीत गणतन्त्र सुदृढीकरण गर्न पुष्पकमल दाहालको सरकारमा किन गएको ? पार्टी केन्द्रीय कार्यसम्पादन समिति सदस्य जनकराज पाठकका अनुसार तीन वर्षसम्म पनि लिङ्देनले पार्टीपंक्तिलाई चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । उनी ३ माघ २०७९ मा दाहाल सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री भएका थिए । त्यसबेला उनले भनेका थिए, ‘अग्निपरीक्षामा होमिने निर्णय गरेँ ।’

गणतन्त्रवादी नेता दाहालको सरकारमा राजतन्त्रवादी नेता लिङ्देनको सत्तारोहण प्राकृतिक थिएन । कारण, दुवै नेता परस्परविरोधी एजेन्डाधारी हुन् । त्यसो हुनाले दाहाल-लिङ्देन सत्तामिलन आश्चर्यजनक थियो । फेरि, त्यो राष्ट्रिय सहमतिको सरकार थिएन । यद्यपि, लिङ्देन जनादेशविपरीत सत्तामा पुगे जसबारे उनी अनुत्तरित छन् ।

बोलीमा लिङ्देन संघीयताको खरो विरोधी नेता हुन् । व्यवहारमा भने त्यस्तो देखिएन । बागमती र कोशीमा सभामुख तथा लुम्बिनीमा उपसभामुख बनाए । उनीहरू सम्मिलित पोखरा भेलाले २०८० तिर संघीयताको सबलीकरण गर्न केन्द्र सरकारलाई आवश्यक कानुन छिटो निर्माण गर्न दबाब दियो । अर्कातिर, राप्रपाबाट प्रदेश खारेजीको प्रस्ताव देशको कुनै प्रदेशसभामा पेस भएन । त्यसैले राप्रपाको इतर समूहका नेताहरू हरेक बैठकमा सोध्छन्- ‘राप्रपाको छवि बिगार्ने यी काम किन जारी राखेको ?’

राप्रपाको चार वर्षे नेतृत्वकालमा लिङ्देन जवाफविहीन अर्को सवाल हो - ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा किन अघि सारियो ?’ लिङ्देनलाई बिहीबार यो प्रश्न केन्द्रीय सदस्य सुरेश आचार्यले सोधे । उनले भने, ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वामपन्थी विचाराधाराअनुसारको प्रणाली हो । के हाम्रो पार्टीलाई त्यता लान खोजिएको हो । महाधिवेशनको म्यान्डेटमा विचलन हो ?’

खासमा राप्रपाको मूल आदर्श राजा राष्ट्रप्रमुख रहने संसदीय व्यवस्था हो । त्यसविपरीत लिङ्देन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पक्षधर बनेका छन् । यस्तो एजेन्डा उठाउनुमा उनलाई राजसंस्थापक्षधरहरूले पछिल्ला दिनमा संशयपूर्वक हेरेका छन् ।  यति मात्र होइन, लिङ्देनलाई राजसंस्था र हिन्दुअधिराज्य पुनस्र्थापनाको आन्दोलनलाई तुहाएको आरोप छ । भनिन्छ, २७ चैत २०८० मा काठमाडौंमा एकदिन प्रदर्शन गरेर आन्दोलन कमजोर बनाए । केन्द्रीय समितिको निर्णय अवज्ञा हुनेगरी सबै राजसंस्थापक्षधर मिलेको संयुक्त जनआन्दोलन समितिलाई असहयोग गरे । गत १८ जेठमा उनकै निर्देशनमा उपत्यका बन्द घोषणा भएको तर राति बन्दमा सहभागी नहुने भन्दै एक्लै वक्तव्य निकालेर आन्दोलन धरापमा पारेको अर्को आरोपको सामना लिङ्देनले गर्नुपरेको छ । 

विधिमा पार्टी सञ्चालन गर्ने भन्ने लिङ्देन पार्टी विधान मिचेको आरोपबाट मुक्त हुन सकेनन् । आफ्नो कार्यशैलीप्रति प्रश्न गर्नेहरूप्रति उनी असहिष्णु बनेको टिप्पणी हुँदै आएको छ । हुन पनि प्राणघातक क्यान्सरको उपचाररत छँदा महामन्त्री डा. धवलशम्शेर जबरालाई उनले संगठन विभाग प्रमुखबाट हटाइदिए । वरिष्ठ नेता नवराज सुवेदी, उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुनसुन्दर लावती, नेता धनसुर शाहीलगायतमाथि कारबाहीको डन्डा चलाए ।

लिङ्देनमाथि कारबाही फुकुवा गर्न बैठकमा धेरै नेताले दबाब दिए । पार्टीको सहायक महामन्त्री प्रवीन थोकर, केन्द्रीय सदस्यहरू गोपाल पौडेल, रमा गुरुङ तथा बागमती अध्यक्ष विक्रम थापाले नेताहरूमाथिको कारबाही फुकुवा गर्न माग गरेका थिए । 
अध्यक्ष लिङ्देन आलोचित हुनुको अर्को कारण लगातार केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस नगर्दाले पनि हो । जारी बैठकमा उनले राजनीतिक प्रतिवेदन पेस गरेनन् । यसअघि गत माघको दोस्रो साता बसेको बैठकमा पनि उनले राजनीतिक प्रतिवेदन पेस गरेका थिएनन् । 

पदाधिकारीले नै गरे बैठक बहिस्कार 

राप्रपाको केन्द्रीय समिति बैठक वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर जबराले बहिस्कार गरेका छन् । उपाध्यक्षबाट हटाइएका नेता मुकुन्दश्याम गिरी, वरिष्ठ नेता हरिबहादुर बस्नेत, प्रवक्ताबाट हटाइएका नेता सगुनसुन्दर लावती पनि बैठकमा गएनन् । 

मिश्र तत्कालीन विवेकशील साझाबाट एउटा टिमसहित तीन वर्षअघि राप्रपामा समाहित भएका नेता हुन् । तर, निर्वाचन आयोगमा पेस गरिएको राप्रपाको विवरणमा उनी वरिष्ठ उपाध्यक्ष भएको अद्यावधिक छैन । यसलाई लिएर गत वर्षको माघमा बसेको बैठकमा उपाध्यक्ष विक्रम पाण्डेले लिङ्देनलाई सोधेका थिए, रवीन्द्र मिश्रहरूलाई किन सुकुम्बासी बनाएको ?’

नेताहरू गिरी, जबरा, बस्नेत र लावती भने अध्यक्ष लिङ्देनले जिम्मेवारी खोस्ने र हटाउने कार्य गरेपछि असन्तुष्ट छन् । सोही कारण बैठकमा सहभागी नभएको एक नेताले बताए । तर, बैठकमा केन्द्रीय सदस्य गोपाल पौडेलले अध्यक्ष लिङ्देनलाई भने, ‘बैठकमा पदाधिकारी नेताहरू नै आएनन् । किन यस्तो भयो ? तपाईंले पार्टीलाई एकताबद्ध गरेर लान सक्नुभएन ।’
राप्रपा बैठक आज सकिँदै छ । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो सोमबार, असोज ५, २०८३
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव सोमबार, असोज ५, २०८३
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सोमबार, असोज ५, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज ५, २०८३
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन आइतबार, असोज ४, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP