Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
सम्पदा, पर्यटन र रोजगारी केन्द्रित भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १४, २०८२

भक्तपुर -   नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । सोमबार मध्यपुर थिमि–२ स्थित दुईपोखरीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले सम्पदा संरक्षणदेखि रोजगारी सिर्जना र सुशासन,  क्षेत्र विकास र जनसुविधा केन्द्रित रणनीति प्रस्तुत गरेका हुन्  । 

उनले मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रिय बजारसम्म प्रभावकारी रूपमा पुर्‍याउन नसकिएको स्वीकार गर्दै अब पर्यटनमैत्री पूर्वाधार विकास, व्यवस्थित प्रचारप्रसार र निजी क्षेत्रसँग सहकार्य गरेर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने नीति अघि सारेका छन् ।

स्थानीय उत्पादन, हस्तकला र होमस्टेसँग पर्यटनलाई जोडेर रोजगार र आयआर्जन विस्तार गर्ने योजना पनि उनले प्रस्तुत गरे विशेष रूपमा स्थानीय पहिचान बोकेको ‘ऐला’लाई ब्रान्डका रूपमा विकास गरी परम्परागत घरेलु उत्पादनलाई उद्योगमा रूपान्तरण गर्दै दीर्घकालीन रूपमा विदेशी बजारमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनले बताए ।

Hardik health

कृषि क्षेत्रमा पनि पर्यटनसँग समन्वय गर्दै तरकारी उत्पादनका पुराना केन्द्र पुनर्जीवित गर्ने प्रतिबद्धता व्यक्त गर्दै किसानलाई तालिम, आधुनिक प्रविधि, शीत भण्डारण र बजार सुनिश्चिततामार्फत सशक्त बनाइने स्पष्ट पारे। यसले ग्रामीण अर्थतन्त्र बलियो बनाउने मात्र होइन, युवा वर्गलाई पनि कृषि र पर्यटन क्षेत्रमा रोजगारीका अवसर दिने उनकाे भनाई छ।

युवा र विद्यार्थी लक्षित कार्यक्रममा सूचना प्रविधिमैत्री वातावरण निर्माण, स्टार्टअप र आईटी हब स्थापना, सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार तथा सीपमूलक तालिममार्फत रोजगार र स्वरोजगारका अवसर सिर्जना गरिने योजना पनि उनले घोषणा गरे । 

स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत सेवा उपलब्ध गराउने, नगर अस्पतालको स्तरोन्नति र भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गर्नु भयो। नसर्ने रोगको नियमित परीक्षण, बीमा योजनाको प्रभावकारी कार्यान्वयन, खेलकुद पूर्वाधार विकास र खेलाडी प्रोत्साहन कार्यक्रम सञ्चालन हुने योजना पनि उनले प्रस्तुत गरे ।

उनले अव्यावहारिक सपना नदेखाइ सहज खानेपानी, समयमै चल्ने सार्वजनिक यातायात, सडक सरसफाइ, हरियाली विस्तार र स्वच्छ वातावरण निर्माणलाई व्यावहारिक लक्ष्यका रूपमा अघि सारेका छन्। सुशासनलाई मूल आधार मान्दै प्रशासनिक ढिलासुस्ती अन्त्य, भ्रष्टाचार नियन्त्रण, पारदर्शी सेवा प्रवाह, प्रभावकारी गुनासो सुनुवाइ संयन्त्र स्थापना, भूमि व्यवस्थासम्बन्धी सेवा स्थानीय तह मातहत ल्याउने पहल र स्थानीय अदालत स्थापनाको योजना पनि उनको घोषणापत्रमा समावेश छ।

भयमुक्त समाज निर्माण, गुण्डागर्दी नियन्त्रण र राजनीतिक विभेद अन्त्य गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै “जनप्रतिनिधि जनताको सेवक हो” भन्ने मान्यतालाई व्यवहारमा उतार्ने दाबी उजले गरे।पत्रकार सम्मेलनमा नेकपाका समानुपातिक उम्मेदवार दिलिप प्रजापति ‘भीष्म’, बागमती प्रदेश सरकारका पूर्वमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, पार्टी नेता श्याम बस्नेतलगायतको उपस्थिति रहेको थियो। भक्तपुर–२ मा विभिन्न दल र स्वतन्त्र गरी ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।


प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १२:२८
#दीपशिखा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP