Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
रोजगारीका अवसर र कामदारको सुरक्षाको विषयमा छलफल हुने ‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ११, २०८२

काठमाडौं- ‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन, २०२६’ मा रोजगारीका अवसर र कामदारको सुरक्षाको विषयमा छलफल हुने भएको छ । जापानको राजधानी टोकियोमा भोलि (मंगलबार) आयोजना हुने सम्मेलनमा उक्त विषयमा छलफल हुने जनाइएको छ ।
कार्यक्रममा सहभागी हुन नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले र एक जना सहसचिव गत शुक्रबार नै जापान प्रस्थान गरिसकेको मन्त्रालयले जानकारी दिएको छ । उक्त सम्मेलनमा भाग लिन ५० भन्दा बढी म्यानपावर व्यवसायीसमेत सहभागी हुँदै छन् ।

जापानकोे महानगरीय औद्योगिक व्यापार केन्द्रले हामामात्सुचो-कानमा आयोजना गरिने कार्यक्रमले दुई देशबीचको रोजगार सहकार्यलाई व्यवस्थित बनाउने जनाइएको छ । आयोजकका अनुसार कार्यक्रममा रोजगारीका अवसर, कानुनी प्रक्रिया, आवश्यक कागजात, सामाजिक सुरक्षा, तलब सुविधाजस्ता विषयमा छलफल गरिने छ । कार्यक्रममा नेपालबाट म्यानपावर व्यवसायी, तालिम केन्द्र, रोजगारदातालगायत सहभागी हुने छन् । सो कार्यक्रमलाई जापानका न्यायमन्त्री हिरोशी हिरागुचीले उद्घाटन गर्ने तय भएको छ ।

कार्यक्रममा सहभागी हुन नेपाल वैदेशिक रोजगार व्यवसायी संघबाट प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, महासचिव महेशकुमार बस्नेत, कोषाध्यक्ष धनु गुरुङ, सदस्यद्वय रेखा शर्मा र भरत सापकोटा जापान गएका छन् । व्यवसायीको तर्फबाट महासचिव बस्नेतले प्रतिनिधित्व गर्ने संघका सचिव कुन्छादोर्जे डिम्दोङले जानकारी दिए । नेपालीहरुको सुरक्षा र रोजगारीकै विषयमा छलफल केन्द्रित हुने उनले बताए । 

Hardik health

यो सम्मेलन जापानमा बसोवास गर्दै रोजगारी खोजिरहेका नेपालीहरुका लागिसमेत महŒवपूर्ण हुने बुझिएको छ । उनीहरुले सम्मेलनमार्फत आफ्नो ज्ञान, अवसर र रोजगारदातासँग सम्बन्ध विस्तार गर्न सक्ने भनिएको छ । कार्यक्रम मंगलबार बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म हुने छ । कार्यक्रमअन्तर्गत सेमिनार, परामर्श तथा नेटवर्किङजस्ता सेसनहरु हुने छन् जसका लागि निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था छ । सम्मेलनमा एक हजारभन्दा बढीको उपस्थिति हुने आयोजकले जनाएको छ ।

पछिल्लो समय जापानमा सीपयुक्त, प्राविधिक तथा व्यावसायिक कामदार जाने क्रम बढेको छ । जापानले १९ वटा क्षेत्रमा दक्ष विदेशी कामदार लग्दै आएको छ । जसअन्तर्गत नर्सिङ, व्यवस्थापन, मेसिन पाट्र्स, औद्योगिक मेसिनरी, निर्माण, अटोमोबाइल मर्मतसम्भार, कृषि, मत्स्यपालन, खाद्यपदार्थ उत्पादनलगायतका क्षेत्र रहेका छन् । यद्यपि, नेपालबाट भने आठवटा क्षेत्रको मात्र सीप परीक्षण गराउने प्रावधानले समस्या भएको व्यवसायीले बताउँदै आएका छन् ।

जापानको रोजगारी आकर्षक भएको र माग पनि राम्रो आइरहे पनि व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरुको संख्या नियन्त्रण नहुँदा समस्या देखिएको संघका सचिव डिम्दोङको भनाइ छ । यसका लागि सरकारले आवश्यक कदम चाल्न ढिला गर्न नहुने उनले बताए । ‘जापानको काम त भइरहेको छ तर व्यक्तिगतरुपमा जानेहरु घटेको छैन । गैरव्यवसायीले काम गर्न रोक्नुपर्छ । हामीलाई इजाजत दिएपछि जिम्मेवारी बहन गर्न पनि दिनप¥यो नि,’ उनले भने, ‘नेपाल सरकारले संस्थागतरुपमा पठाउने विषयलाई प्राथमिकतामा नराखेको पाइन्छ । यसबाट बिचौलियाले फाइदा लिइरहेको छ ।’

जापानले सन् २०१९ बाट ‘स्पेसिफाइड स्किल्ड वर्कर्स’ (एसएसडब्ल्यू) अन्तर्गत कामदार लग्दै आएको छ । यसरी जाने कामदारले महिनामा दुई लाखभन्दा बढी कमाउन सक्छन् । गत आव २०८१÷८२ मा २३ हजार ७१ युवा श्रम स्वीकृति लिएर जापान गएका थिए । जसमा एक हजार ५८१ जना म्यानपावर र १७ हजार १६३ जना व्यक्तिगत माध्यमबाट गएका थिए । त्यस्तै २०८०/८१ मा १३ हजार ८६४ जना जापान गएको तथ्यांक छ । जसमा एक हजार २०१ जना संस्थागत र नौ हजार २९९ जना व्यक्तिगत श्रम स्वीकृतिमा गएका थिए ।
 


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी बुधबार, साउन २०, २०८३
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP