Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
विचार
  • Home
  • विचार
  • नागपञ्चमी एक, आख्यान महिमा अनेक
नागपञ्चमी एक, आख्यान महिमा अनेक
पदम श्रेष्ठ
पदम श्रेष्ठ बुधबार, साउन १४, २०८२

नागपञ्चमीका दिन घरको मूलढोकामा नागको चित्र टाँसेर श्रद्धाभक्तिपूर्वक पूजा गरियो । नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यका पानीको दहका रूपमा रहेको बेला यहाँ नागवंशको राज्य रहेको र उपत्यकाको पानी चोभार ह्रासिकापबाट छेदन गरी बाहिर पठाउँदा मञ्जुश्रीले नागवंशको सम्मानार्थ टौदह र ललितपुरको धापाखेलमा सम्मानका साथ स्थान सुरक्षित गराएको आख्यान पाइन्छ । यस्तै आख्यानमध्ये भक्तपुरको सिद्धपोखरी पनि नागवंशीबारे महिमा भएको पोखरी मानिन्छ । यही आख्यानलाई आत्मसात् गर्दै उपत्यकाका विभिन्न नागस्थानहरु सुन्धारा, शोभा भगवतीस्थित भाटाखुसी, नक्साल नागपोखरीलगायत पानीका मूल, इनार, कुवा, हिटीहरुमा सफाइ पूजा गरी मनाइने परम्परा रहेको छ भने मेला भर्न जाने पनि गरिन्छ । यसरी मेला नै भर्न जाने नागस्थानहरु निम्नलिखित पोखरी तलाउहरु रहेका पाइन्छन् ।

उपत्यकाका विभिन्न नागस्थानहरु सुन्धारा, शोभा भगवतीस्थित भाटाखुसी, नक्साल नागपोखरीलगायत पानीका मूल, इनार, कुवा, हिटीहरुमा सफाइ पूजा गरी मनाइने परम्परा रहेको छ भने मेला भर्न जाने पनि गरिन्छ । यसरी मेला नै भर्न जाने नागस्थानहरु निम्नलिखित पोखरी तलाउहरु रहेका पाइन्छन् ।

सिद्धपोखरी ठिमीले व्यापारी
नेपालका प्रथम मल्लवंशी राजा अरि मल्लको राज्यकालमा पानी नपरी ठूलो हाहाकार मच्चियो । एक दिन ठिमीले व्यापारी साथीका साथ बसिरहेकोबेला तान्त्रिकले सिद्धपोखरीका नागलाई अनेक हाउभाउ कटाक्ष प्रयोगगरी जिस्क्याउन थाले छन् । पोखरीभित्रको नागलाई रिसले सहिनसक्नु भएछ र चुनौती दिँदै पोखरीभित्र लड्न आग्रह गरे छन् । तान्त्रिक पनि के कम, व्यापारी साथीलाई मन्त्र गरेर एक मुठी चामल दिँदै म त्यो नागलाई मारेर फर्कन्छु, तिमीले यो चामलले मलाई हानिदिनु भन्दै पोखरीमा पसेछन् । युद्धपश्चात् पोखरीको नागलाई मारी बाहिर आउँदा त व्यापारी साथी डरले ठिमी घरतर्फ भाग्न थाले छन् । साथीले चामलले हानिदेला र म मानिस हुन पाउँला भनी तान्त्रिक नागपछि लागिरहे तर व्यापारी डराएर घरतर्फ भागे छन् । आफ्नो तन्त्र विद्याका कारण नागकै रूपमा सिद्धपोखरीमा नै बस्न थाले छन् । नागको डरले आज पनि ठिमीले सिद्धपोखरी नजाने कथन छ । नागपञ्चमीमा मेला लाग्छ ।

Hardik health

धापाखेल नागदह
१६ वर्षीया यौवनावस्थामा पनि कूरूप एक किराँतिनी पतिद्वारा त्यागिएकीले कुरूप शरीर जन्तुलाई खुवाउने मनशाय राखी जंगल प्रवेश गर्छिन् । हरिबोधनी एकादशीदेखि कात्तिक पूर्णिमासम्म पनि केही खान नपाएकी किराँतिनीलाई जंगली जन्तुले पनि नखाएपछि आत्महत्या गर्ने मनशाय राखी पुनः धापाखेल नागदहमा हामफाल्छिन् । तर, संयोग, एक किराँत युवक पनि सिकार खेल्दै आइरहेको बेला युवतीलाई देखेपछि दहबाट बचाएर बाहिर ल्याउँदा त कूरूप किराँतिनी धप्प बलेकी युवतीका रूपमा प्रकट भइछन् । युवतीले नयाँ रूप पाएकाले यही नागपञ्चमीमा यस दिन यहाँ ठूलो मेला लाग्छ । अर्को आख्यानुसार धापाखेलमा एक समय स्थानीय बासिन्दाका लागि भोजभतेर गर्न अवाश्यक भाँडाकुँडा लिने र सकिएपछि फर्काउने पोखरी थियो । तर एक दिन एक ज्यापूले लगेको भाँडाकुँडा फिर्ता नै नगरिदिएपछि भनिन्छ, नागनागिनीले भाँडाकुँडा नै दिन छाडिदिएछन् ।

चोभार टौदह र मञ्जुश्री  
मञ्जुश्रीले उपत्यकाको दह ह्रासिकाप चोभार छेदन गरी पानी बाहिर पठाइसकेपछि कर्कोटक नागराज जब रिसाएर बाहिर जान लागे तब अनर्थबाट जोगाउन आह्वान गरी नागवंशलाई टौदहमा व्यवस्थापन गराएको बताइन्छ । उनै नागराजाकी रानीको आँखा दुख्दा ललितपुर निवासी ज्यापूले दहसम्म पुगी रानीको आँखा दुख्ने रोग निको बनाइदिएको आख्यान पनि उपत्यकामा यत्रतत्र हालिन्छ । त्यसबाट खुसी भएका नागराजले दिएको नवरत्न जडित भोटो उपहार ज्यापूले खेतमा काम गर्दा आलीमा फुकालेर राख्दा ख्याकले भोटो चोरेर भागेछ ।

एकपल्ट आफ्नो भोटो लगाएका ख्याक र ज्यापूबीच घमासान युद्ध हुँदा रातो मच्छिन्द्रनाथले दुवैलाई प्रमाणसहित जसले भोटो लिन आउला उसैलाई रत्नजडित भोटो दिएर पठाउने बताएछन् । यही आख्यानमा प्राप्त भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथारोहण हुँदा जावलाखेलमा सार्वजनिक गरिन्छ । नागपञ्चमीका दिन चोभारको टौदहमा विशेष पूजा र मेला लाग्दछ । 
 


प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप विचार
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व सोमबार, चैत २, २०८२
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय आइतबार, चैत १, २०८२
बोध प्राप्तिको माध्यम ध्यान साधना 
बोध प्राप्तिको माध्यम ध्यान साधना  शुक्रबार, फागुन २९, २०८२
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव बिहीबार, फागुन २८, २०८२
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा बुधबार, फागुन २७, २०८२
टिङरिङ टिङरिङ ट्वाङ... !
टिङरिङ टिङरिङ ट्वाङ... ! मंगलबार, फागुन २६, २०८२
पर्यटनमार्फत नेपालको समृद्धि
पर्यटनमार्फत नेपालको समृद्धि मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP