नागपञ्चमीका दिन घरको मूलढोकामा नागको चित्र टाँसेर श्रद्धाभक्तिपूर्वक पूजा गरियो । नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यका पानीको दहका रूपमा रहेको बेला यहाँ नागवंशको राज्य रहेको र उपत्यकाको पानी चोभार ह्रासिकापबाट छेदन गरी बाहिर पठाउँदा मञ्जुश्रीले नागवंशको सम्मानार्थ टौदह र ललितपुरको धापाखेलमा सम्मानका साथ स्थान सुरक्षित गराएको आख्यान पाइन्छ । यस्तै आख्यानमध्ये भक्तपुरको सिद्धपोखरी पनि नागवंशीबारे महिमा भएको पोखरी मानिन्छ । यही आख्यानलाई आत्मसात् गर्दै उपत्यकाका विभिन्न नागस्थानहरु सुन्धारा, शोभा भगवतीस्थित भाटाखुसी, नक्साल नागपोखरीलगायत पानीका मूल, इनार, कुवा, हिटीहरुमा सफाइ पूजा गरी मनाइने परम्परा रहेको छ भने मेला भर्न जाने पनि गरिन्छ । यसरी मेला नै भर्न जाने नागस्थानहरु निम्नलिखित पोखरी तलाउहरु रहेका पाइन्छन् ।
उपत्यकाका विभिन्न नागस्थानहरु सुन्धारा, शोभा भगवतीस्थित भाटाखुसी, नक्साल नागपोखरीलगायत पानीका मूल, इनार, कुवा, हिटीहरुमा सफाइ पूजा गरी मनाइने परम्परा रहेको छ भने मेला भर्न जाने पनि गरिन्छ । यसरी मेला नै भर्न जाने नागस्थानहरु निम्नलिखित पोखरी तलाउहरु रहेका पाइन्छन् ।
सिद्धपोखरी ठिमीले व्यापारी
नेपालका प्रथम मल्लवंशी राजा अरि मल्लको राज्यकालमा पानी नपरी ठूलो हाहाकार मच्चियो । एक दिन ठिमीले व्यापारी साथीका साथ बसिरहेकोबेला तान्त्रिकले सिद्धपोखरीका नागलाई अनेक हाउभाउ कटाक्ष प्रयोगगरी जिस्क्याउन थाले छन् । पोखरीभित्रको नागलाई रिसले सहिनसक्नु भएछ र चुनौती दिँदै पोखरीभित्र लड्न आग्रह गरे छन् । तान्त्रिक पनि के कम, व्यापारी साथीलाई मन्त्र गरेर एक मुठी चामल दिँदै म त्यो नागलाई मारेर फर्कन्छु, तिमीले यो चामलले मलाई हानिदिनु भन्दै पोखरीमा पसेछन् । युद्धपश्चात् पोखरीको नागलाई मारी बाहिर आउँदा त व्यापारी साथी डरले ठिमी घरतर्फ भाग्न थाले छन् । साथीले चामलले हानिदेला र म मानिस हुन पाउँला भनी तान्त्रिक नागपछि लागिरहे तर व्यापारी डराएर घरतर्फ भागे छन् । आफ्नो तन्त्र विद्याका कारण नागकै रूपमा सिद्धपोखरीमा नै बस्न थाले छन् । नागको डरले आज पनि ठिमीले सिद्धपोखरी नजाने कथन छ । नागपञ्चमीमा मेला लाग्छ ।
धापाखेल नागदह
१६ वर्षीया यौवनावस्थामा पनि कूरूप एक किराँतिनी पतिद्वारा त्यागिएकीले कुरूप शरीर जन्तुलाई खुवाउने मनशाय राखी जंगल प्रवेश गर्छिन् । हरिबोधनी एकादशीदेखि कात्तिक पूर्णिमासम्म पनि केही खान नपाएकी किराँतिनीलाई जंगली जन्तुले पनि नखाएपछि आत्महत्या गर्ने मनशाय राखी पुनः धापाखेल नागदहमा हामफाल्छिन् । तर, संयोग, एक किराँत युवक पनि सिकार खेल्दै आइरहेको बेला युवतीलाई देखेपछि दहबाट बचाएर बाहिर ल्याउँदा त कूरूप किराँतिनी धप्प बलेकी युवतीका रूपमा प्रकट भइछन् । युवतीले नयाँ रूप पाएकाले यही नागपञ्चमीमा यस दिन यहाँ ठूलो मेला लाग्छ । अर्को आख्यानुसार धापाखेलमा एक समय स्थानीय बासिन्दाका लागि भोजभतेर गर्न अवाश्यक भाँडाकुँडा लिने र सकिएपछि फर्काउने पोखरी थियो । तर एक दिन एक ज्यापूले लगेको भाँडाकुँडा फिर्ता नै नगरिदिएपछि भनिन्छ, नागनागिनीले भाँडाकुँडा नै दिन छाडिदिएछन् ।
चोभार टौदह र मञ्जुश्री
मञ्जुश्रीले उपत्यकाको दह ह्रासिकाप चोभार छेदन गरी पानी बाहिर पठाइसकेपछि कर्कोटक नागराज जब रिसाएर बाहिर जान लागे तब अनर्थबाट जोगाउन आह्वान गरी नागवंशलाई टौदहमा व्यवस्थापन गराएको बताइन्छ । उनै नागराजाकी रानीको आँखा दुख्दा ललितपुर निवासी ज्यापूले दहसम्म पुगी रानीको आँखा दुख्ने रोग निको बनाइदिएको आख्यान पनि उपत्यकामा यत्रतत्र हालिन्छ । त्यसबाट खुसी भएका नागराजले दिएको नवरत्न जडित भोटो उपहार ज्यापूले खेतमा काम गर्दा आलीमा फुकालेर राख्दा ख्याकले भोटो चोरेर भागेछ ।
एकपल्ट आफ्नो भोटो लगाएका ख्याक र ज्यापूबीच घमासान युद्ध हुँदा रातो मच्छिन्द्रनाथले दुवैलाई प्रमाणसहित जसले भोटो लिन आउला उसैलाई रत्नजडित भोटो दिएर पठाउने बताएछन् । यही आख्यानमा प्राप्त भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथारोहण हुँदा जावलाखेलमा सार्वजनिक गरिन्छ । नागपञ्चमीका दिन चोभारको टौदहमा विशेष पूजा र मेला लाग्दछ ।