Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • स्रोतको पहिचान र बाँडफाँट न्यायोचित होस्
स्रोतको पहिचान र बाँडफाँट न्यायोचित होस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १२, २०८२

संघीयता आएसँगै सरकारले संविधानमै यसलाई प्रभावकारी कार्यान्वयनका लागि विभिन्न आयोगको व्यवस्था गरेको छ । त्यसमध्येको एक हो– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार परिकल्पना गर्दै अभ्यासमा पनि ल्याइसकेको छ । संविधानको धारा २५१(१) को ‘ज’ ले प्राकृतिक स्रोत परिचालन गर्दा लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने अधिकार आयोगलाई दिएको छ । 

प्राकृतिक स्रोत बाँडफाँटसम्बन्धी विषयमा तीन तहको सरकारबीच उठ्न सक्ने सम्भावित विवादको विषयमा समन्वयात्मक भूमिका खेल्ने काम आयोगको हो । तर यो आयोगले भने बजेट विनियोजनका क्रममा यस्तो भूमिका निभाउन नसकेको आरोप लागेको छ । अधिकांश जनसंख्या भएको तराई क्षेत्रमा विकास बजेट निकै कम गएको भन्दै विरोधको स्वर उठेको छ । 

भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश विगत २०६८ सालको तुलनामा २०७८ मा ३.३९ प्रतिशतले वृद्धि भएको देखिएको छ । २०६८ सालको जनगणनामा तराईमा कूल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । २०६८ मा एक करोड ३३ लाख १८ हजार जनसंख्या रहेको तराईमा २०७८ मा एक करोड ५६ लाख ६५ हजार पुगेको छ । २०७८ को जनगणनाअनुसार दुई करोड ९१ लाख ९२ हजार ४८० जनसंख्या रहेको छ ।

Hardik health

पछिल्ला दिनमा तराईमा बसाइँ सर्नेको संख्या झनै बढ्दो छ । यसअनुसार वित्त आयोगले स्रोत बाँडफाँटमा ध्यान दिनुपर्ने हो । यसपटक सरकारले चामलमा आत्मनिर्भर हुने कार्यक्रमसमेत अघि सारे पनि मधेस क्षेत्रमा भने सुक्खा लागेको छ । जसकारण ८० प्रतिशत भूभागमा धान रोप्न सकेको छैन । यस्तो अवस्थामा वित्त आयोगले न्यायोचित स्रोत बाँडफाँड गरेको भए आफैले यो संकटको समाधान निकाल्न सक्ने थियो ।

तर यस्तो हुन नसक्दा अहिले तराई–मधेस क्षेत्रमा सरकारले संकटकाल घोषणा गर्नुपरेको छ । जलस्रोतमा धनी देश भनेर प्रचार गरिए पनि अहिले मधेसमा सुक्खा लागेको छ । डिप बोरिङबाटसमेत पानी आउन छाडेपछि किसान चिन्तित बनेका छन् । यस्तो हुँदा पनि सरकारले मधेस क्षेत्रमा राहत उपलब्ध गराउन सकेको छैन । यस्तो अवस्थामा सरकारले वैज्ञानिकरुपमा स्रोतको तथ्यांक राखेर न्यायोचित सदुपयोगका लागि आवश्यक कदम शीघ्र सञ्चालन गर्नुपर्छ ।
 


प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP