Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
आकर्षक रोजगारीको प्रलोभनमा नपर्न विभागको आग्रह वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ३२, २०८२

काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा नाममा व्यक्तिगत ठगीका घटना बढेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता घटनाप्रति सजगता अपनाउन आग्रह गरेको छ । 

विभागका अनुसार ठगीमा संलग्नहरुले सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा पार्ने गरेका छन् । यस्ता गतिविधिमा संलग्नहरुले आकर्षक सेवा सुविधा भएका युरोपेली मुलुक, कोरियालगायत देशमा रोजगारीका लागि पठाउने आश्वासन दिने गरेका छन् ।

‘हालका दिनहरुमा फेसबुक, टिकटक, भाइबर, युट्युब तथा ह्वाट्सएपलगायतका सामाजिक सञ्जालहरुमा वैदेशिक रोजगारीमा पठाइदिने भनी विभिन्न प्रलोभनसहितका विज्ञापन गर्ने, राम्रा र आकर्षक सुविधा भएको देशमा पठाइदिने भन्ने आश्वासन दिने, पैसा उठाउने तथा पासपोर्ट संकलन गरेर दुःख दिने, साथै ई–७ भिसामार्फत कोरिया पठाइदिन्छु भनी गैरकानुनी गतिविधि गरेको भन्ने सुनिन आएकोले सो विषयमा यस विभागको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० मा इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था छ । सरकारले रोजगारीका लागि खुला गरेका मुलुकमामात्र श्रमिक पठाउन पाइन्छ । तर कानुनी प्रावधानविपरीत श्रम स्वीकृति नै नलिई अर्को मुलुकको विमानस्थल प्रयोग गर्ने, गलत सूचना प्रवाह गर्दै भ्रम सिर्जना गरेर विदेश पठाउने गरेको पाइएको छ । यस्तो कार्य गैरकानुनी भएको र यसरी वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरु विभिन्न जोखिममा पर्न सक्ने, मानव तस्करी, श्रम शोषण र दुव्र्यवहारको खतरा झन् बढ्न सक्ने विभागले जनाएको छ ।

Hardik health

विभागको काम कानुनबमोजिम रोजगारीमा जानेलाई सुसूचित गर्ने हो । यो त ठगीमा परेकाहरुको पैसा उठाइदिने कार्यालयजस्तो भइसक्यो । नबुझी लहैलहैको पछि दौडने गर्नाले ठगीका घटना बढेको छ । 
चन्द्रबहादुर सिवाकोटी
प्रवक्ता, वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र भरपर्दो बनाउन वैदेशिक रोजगार ऐन, २०६४ ले तोकेबमोजिम अनिवार्यरुपमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको यकीन गरी नेपालकै विमानस्थलको प्रयोग गरी रोजगारीमा जान विभागले आग्रह गरेको छ । साथै, आवश्यकता अनुसारका तालिम, ओरियन्टेसन तथा आफ्नो स्वास्थ्य परीक्षणसमेत गरेर वैधानिक बाटोबाट जान आह्वान गरेको छ ।

विभागले गैरकानुनीरुपमा जाने वा पठाउने वा सामाजिक सञ्जालमा जथाभावी विज्ञापन गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गरिने उल्लेख गरेको छ । सामाजिक सञ्जालमा अनधिकृत तवरले प्रचार गरिएका वैदेशिक रोजगारीसम्बन्धी सामग्रीमा विश्वास नगर्नसमेत आग्रह गरेको छ ।


व्यक्तिगत ठगीका ५६१७ उजुरी, असारमा सबैभन्दा बढी
वैदेशिक रोजगार विभागमा चालु आर्थिक वर्ष २०८१÷८२ मा पाँच हजार ६१७ वटा उजुरी दर्ता भएको तथ्यांक छ । यो असार महिना सकिन दुई दिन बाँकी रहँदासम्मको तथ्यांक हो । असार महिनामा व्यक्तिगत ठगीका सबैभन्दा धेरै उजुरी परेका छन् । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार असार महिनामामात्र ६३४ वटा व्यक्तिगत ठगीका उजुरी दर्ता भएका छन् । असार ३० गतेसम्मको यो तथ्यांकमा अन्य उजुरी पनि थपिन सक्छन् । 

त्यस्तै चालु आवको साउनमा ४५९, भदौमा ३५३, असोजमा १९७, कात्तिकमा २४४, मंसिरमा ३१६, पुसमा ४५५, माघमा ५०५, फागुनमा ६२६, चैतमा ६२६, वैशाखमा ५८१ र जेठमा ६२१ वटा व्यक्तिगत ठगीका उजुरी विभागमा परेका छन् ।गत पुसयता व्यक्तिगत ठगीका घटना बढेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलेसमेत व्यक्तिगत ठगीका ३६ हजारभन्दा बढी उजुरी रहेको बताउने गरेका छन् । ठगीका घटनामा कमी आउनुको साटो उल्टै बढ्दै गएपछि विभागले रोजगारीमा जाने व्यक्ति स्वयं सजग हुनुपर्ने बताएको छ । 

व्यक्तिगतको तुलनामा संस्थागत उजुरी भने कम छन् । चालु आवको ११ महिनामा एक हजार ६६९ वटा यस्ता उजुरी विभागमा परेका छन् । यो गत आवको भन्दा बढी हो । गत आवको १२ महिनामा एक हजार ४४२ वटा संस्थागत उजुरी दर्ता भएका थिए ।गैरकानुनी काम भन्ने थाहा हुँदाहुँदै पनि जान खोज्ने प्रवृत्तिका कारण मानिसहरु फस्ने गरेको विभागका उपमहानिर्देशक ंएवं प्रवक्ता चन्द्रबहादुर सिवाकोटीले बताए । यस्ता घटनाका कारण विभाग पैसा उठाउने कार्यालयजस्तो भएको उनको भनाइ छ ।

‘विभागको काम कानुनबमोजिम रोजगारीमा जानेलाई सुसूचित गर्ने हो । यो त ठगीमा परेकाहरुको पैसा उठाइदिने कार्यालयजस्तो भइसक्यो,’ उनले भने, ‘कुनै पनि काम कानुनी हो कि, अवैध हो कि भन्ने नबुझी लहैलहैको पछि दौडने गर्नाले ठगीका घटना बढेको छ । अवैधानिक भनेपछि नागरिकले जान्नुपर्ने कुरा हो ।’


 


प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थलमा थप कागजात अनिवार्य
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थलमा थप कागजात अनिवार्य मंगलबार, चैत २४, २०८२
म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य
म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य मंगलबार, चैत २४, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ सोमबार, चैत २३, २०८२
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन सोमबार, चैत २३, २०८२
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP