Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कुवेत छोड्न आजदेखि बहिर्गमन अनुमति अनिवार्य
कुवेत छोड्न आजदेखि बहिर्गमन अनुमति अनिवार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १७, २०८२

काठमाडौं– कुवेतमा आज (मंगलबार) बाट लागू हुने बहिर्गमन अनुमति (एक्जिट पर्मिट) करिब २२ हजार जनाले पाएका छन् । आजबाट निजी क्षेत्रमा कार्यरत आप्रवासी श्रमिकले कुनै कारणबस मुलुक छोड्न परेमा अनिवार्यरुपमा एक्जिट पर्मिट लिनुपर्ने छ । यो प्रावधानले गैरकानुनीरुपमा कुवेत छिर्ने र त्यहाँबाट बाहिरिने प्रवृत्तिको नियन्त्रण गर्दै श्रमबजारलाई सुरक्षित बनाउने त्यहाँको सरकारले जनाएको छ । आर्थिक तथा कानुनी दायित्व पूरा नगरी मुलुक छोड्नेहरुलाई समेत यसले नियन्त्रण गर्ने जनाइएको छ ।

कुवेतको सार्वजनिक श्रम प्राधिकरणका अनुसार प्राधिकरणको वेबसाइट र साहेल एपबाट करिब २२ हजार जनाले मुलुक छोड्ने अनुमति पाएका छन् । स्वदेश फर्किन चाहने व्यक्तिले अनुमति लिनका लागि साहेल एप वा प्राधिकरणको वेबसाइटमा गई सिभिल आइडी र आफ्नो व्यक्तिगत विवरणहरु राख्नुपर्छ । त्यसपछि रोजगारदाताले साहेल बिजनेस एप वा सोही एपमार्फत स्वीकृतिको प्रक्रिया अघि बढाउँछन् । त्यसपछि सिस्टमले रोजगारदाता र रोजगारकर्ताको अवस्थाको प्रमाणीकरण गरेर अनुमति दिन्छ ।

त्यहाँका अधिकारीहरुका अनुसार डिजिल पर्मिट सिस्टमलाई २४सै घण्टा र हप्ताको सातै दिन सञ्चालन गरिने छ । ढिलासुस्ती नहोस् भनेर साप्ताहिक बिदा र चाडवाडको समयमा पनि काम भने हुने जनाइएको छ । यदि प्राविधिक समस्या आएमा प्राधिकरणको नजिकैको शाखामा तत्कालै खबर गर्न भनिएको छ । मुलुक छोड्नुभन्दा सात दिन र २४ घण्टाको विचमा बहिर्गमन अनुमति लिएको हुनुपर्ने जनाइएको छ । 

Hardik health

कुवेतमा सरकारी क्षेत्रमा कार्यरतहरुले देश छोड्नुअघि मन्त्रालयबाट बहिर्गमन अनुमति लिनुपर्ने प्रावधान भए पनि निजी क्षेत्रका लागि यस्तो प्रावधान पहिलोपटक कार्यान्वयनमा ल्याइएको हो । यसअघि रोजगारीमा गएका श्रमिक कुनै पनि बेला मुलुक छोड्न सक्थे । यो प्रावधानको समर्थनमा सूचना जारी गर्दै जजिरा एयरलाइन्सले पनि अनुमति नलिएको यात्रुहरुले यात्रा गर्न नपाइने भनेको छ । कुनै कागजात नपुगेर उडान रद्द भए यसको जिम्मेवार एअरलाइन्स नहुने जनाएको छ ।

यद्यपि, यो नयाँ प्रावधानले भने मिश्रित प्रतिक्रिया पाइरहेको छ । कतिपयले यसले मनोमानी ढंगले हुने श्रमिकहरुको अनुपस्थितिलाई हटाएर व्यावसायिक निरीक्षण गर्ने बताएका छन् । कतिपयले भने प्रशासनिक भारलाई बढाउने बताएका छन् । श्रमिकहरुले भने अनावश्यक प्रतिबन्धले समस्या हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यसको दुरुपयोग र यसबाट यात्रामा हुनसक्ने ढिलासुस्तीलाई नियमन गर्नुपर्ने पनि केहीको टिप्पणी छ ।

नेपालीहरुको समेत प्रमुख श्रम गन्तव्यको रुपमा रहेको कुवेतमा गत आर्थिक वर्ष २०८०/८१ मा ४० हजार ३६८ जना युवाहरु व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर कुवेत गएका तथ्यांक छ । नेपालीहरु घरेलु श्रमिकदेखि अर्धदक्ष र दक्ष श्रमिकको रुपमा कुवेत जाने गरेका छन् ।

 

 


प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP