Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • घरेलु श्रमसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गर्नुपर्नेमा जोड
घरेलु श्रमसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गर्नुपर्नेमा जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ९, २०८२

काठमाडौं– घरेलु श्रमसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (१८९) अनुमोदन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ‘युवालय’ नामक संस्थाले आइतबार यहाँ आयोजना गरेको संसदीय छलफलमा बोल्ने वक्ताहरु उक्त जोड दिएका हुन् ।

कार्यक्रममा सहभागी संघीय सांसद र प्रदेशसभा सदस्यहरुले उक्त महासन्धि अनुमोदन गर्न हरसम्भव पहल गर्ने प्रतिबद्धता जनाए । नेपाल धेरै घरेलु कामदार पठाउने मुलुकको सूचीमा अग्रस्थानमा रहेकाले श्रमिकको हकहितका लागि महासन्धि पारित गर्न दबाब सिर्जना गर्ने उनीहरुले विश्वास दिलाए ।पछिल्लो तथ्यांकअनुसार नेपालमा करिब दुई लाखको संख्यामा घरेलु कामदार रहेका छन् । त्यसमध्ये ८० प्रतिशत महिला रहेको अनुमान छ । घरको कामलाई नेपाली समाजमा मान्यता नदिएका कारण कतिपय घरेलु कामदार न्यूनतम तलबभत्ता, स्वास्थ्य बिमा, बिरामी र सुत्केरी बिदालगायत सेवासुविधाबाट बञ्चित रहेको अवस्थामा महासन्धि अनुमोदन आवश्यक रहेको कार्यक्रमका वक्ताहरूको भनाइ थियो ।

त्यस्तै वैदेशिक रोजगारमा गएका घरेलु महिला खेप्न परेको कुटपिट, झेल्न परेको दुव्र्यवहार र भोग्नुपरेको यौनजन्य हिंसासमेत अन्त्यका लागि महासन्धि अनुमोदन हुनुपर्नेमा उनीहरूले जोड दिए । महासन्धि अनुमोदन गरेका खण्डमा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित काम गर्ने अधिकार सुनिश्चित हुने अपेक्षा गरिएको छ । नेपालबाट वैदेशिक रोजगारी जानेमध्ये औपचारिक वा अनौपचारिक रूपमा युरोप, इजरायल र खाडीलगायत मुलुकमा घरेलु कामदारमा जाने ठूलो संख्या छ ।युवा सरोकारका तथा घरेलु श्रमिकसँग जोडिएका विषयवस्तु उठाउँदै आएको उक्त संस्थाले प्रतिनिधिसभा मातहतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त समितिका सदस्य तथा श्रमसम्बन्धी जानकार बागमती प्रदेशका सदस्यसँग छलफल गरी राय–परामर्श लिएको हो ।

Hardik health

समिति सदस्य एलपी साँवाले विश्वमै धेरै रोजगारी उपलब्ध गराउने क्षेत्र ‘घर’ भएकाले श्रमिकलाई कति र कस्तो सेवासुविधा उपलब्ध गराउने भन्ने विषय कानुनले कसेरमात्र नभई समाज, मनोवृत्ति र संस्कारलेसमेत निर्धारण गर्ने बताए । उनले कतिपय कुरा कानुनलेमात्र बाँध्न नसकिने भएकाले अधिकारका विषय उठाइरहँदा कर्तव्य र जिम्मेवार तुल्याउनेतर्फ पनि अभियान चलाउन आवश्यक रहेको धारणा राखे । 

महासन्धिमा नेपालले हस्ताक्षर गर्न विलम्ब गरेका कारण खाडी मुलुकमा लाखौंको संख्यामा गएका सुरक्षागार्ड र अन्य घरेलु कामदार न्यूनतम पारिश्रमिकबाट वञ्चित हुनपरेको तथा अनेकौं दुःख र हैरानी व्यहोर्न परेको वक्ताहरुले बताए । कार्यक्रममा घरेलु कामदार र टे«ड युनियनका क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिले महासन्धिमा हस्ताक्षर भएका खण्डमा घरेलु कामदारका रूपमा महिला श्रमिक लुकिछिपी नभई निर्धक्क रूपबाट नेपालको विमानस्थल प्रयोग गरेर जानसक्ने अवसर प्राप्त गर्ने भनाइ राखे । त्यस्ता वैदेशिक रोजगारमा जाने श्रमिकलाई विषयगत सीप, भाषा, त्यहाँको संस्कृति, नवीनतम् प्रविधि प्रयोगको ज्ञान र कानुनबारे जानकारी गराउन आवश्यक रहेको उनीहरूको सुझाव छ ।
 


प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP