Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ११ महिनामा ६९७२ जनाले लिए बोर्डको कल्याणकारी सेवा 
११ महिनामा ६९७२ जनाले लिए बोर्डको कल्याणकारी सेवा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ८, २०८२

काठमाडौं– चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा वैदेशिक रोजगार बोर्डबाट छ हजार ९७२ जनाले विभिन्न कल्याणकारी सेवा लिएका छन् । वैदेशिक रोजगारीमा गएका श्रमिक र तिनका परिवारलाई बोर्डले विभिन्न सेवा दिँदै आएको छ ।

बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउनदेखि जेठसम्म एक हजार ३३३ जनाले रोजगारीको सिलसिलामा ज्यान गुमाएका छन् । मृत्यु भएकाको परिवारलाई बोर्डले आर्थिक सहायताबापत कूल ८७ करोड ८२ लाख ७५ हजार रुपैयाँ दिएको छ । यो अवधिमा ४१० वटा शव विदेशबाट झिकाइएको छ भने ८०६ वटा शव विभागले मृतकको घरसम्म ढुवानी गरिदिएको बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । शव झिकाउन दुई करोड ८५ लाख २९ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । यस्तै दुई करोड ७९ लाख ७८ हजार रुपैयाँ शव ढुवानीमा खर्च भएको जनाइएको छ ।

यो ११ महिनाको अवधिमा सबैभन्दा बढीले सन्तति छात्रवृत्तिसम्बन्धी सेवा पाएका छन् । कूल तीन हजार २४५ जनाले छात्रवृत्ति पाएका छन् । रोजगारीमा गएका श्रमिकको मृत्यु या अंगभंग भए या गम्भीर प्रकृतिको रोग लागे उनीहरुका सन्ततिलाई विद्यालयस्तरमा छात्रवृत्ति दिइन्छ । ११ महिनामा दुई करोड ९७ लाख २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति दिइएको छ । बोर्डले रोजगारीमा गएका व्यक्तिको कक्षा आठसम्म अध्ययन गर्ने छोराछोरीलाई वार्षिक आठ हजार रुपैयाँ र नौदेखि १२ कक्षासम्म अध्ययन गर्नेलाई वार्षिक १२ हजार रुपैयाँ दिँदै आएको छ । 

Hardik health

बोर्डले रोजगारीका क्रममा अंगभंग र गम्भीर बिरामी भएका ६१२ जना श्रमिकलाई आर्थिक सहायता दिएको छ । त्यस्ता श्रमिकहरुले १६ करोड ५१ लाख ५९ हजार रुपैयाँ पाएका छन् । त्यस्तै पारिवारिक उपचार खर्च ३३४ जनाले लिएका छन् । रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य करार अवधिभित्र गम्भीर प्रकृतिका बिरामी परेर उपचार गराउन आर्थिक समस्या परे बोर्डले एक पटक ५० हजार रुपैयाँसम्म दिन्छ । परिवारमा कसैलाई पार्किन्सन, क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया तथा अल्जाइमरजस्ता गम्भीर प्रकृतिका रोज लागे सहयोग पाइन्छ । यो अवधिमा बोर्डले एक करोड १७ लाख १० हजार रुपैयाँ सहायतास्वरुप प्रदान गरेको छ ।

उक्त अवधिमा रोजगारमा गएका १८७ जनाको उद्धार तथा खोजतलास गरिएको बोर्डले जनाएको छ । विदेशमा कानुनी सजाय पाएका, दुर्घटनामा परेका या विभिन्न कारणले आर्थिक अभाव भई अलपत्र परेको श्रमिकलाई बोर्डले उद्धार गर्दै आएको छ । बोर्डले यसमा ११ लाख रुपैयाँ खर्च गरेको छ । गत जेठ महिनामा मात्र बोर्डले ११६ जना मृतकका परिवारलाई आर्थिक सहायता दिएको छ । उक्त एक महिनामा ३५ वटा शव झिकाइदिएको र ४३ वटा शव घरसम्म ढुवानी गरिदिएको बोर्डले जनाएको छ । त्यस्तै ३१ जनाले पारिवारिक उपचार खर्च लिएका छन् । अंगभंग तथा गम्भीर बिरामी भएका ४१ जना कामदारले सहायता पाएका छन् ।

त्यस्तै सन्तती छात्रवृत्ति कार्यक्रमअन्तर्गत ४५ जनाले छात्रवृत्ति पाएका छन् ।रोजगारीमा भएका श्रमिकको स्वास्थ्यमा समस्या देखापरे अनलाइन माध्यमबाट स्वास्थ्य परामर्श दिइँदै आएको छ । जेठ महिनामामात्रै यस्तो टेलिमेडिसिन सेवा ४११ जनाले लिएका छन् । रोजगारीसँग सम्बन्धित विभिन्न जिज्ञासा, गुनासो र समस्यासम्बन्धी सेवा लिनेहरु छ हजार ९६२ जना छन् । त्यस्तै बोर्डले कल सेन्टरबाट दुई हजार ६६९ जनालाई परामर्श सेवा प्रदान गरेको जानकारी दिएको छ ।

०००
अभिमुखीकरण तालिम प्रदायकको देशगत क्लस्टर सार्वजनिक
काठमाडौं (प्रस)– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुअघि दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुको देशगत क्लस्टर सार्वजनिक गरेको छ । शुक्रबार विभागले सूचना जारी गर्दै तालिम प्रदायक संस्थाको मागबमोजिम संस्थाको नाम र क्लस्टर सार्वजनिक गरेको जनाएको छ । 
विभागले १४३ वटा तालिम प्रदायक संस्था, तिनको ठेगाना र क्लस्टर सार्वजनिक गरेको हो । ती संस्थाले छ वटा क्लस्टरमध्येबाट छनोट गरेका छन् । जसमा खाडी मुलुकका लागिमात्र अभिमुखीकरण दिने संस्था ९० वटा रहेका छन् । अन्य र युरोपेली मुलुक भनिएको क्लस्टरमा २३ वटा संस्था छन् । मलेसियाका लागिमात्र अभिमुखीकरण दिने संस्था १४ वटा छन् । जापान र दक्षिण कोरियाको क्लस्टरमा नौ वटा, मध्यपूर्वका देशको क्लस्टरमा एउटा संस्थाले तालिम दिने भएको छ ।
विभागका अनुसार तीनवटा संस्थाले भने दुईवटा क्लस्टर छनोट गरेको पाइएको छ । इजरायल र अन्य तथा युरोपेली मुलुक छनोट गर्ने संस्था एउटा रहेको छ । त्यस्तै खाडी र मध्यपूर्वी एसियाका लागि एउटा तथा खाडी, जापान र दक्षिण एसियाका लागि तालिम दिने संस्था एउटा रहेको छ । तीनवटा संस्था भने निस्क्रिय रहेको सूचनामा उल्लेख गरिएको छ । 
अभिमुखीकरण कक्षालार्ई विशिष्टीकृत बनाउन र श्रमिकलाई गन्तव्य मुलुकको बारेमा विस्तृत जानकारी दिन क्लस्टर छुट्याइएको विभागको भनाइ छ । विभागले कुनै संस्थालाई एकभन्दा बढी क्लस्टर दियो भनेर केही अभिमुखीकरण व्यवसायीले विगतमा असन्तुष्टि जनाउँदै आएका थिए । तर अत्यन्तै न्यून संख्यामा श्रमिक जाने मुलुकको क्लस्टर व्यवसायीले छनोट गर्न नमानेको अवस्थालाई मध्यनजर गर्दै सन्तुलन कायम गर्न एकभन्दा बढी क्लस्टर दिइएको विभागले जनाएको थियो ।


 


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने
श्रमिकमाथि हुने ठगी रोक्न सिआइबीसहितको ‘स्पेसल टास्क फोर्स’ बनाइने शुक्रबार, पुस ४, २०८२
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न बिहीबार, पुस ३, २०८२
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो बुधबार, पुस २, २०८२
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस
साताव्यापी कार्यक्रमसहित मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस बुधबार, पुस २, २०८२
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मंगलबार, पुस १, २०८२
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP