Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • काम छाेडेर भाषणमै रमाउँदै ओली
काम छाेडेर भाषणमै रमाउँदै ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १२, २०८२
काठमाडौंको भृकुटीमण्डपको सडक ठप्प पारेर ‘युवा सेलिब्रेसन’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सेल्फीमा रमाउँदै । तस्विरः प्रधानमन्त्रीको सचिवालय
  • दैनिकजसो भाषणमा रमाउन थालेकै कारण ओलीसँगै एमालेले जनविश्वास गुमाउँदै छ
  • सहयात्री र सबैभन्दा ठुलो दल नेपाली कांग्रेस भने टुलुटुलु हेरेर बसेको छ
  • कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दिनको पखाईमा बस्दा ओलीको हुकुमी शैलीका कारण अरु नेतामा भने छटपटी शुरु
  • सरकारमै बसेर एमालेको शक्ति प्रदर्शन

काठमाडौं– दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले ९ महिना पुरा गरेको छ । गत असार ३० सुशासनका लागि भन्दै दुई दल मिलेर एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बने । ओली प्रधानमन्त्री बनेयता कामभन्दा भाषणमै रमाउन थालेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डप ठप्प पारेर एमालेले शक्ति प्रदर्शन ग¥यो । युथ सेलिब्रेसन नाम दिइएको उक्त शक्ति प्रदर्शनमा ओलीले सरकार ढल्ने कुनै चिन्ता नभएको तर्क दिए । ‘यो संयुक्त सरकार संकल्पसहित बनेको हो । यो स्थिरता र स्थायित्वका लागि बनेको हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ ।

त्यसैले एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर कराएको छैन,’ ओलीले भने, ‘एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौं, ०७४ को चुनाव भन्यौं, ७९ को चुनाव भन्यौं अब ०८४ को चुनाव भनिरहेका छौं । त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’

दैनिकजसो भाषणमा रमाउन थालेकै कारण ओलीसँगै एमालेले जनविश्वास गुमाउँदै छ । तर ओली भने भाषणमै रमाउन थालेका छन् । आवासीय चिकित्सकदेखि शिक्षकहरु आन्दोलनमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्थाको पक्षमा निरन्तर आन्दोलनमा छ । पछिल्लो ९ महिनामा सरकारले उल्लेखनीय केही काम गर्न सकेको छैन ।

Hardik health

यस्तो अवस्थामा सहयात्री र सबैभन्दा ठुलो दल नेपाली कांग्रेस टुलुटुलु हेरेर बसेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदको पखाईमा छन् । ओलीले उनलाई अबको १५ महिनामा प्रधानमन्त्री बनाउने वचन दिँदै आएका छन् । कांग्रेसका महामन्त्रीहरु भने सरकारमा बाध्यताले बसेको बताइरहेका छन् । 

लोकतन्त्र दिवसमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन समाधान पनि दिनुपर्छ । आज हामी बाध्यतामा छौँ, एक्लै छैनौँ सरकारमा छौँ । कतिपय हामीले कम्प्रमाइज गरेका छौँ ।’ पछिल्लो दिनमा गभर्नर नियुक्ती प्रकरणका कारण कांग्रेस र एमालेमा खटपट बढेको छ । कांग्रेसले जसरी पनि यो पदमा आफू निकटका व्यक्तिलाई नियुक्त गर्ने भन्दै अड्डी कसेको छ ।

एमालेले पनि कसैगरी यो पद आफ्नो पोल्टाबाट बाहिर जान नदिने अडान कसेको छ । यही विषयमा राजनीति पिल्सिएकोले थापाले यस्तै भए सरकारबाट बाहिर जान सक्ने चेतावनीसमेत दिए । ‘आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौँ । हामीले भन्न सक्नुपर्छ, प¥यो भने यस्तो सरकारबाट बाहिर जान्छौँ हामी । सरकारै सबैभन्दा ठूलो कुरा होइन,’ थापाले भने ।

सरकारले चैत २४ गतेबाट रिक्त रहेको गभर्नर पदमा नियुक्ती प्रक्रिया अघि बढाउन सकेको छैन । कांग्रेसले अडान नछाडेसँगै कूर्सी धरमरमा परेपछि प्रधानमन्त्री ओली गभर्नर पद कांग्रेसलाई जिम्म लगाउन तयार भएको थियो । कांग्रेसले गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी गरेको थियो । तर उनको नाम पनि विवादमा तानिएपछि अहिले यो विषय सेलाएको छ ।

यस्तो अवस्थामा अब के गर्ने ? नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गभर्नर नियुक्ती ढिलाई दुर्भाग्यपूर्ण भएको बताएका छन् । विपी चिन्तान प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महतले यस्तो बताएका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका महतले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्ने व्यक्तिलाई गभर्नर बनाउनुपर्नेमा यसलाई अनावश्यक विवाद झिकेर नियुक्तीमा ढिलाई गर्नु तार्किक नभएको बताए । 

यसो त ओली नेतृत्वको सरकारले दैनिकजसो हुकुमी शासनको झल्को दिनेगरी मन्त्री हटाउनेदेखि विवादित निर्णय गर्दै आएका छन् । कार्यकाल बाँकी छँदै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणबाट हटाउनु, विद्या भट्टराईलाई असक्षम भन्दै मन्त्रीबाट हटाउनु, कुलमानलाई समर्थन गरेको भन्दै पूर्णबहादु तामाङलाई राज्यमन्त्रीबाट हटाउनुबाट ओलीको हुकुमी शैली प्रष्टिन्छ ।

यतिमात्र हैन त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराललाई पदमुक्त गर्नेजस्ता विषय पनि ओलीको विवादित निर्णय हुन् । देशको अर्थतन्त्र दिनानुदिन जर्जर बनिरहेको अवस्थामा प्रधानमन्त्री ओली भने दिनानुदिन भाषणबाजीमा रमाउने र विवादास्पद् निर्णय गर्नमै व्यस्त छन् ।  
 


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP