Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २, २०८२

 

 

  • प्रधानमन्त्री सुशीला कार्की दलहरूसँग संवादहीन
  • दलहरूलाई विश्वासमा लिएर चुनावमा लान प्रधानमन्त्रीले पहल नगर्दा २१ फागुनमा चुनाव नहुने संशय
  • दलहरू र जनतालाई विश्वासमा लिएर चुनाव गर्न प्रधानमन्त्रीलाई निर्देशन


राष्ट्रपतिज्यूले छलफलको क्रममा आमजनता र राजनीतिक दलहरूलाई विश्वासमा लिएर सरकारले चुनावी वातावरण सिर्जना गरोस् र सुरक्षा निकायहरू ‘बोल्ड’ रुपमा प्रस्तुत होस् भनेर निर्देशन दिनुभयो ।
किरण पोखरेल
राष्ट्रपतिका प्रेस सल्लाहकार

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको महिना दिन बित्दासम्म चुनावी सरकारकै प्रधानमन्त्री सुशीला कार्कीले चुनावबारे राजनीतिक दलहरूसँग संवाद गर्न अग्रसरता लिएकी छैनन् । कार्की सरकार र दलहरूबीच पूरै संवादहीनताको स्थिति छ ।

Hardik health

चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ र राजनीतिक दलहरूसँग संवादको सुरुआत भएको छ ।
सुशीला कार्की
प्रधानमन्त्री

चुनाव गर्नुपर्ने म्याण्डेट पाएको सरकारकी प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद गरेर चुनावी वातावरण बनाउन पहलकदमी नलिँदा आगामी २१ फागुनमा चुनाव हुनेमा शंका उब्जिएको छ । नेकपा एमालेले त चुनावी प्रक्रियामा सहभागी नहुने घोषणा नै गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा उभिने सचिवालय एमाले बैठकले निर्णय गरिसकेको छ । उक्त दलका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कार्की सरकारले चुनाव गर्नै नसक्ने र नचाहेको पनि बताइसकेका छन् । यदि चुनाव गर्ने भए दलहरूसँग संवाद गर्नुपर्ने बताएका छन् ।

यस्तोमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्की र मन्त्रीहरूलाई शीतलनिवास बोलाएर दलहरू र जनतालाई विश्वासमा लिँदै चुनाव सम्पन्न गर्नेतर्फ उन्मुख हुन निर्देशन दिएका छन् । चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई पनि चुनावी सुरक्षाका लागि ‘बोल्डली’ प्रस्तुत हुन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

‘राष्ट्रपतिज्यूले छलफलको क्रममा आमजनता र राजनीतिक दलहरूलाई विश्वासमा लिएर सरकारले चुनावी वातावरण सिर्जना गरोस् र सुरक्षा निकायहरू बोल्डली प्रस्तुत होस् भनेर निर्देशन दिनुभयो,’ उनले प्रभावसँग भने ।
राष्ट्रपतिसँगको छलफलपछि प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा चुनाव सम्पन्न गर्ने तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताएकी छन् । त्यसका लागि सबै पक्ष जिम्मेवार रहनुपर्ने उनले बताइन् । उनले शनिबार साँझ सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘तयारी अझै दू्रततर गतिमा अघि बढाइँदै छ । सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौं ।’भन्न त उनले राजनीतिक तहबाटै चुनावको वातावरण बनाउन पहल सुरु भइसकेको बताएकी छन् । दलहरूसँग संवादको सुरुआत भएकोसमेत उनले दाबी गरेकी छन् । ‘चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ र राजनीतिक दलहरूसँग संवादको सुरुआत भएको छ,’ उनले लेखेकी छन् । 

प्रधानमन्त्री कार्कीले भने जसरी दलहरूसँग संवादको प्रयास भने भएको छैन । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका शीर्षस्थ नेतासँग उनी संवादहीन छिन् । उल्टै सम्पत्ति शुद्धीकरण विभागमार्फत ती दलका नेताहरूको सम्पत्ति छानबिन गराउँदै छिन् । यसबाट एमाले अध्यक्ष ओली सबैभन्दा बढी बिच्किएका छन् । जेन–जी आन्दोलनका कारण सत्ताच्युत भएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार पुगेर प्रधानमन्त्री कार्कीलाई चुनौती दिँदै भने, ‘२००७ सालपछिका सबै सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गरौं ।’ एकातिर ओली र उनको दल एमाले चुनावविरोधी कित्तामा उभिनु र कार्की सरकारप्रति नकारात्मक हुनुले चुनाव भाँडिन सक्ने संशय कतिपयबाट प्रकट हुँदै आएको छ । यसलाई लिएर राष्ट्रपति पौडेल असन्तुष्ट भएका छन् । 

राष्ट्रपतिसँगको छलफलमा सहभागी सुरक्षाविज्ञ गेजा शर्मा वाग्लेका अनुसार संविधानलाई ट्र्याकमा ल्याउन पनि चुनावको विकल्प नरहेको तर शुक्रबार एमाले अध्यक्ष ओलीको चुनावविरोधी अभिव्यक्तिप्रति राष्ट्रपतिले गम्भीर चासो राखेका थिए । ओलीले भनेका थिए, ‘हामी आन्दोलनमा जान्छौं, नहुने चुनावमा कसरी भाग लिने ?’ दीपावलीको अवसरमा शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पनि उनले २१ फागुनमा चुनाव नहुने बताए । कार्की सरकारलाई संविधान र कुनै कानुनले पनि नचिन्ने, त्यस्तै परे पक्लक्क सरकार ढल्ने दाबी गरे । चुनाव भाँड्नेगरी दिनहुँजसो ओलीको अभिव्यक्ति आइरहेका छन् । उनी प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा छन् । त्यसका लागि आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् । राष्ट्रपति पौडेलले भने संविधान जोगाउन भए पनि चुनाव हुनुपर्ने र चुनावमा सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रतिनिधिसभा २७ भदौमा प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले विघटन गरेका हुन् । सोही दिन मध्यावधि चुनाव घोषणा भएको हो । चुनावी तयारीमा निर्वाचन आयोग जुटिरहेको छ । यता कार्की सरकार भने दलहरूलाई चुनावी प्रक्रियामा सामेल गर्नेबारे मौन छिन् । सोही कारण राष्ट्रपतिले चुनावका लागि सक्रियता बढाएका हुन् ।

 


प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय कृषि नीति, २०८३ जारी
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
बेनी-जोमसोम सडक रातिमा बन्द
बेनी-जोमसोम सडक रातिमा बन्द बुधबार, साउन २०, २०८३
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै बुधबार, साउन २०, २०८३
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’ बुधबार, साउन २०, २०८३
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ
खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ बुधबार, साउन २०, २०८३
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप संकलन गर्दै
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप संकलन गर्दै बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP