काठमाडौं- जलेर खण्डहर बनेको घर, कोठा भरी खरानी, भित्ताभरि धुवाँको कालोपन, र हावामा अझै पनि जलेको गन्ध,भित्ताको आडैमा जलेर नष्ट भएको दराज ,दराज भित्रको खरानीलाइ सिउदोमा लगाउँदै गरेको दृश्य।

भदौ २३ र २४ गते चलेको जेन जि आन्दोलनको क्रममा जलेर खरानि भएको आफ्नो घर निरिक्षण गर्दा देखियको पुर्व प्रधानमन्त्री केपी ओलि कि धर्म पत्नी राधिका शाक्यको भावुक दृश्य हो यो। उनको वरिपरि थियाे 'आगोले गलेर खरानी बनेको सामाग्री। ' जलेर नष्ट भएको सामान माथी उभियर वियोगान्त स्वर भनिन्, ‘मैले ४८ सालमा राष्ट्र बैंकको जागिरबाट रिटायर्ड भएपछि अलिकति आएको पैसालाई सदुपयोग गरौँ भन्ने हिसाबले यो घर बनाएको हो।' यो सामान्य घर थिएन, यो एक जीवित सङ्ग्रहालय थियो, जसमा उनले यसलाई आफ्नो जीवनको ३३ वर्षभन्दा बढी समय लगाएकी थिइन्।
उनले यस घरलाइ सङ्ग्रहालय बनाउने बिचार गरेकि रहेछिन। उनले त्यहा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका थुप्रै महत्त्वपूर्ण सामग्रीहरू राखेको जानकारि दिइन्। तर आज जलेर खरानि भएको देख्दा बियोग जन्य पिडा उनको मुहारमा छरपस्ट देखिन्थ्योआडैमा रहेको कोठालाइ देखाउँदै उनले आफ्नो पुस्तकालयको सम्झना गरिन्, ‘जहाँ धेरै ज्ञानगुनका पुस्तकहरू थिए’। उनले भनिन्, 'राम्रो सभ्य लाइब्रेरी छोडेर जाने विचार थियो, तर खरानी छोडेर जानुपर्ने भयो।'

उनले बालुवाटारबाट ल्याएका महत्वपूर्ण सामानहरूलाई यहाँ राखेको जानकारी दिँदै भनिन् “मुलत सबै भन्दा अमुल्य खाल्का सामान,सबै नेपलीहरुले दिएका मायाका चिनो नस्ट भयो, तलको चाहीँ विदेशको । फाट देखाउदै भनिन् ‘यो फाटमा चाहिँ बुद्धका मुर्तिहरु १०० देखी २०० वटा थिए। ‘यति मेरो पसिना, श्रम, परेको छ नि हरेक पल्ट म बालुवाटारबाट आएर सफा गरेर राख्थेँ, उनीहरुले देखेका छन्’ भन्दै भावविभोल भइन्, भनिन् ‘दिनभरि मिलाएर सफा सुघर गरेर राख्थे युवापुस्तालाइ छोड्न’ ‘पहीला घर ब्यबस्थापन गर्न ६ महिना लाग्यो, त्यही भएर बेला बेलामा सफा गर्न हरेक हप्ता बालुवाटारबाट यहाँ आउथे, धेरै महत्वपुर्णा सामानहरु जले’। राधिकाको यो मलिन शब्दहरुले सोचेको जस्तो कहिले पनि नहुने रैछ भन्ने उखानलाइ चरीतार्थ गरिदिएको छ।

हृदयविदारक दृश्यलाई पनि नियाल्न बाध्य पारे जसरी शाक्यले अर्को कोठा देखाउदै कोठा भरि सङ्गीतसँग सम्बन्धित हार्मोनियम, गितार, मादल लगायतका सयौँ सामानहरू भएको जानकारी दिइन्। भित्ताहरूमा ज्ञानगुनका फोटोहरूले सजिएका थिए, जसमा हाम्रो पुरानो सभ्यताको इतिहास झल्किन्थ्यो ,भन्दै उनी बिगत सम्झिन्छिन्। फुटेका सिसाहरुमा टेक्दै चुडिएको मनलाई जोड्न साहास जुटाइ रहेकी देखिन्थिन् उनी। हुन पनि जिबनको अन्तिम घडिमा सबै चिज सकुसल् बुझाएर जाने उनको इच्छामा जेन्जिको आनदोलन ले तुसरापात पारिदिएको छ।
बाको चिनो
जलेर बाँकी रहेका खण्डहर बनेको घरको आगनमा उभिएर आँखा गहभरि आँसुले भरिएका, बियोगले चिरिएको स्वरमा राधिका पत्रकारलाई सम्बोधन गर्दै भनिन् 'मैले जसरी भए पनि यो फूललाई बचाएर राखेको थिएँ। यो देखेपछि मलाई ठूला बाको सम्झना आउँछ। म यहाँ आउनेहरूलाई पनि भन्थेँ, त्यो फूललाई त बचाएर राख है। अरू जे जस्तो भए पनि किनेर ल्याउन सकिन्छ, यो फूल चाहिँ बचाऊ है, यो मेरो बाको चिनो हो।' यहाँ उनको आवाजमा बालाई सम्झदाको करुण वेदना झल्किएकाे दखिन्छ।
त्यो भनाइमा केवल फूलको माया थिएन, बरु बाबासँग जोडिएको भावनातमक गहिरो नाता थियो । उनले भनिन् ' मलाई दुःख यो घर जलेकोमा होइन, इतिहास जलेकोमा छ।' उनको यो शब्दमा पनि आक्रोश थियो, र इतिहासप्रतिको अथाह प्रेम पनि। उनलाई पीडा घर गुमाएको मात्र होइन, पुस्ताले पढ्नुपर्ने, सिक्नुपर्ने र देख्नुपर्ने सम्पदा गुमाएकोमा थियो।
शाक्यको आँखामा देखिएको आँसु केवल व्यक्तिगत क्षतिको आँसु थिएन, त्यो एउटा युग खरानी भएको दुःखको आँसु थियो। “मलाई दुःख यो घर जलेकोमा होइन, इतिहास जलेकोमा छ,' उनले छेउमा उभिएका मानिसलाई इशारा गर्दै भनिन्। 'इतिहास पढेको भए त अलिकति बुद्धि आउने थियो कि ! उनको आवाजमा आन्दोलनकारीहरूप्रति आक्रोश र इतिहासप्रतिको गहिरो प्रेम झल्किन्थ्यो।राधिका लागि त्यो घरभन्दा पनि सङ्ग्रहालय थियो। एउटा जीवित सङ्ग्रहालय, जुन उनले नयाँ पुस्ताले केही प्रेरणा मिलोस भनेर छोडेर जाने विचार गरेको थिइन,' उनले भक्कानिँदै भनिन्, एउटा इतिहास छोडेर जान्छु भनेको थिए ,खरानी छोडेर जानुपर्ने भयो।'
फाेटाे श्रोत :अन्नपुर्ण पोस्ट