Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २, २०८२

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन् ।  पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद थप्न नहुने बताएका हुन् ।

पार्टीको वर्तमान नेतृत्वले अनावश्यक रूपमा केन्द्रीय कार्यसमितिको बैठक लम्ब्याउने, ढिलो गर्ने र नियमित प्रक्रियामा महाधिवेशन नगरी  नेतृत्वमा बसिरहने अस्वाभाविक र अलोकतान्त्रिक अभ्यास गरिरहेको उहाँहरूको आरोप छ ।

असोज २८ देखि प्रारम्भ भएको केन्द्रीय समिति बैठक शनिबारसम्म बसेर फेरि छठपछि अर्थात् कात्तिक १३ गतेका लागि बोलाइएको छ । पत्रकार सम्मेलनमा वक्ताहरूले बैठक विनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक पनि कहिले सम्पन्न हुने भनेर टुङ्गो नभएकाले वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र म्याद थप्नतर्फ उद्धत रहेको आरोप लगाए ।

Hardik health

नेता आचार्यले वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक रहेको र समयमा नियमित महाधिवेशन नगर्ने मनसायसहित यस्तो कार्य भइरहेको आरोप लगाए । ‘राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको छ । यस्तो बेला तत्काल देशको अवस्थाअनुसार निर्णय दिनुपर्ने थियो, तर विलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्न खोजिएको छ । यो गलत छ । यस्तो छुट कसैलाई छैन’, उनले भने,‘आगामी फागुन २१ गते घोषित प्रतिनिधिसभाको निर्वाचनअगावै पार्टी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुको विकल्प छैन । राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरेका छौँ । यसको सुनुवाइ हुनुपर्छ ।’

पार्टी नेता घिमिरेले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा कार्यसमिति बैठक लम्ब्याएको आरोप लगाए । उनले कार्यसमितिको बैठक अस्वाभाविक रूपमा लम्ब्याइएको भन्दै केन्द्रीय कार्यसमिति महाधिवेशनभन्दा ठूलो नभएकाले महाधिवेशन प्रतिनिधिको आदेशलाई पालना गर्नुपर्नेमा जोड दिए । 

‘विभिन्न राजनीतिक दल र कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् । आफूलाई विश्वको प्रजातान्त्रिक आन्दोलनको नमुना पार्टी भनेर दाबी गर्छौं, उचित निर्णय गरेर देशलाई निकास दिनुपर्नेमा हामी अल्मलिरहेका छौँ, हामीलाई केले रोक्यो ?’, घिमिरेले प्रश्न गरे ।

उनीहरूले विधानअनुसार वर्तमान कानुभयार्यसमितिले महाधिवेशन गर्नुपर्ने र बहुसङ्ख्यम महाधिवेशन प्रतिनिधिको मतको कदर गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP