काठमाडाैं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा श्रम संस्कृति पार्टी दर्ताका लागि प्रक्रिया पूरा गरेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा श्रम संस्कृति पार्टी दर्ताका लागि प्रक्रिया पूरा गरे।मेयर साम्पाङले 'माटो' चुनाव चिह्न लिएर आगामी निर्वाचनमा भाग लिने बताएका हुन्।
उनले जेनजी आन्दोलनबाट मुलुकलाई निकास दिन काठमाडौं आएको र विवादका कारण धरान फर्केको बताए। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रक्रिया पूरा गरेका छन्।
आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताका लागि भौतिक रूपमा सनाखत गरेका हुन्।