Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वैदेशिक रोजगार व्यवसायको साख उठाउने अवसर
वैदेशिक रोजगार व्यवसायको साख उठाउने अवसर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ३१, २०८१

वैदेशिक रोजगार नेपालीहरुको रहर होइन, बाध्यता बनेको छ । मुलुकमा रोजगारीको अवसर नहुँदा हरेक दिन करिब दुई हजारको हाराहारीमा युवाहरु विदेसिने गरेका छन् । यो क्रम तत्काल रोकिनेवाला छैन । किनकि राज्यले मुलुकमै रोजगारीको अवसर सिर्जना गर्न सकिरहेको छैन ।

यसरी बाध्यात्मक कारण रोजगारीका लागि विदेसिएका युवाहरुले पठाउने विप्रेषणले मुलुकको त्राण धान्ने काम गरेको छ । कोभिड महामारी, भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक प्रकोपलगायतका कारण अर्थतन्त्र संकटमा परेको बेला विप्रेषणले निरन्तर टेको दिने काम गर्दै आएको छ । अहिले अर्थतन्त्रको एकतिहाइ अर्थात् करिब ३० प्रतिशत विप्रेषणले ओगटेको छ ।

अर्थतन्त्रमा यति योगदान गरिरहेको वैदेशिक रोजगार क्षेत्र आफैं भने समस्यै समस्यामा रुमल्लिएको अवस्था छ । विशेषगरी यस क्षेत्रमा कामदारमाथि हुने ठगीका घटनाहरुले यो क्षेत्रलाई बद्नाम गराउँदै आएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले जथाभावी रकम असुल्ने तर कामदारको सुरक्षामा ध्यान नदिने प्रवृत्तिका कारण यो व्यवसायलाई हेर्ने आम मानिसको नजर राम्रो छैन । कमाउधन्दामा लागेका कतिपय व्यवसायीका कारण समग्र व्यवसायी नराम्रो आरोपमा मुछिएका छन् । केही व्यवसायीहरुको ‘सिण्डिकेट’ ले पनि व्यवसायलाई बद्नाम गराइरहेको व्यवसायी स्वयं बताउँछन् । 

Hardik health

यहीबीच वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ नेतृत्व पाएको छ । भुवनसिंह गुरुङ निर्वाचनमा नरेश गेलाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । गुरुङले यसअघि पनि संघको पदाधिकारी बनेर काम गरिसकेका छन् । तृतीय र द्वितीय उपाध्यक्ष भएर काम गरिसकेको अनुभवसहित उनी यसपालि अध्यक्ष बनेका हुन् ।

दुई दशकभन्दा बढी समयदेखि यो पेसामा संलग्न रहँदै आएका अनुभवी नेतृत्व संघले पाएको छ । उनले वैदेशिक रोजगार व्यवसायलाई शुद्धीकरण गर्ने उद्घोष गरेका छन् । विशेषगरी व्यवसायीका समस्या समाधान र यो व्यवसायभित्र रहेको एकाधिकार अन्त्य गर्न लागिपर्ने उनको प्रतिबद्धता छ । 

गुरुङको प्रतिबद्धतालाई व्यवसायीहरुले मतदानमार्फत अनुमोदन गरिदिएका छन् । अब काम गर्ने जिम्मा उनी नेतृत्वको कार्यसमितिको काँधमा आएको छ । प्रतिबद्धताअनुसार नतिजा दिन सक्लान् वा नसक्लान्, त्यो प्रतीक्षा गर्नुपर्ने छ । वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने जुन अहिलेको नजर छ, यसलाई बदल्ने अवसर गुरुङले पाएका छन् ।

यसका लागि संघले अब व्यवसायीको मात्र हितलाई जोड दिएर पुग्दैन । मुख्य विषय भनेको कामदारको हित हो । विदेशमा नेपाली कामदार गएर सम्मानित र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सके संघको गरिमा त बढ्ने छ नै, सँगै वैदेशिक रोजगार व्यवसायलाई हेर्ने आम मानिसको नजर अवश्य बदलिने छ । 
 


प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम शुक्रबार, असार २६, २०८३
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP