Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रतिस्पर्धात्मक बन्दै वैदेशिक रोजगार व्यवसायीको चुनाव
प्रतिस्पर्धात्मक बन्दै वैदेशिक रोजगार व्यवसायीको चुनाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २७, २०८१
  • गेलाल र गुरुङका दुवै समूहले टुंग्याए चुनावीसभा
  • लोकतान्त्रिकका पाँच विद्रोहीमाथि कारबाही 
  • लोकतान्त्रिकका असन्तुष्ट पक्षको साथले गेलालपक्ष आत्मविश्वासी 


काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन अब एक दिनमात्रै बाँकी छ । भोलि २९ चैतमा संघको ३०औं र ३१औं साधारणसभा हुँदै छ । यही साधारणसभाबाट निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका संघले सार्वजनिक गरिसकेको छ ।

संघको आगामी नेतृत्वका लागि नरेश गेलाल र भुवनसिंह गुरुङ प्रतिस्पर्धामा छन् । उनीहरु आ–आफ्नो प्यानल बनाएर नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् । गेलाल नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट समूह र नेकपा एकीकृत समाजवादी पार्टीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त व्यावसायिक प्यानलबाट अध्यक्षका उम्मेदवार बनेका हुन् ।

अर्कोतर्फ कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेकपा माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको संयुक्त प्यानलबाट गुरुङ अध्यक्षका उम्मेदवार छन् । गेलाल र गुरुङबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । कांग्रेसनिकट व्यवसायीहरुको एउटा समूह आफ्नै संगठनका उम्मेदवारविरुद्ध लागेका कारण गुरुङलाई धक्का लाग्नसक्ने आकलन गरिएको छ । यद्यपि, गुरुङपक्ष भने आफ्नो प्यानलको जित सुनिश्चित रहेको दाबी गर्छन् ।

लोकतान्त्रिक एसोसिएसनले गेलालको पक्षमा लागेका पाँच जनालाई बुधबार कारबाही गरेको छ । उनीहरुलाई एसोसिएसनको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । कारबाहीमा पर्नेमा पूर्वउपाध्यक्ष सुजितकुमार श्रेष्ठ, कर्णराज कटुवाल, चन्द्रबहादुर लिम्बू, ईश्वर सापकोटा र कोषाध्यक्ष हेमा गुरुङ छन् । गेलाल प्यानलबाट श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कटुवाल महासचिव पदका उम्मेदवार छन् । यसैगरी लिम्बू र गुरुङले सोही प्यानलबाट सदस्यमा उम्मेदवारी दिएका छन् । 

Hardik health

लोकतान्त्रिक एसोसिएसनको असन्तुष्ट समूहको साथ पाएसँगै आफ्नो मत बलियो बनेको गेलालपक्षको दाबी छ । अघिल्लो निर्वाचनमा पनि प्रगतिशील नेतृत्वकै प्यानल विजयी भएकोले यो पटक पनि सोही क्रमले निरन्तरता पाउनेमा गेलालपक्ष ढुक्क देखिएका छन् । वर्तमान कार्यसमितिले संघको प्रशासनिक भवन खरिददेखि विभिन्न उपलब्धिमूलक काम गरेकोले पनि व्यवसायीहरुले पुनः प्रगतिशील नेतृत्वलाई नै रोज्ने गेलालको अपेक्षा छ ।

गेलालको प्रतिबद्धताः सिण्डिकेट अन्त्य र सेवामूलक उद्योगको रुपमा स्थापित गर्ने

Gelal-1744277104.jpg


नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन हुनुभन्दा दुई दिनअघि बुधबार अन्तिम चुनावीसभा गरेर नरेश गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले चुनावी अभियान टुंग्याएको छ । आइतबार बसुन्धारामा चुनावीसभा आयोजना गरेर प्रतिबद्धतापत्र सार्वजनिक गरेको यो समूहले सोमबार बत्तीसपुतली र मंगलबार धुम्बाराहीमा चुनावीसभा सम्पन्न गरेको छ । चुनावी एजेण्डा प्रचारप्रसारमा गेलाल समूह आक्रामकरुपमा लागेको देखिन्छ । 

व्यवसायीहरुलाई आफ्नो एजेण्डामा विश्वस्त तुल्याउन यो समूहका उम्मेदवारहरु निरन्तर लागेका थिए । चुनावीसभाबाहेक व्यवसायीहरुको कार्यालयमै पुगेर पनि आफ्नो पक्षमा माहोल बनाउन यो समूह सक्रिय बनेको थियो । नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल नेतृत्वको यो प्यानलमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट समूह र नेकपा एकीकृत समाजवादी पार्टीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन आबद्ध रहेका छन् । 

गेलाल नेतृत्वको यो प्यानलले वैदेशिक रोजगार व्यवसायमा हुने सिण्डिकेटलाई निषेध गर्ने प्रतिबद्धता जनाएको छ । ‘करिब ९०० व्यवसायीले २५ सालदेखि गरिरहेको मलेसियाको व्यवसायलाई २०–२५ जना माफियाहरूले सिण्डिकेट गरी बाँकी ८७५ व्यवसायीको व्यवसाय पूर्णरूपमा धराशायी बनाउने प्रपञ्चलाई निषेध गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ संघको आगामी अध्यक्षका उम्मेदवार गेलालले भने ।मागपत्र पत्रिकामा एक पटक प्रकाशित गरेपछि कम्तीमा तीन महिना पुनः प्रकाशित गर्नु नपर्ने तथा अन्तिम स्वीकृति भइसकेको कामदार वैदेशिक रोजगारमा जान नचाहेमा म्यानपावर कम्पनीको अनुरोधमा स्वीकृति रद्द गर्न मिल्ने व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ । 

‘कुनै पनि देशबाट तीन महिनाभित्र मेडिकल फेल भएर फर्केमा सम्बन्धित देशको मेडिकल प्रणालीमा हेरेर हाम्रो कार्यालयको अनुरोधमा अनफिट कामदारको स्वीकृत रद्द गरिदिने,’ गेलालको प्रतिबद्धता छ, ‘कामदारको जिमेल हाम्रो कार्यालयले रिसेट गर्न मिल्ने व्यवस्था गर्ने ।’गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले ‘देश विकासको आधार, सुरक्षित वैदेशिक रोजगार’ लाई मुख्य चुनावी नारा बनाएको छ । वैदेशिक रोजगार व्यवसायलाई उच्च मूल्यांकन गर्दै यस क्षेत्रलाई उत्कृष्ट सेवामूलक उद्योग बनाउने परिकल्पना यो समूहले अघि सारेको छ । एचआर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका सञ्चालक गेलालले आफू नेतृत्वको प्यानललाई जिताउन व्यवसायीहरुसँग अपिल गरे । अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै उनले प्रतिबद्धतापत्रमा उल्लिखित बुँदाहरु अक्षरश कार्यान्वयनमा ल्याउने आश्वासन दिए ।

प्रगतिशील मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिवसमेत रहेका गेलालको नेतृत्वमा रहेको टिमको प्रथम उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्स प्रालिका सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक प्रालिका मधुकर रिजाल र तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआरका बैकुण्ठप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । गेलालको प्यानलबाट महासचिवमा डाइनामिक स्टाफिङ सोलुसनका कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावरका अनिल बोगटी र सचिवमा कालिञ्चोक एचआरकी धनमाया सिञ्जाली उम्मेदवार रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा माउन्टेन ग्रुपमा देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इम्प्लोइमेन्टका राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रालिका चन्द्रबहादुर लिम्बू, रियो ओभरसिजकी रमा खड्का, विनर एचआरकी हिमा गुरुङ, गल्फ इम्पेयरका दिनेश बस्नेत, आयुष ओभरसिजका कामेश्वर शाह, सिगल ओभरसिजका छत्रबहादुर बस्नेत, डेस्टिनी ह्युमन रिसोर्सका युवराज देवकोटा र गल्फ एसिया म्यानपावरका राजेश यादव रहेका छन् ।


गुरुङको प्रतिबद्धताः व्यवसायीको हितमा चौबीसै घण्टा खट्ने
Bhuwansingh2-1744277103.jpgप्रतिस्पर्धामा रहेको भुवनसिंह गुरुङ नेतृत्वको संयुक्त प्यानलले बुधबार अन्तिम चुनावीसभासहित प्रचार अभियान टुंग्याएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेकपा माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको यो गठबन्धनले चैत २६ गते सामाखुसीमा चुनावी भेला आयोजनागरी प्रतिबद्धतापत्र सार्वजनिक गरेको थियो ।

प्रतिबद्धतापत्रमा विभिन्न शीर्षकका ११ बुँदा समेटिएका छन् । जसमा संघको व्यवस्थापकीय सुधार, सय संख्याको समस्या अन्त्य, कानुनी सुधारदेखि व्यवसायी भलाइ कोष स्थापनासम्मका प्रतिबद्धता गरिएको छ । आफूलाई अनुभवी, दक्ष र परिपक्व दाबी गर्ने यो समूहले व्यवसायी र कामदारहरुको हक हित सुनिश्चित गर्ने प्रतिबद्धता व्यवसायीमाझ गरेको छ ।

अध्यक्षका प्रत्यासी गुरुङ एसोसिएसनका पूर्वअध्यक्ष एवं संघका पूर्वद्वितीय उपाध्यक्षसमेत हुन् । गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिका सञ्चालक गुरुङ गुरुङको प्यानलबाट प्रथम उपाध्यक्ष पदमा नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल उम्मेदवार बनेका छन् । यसैगरी द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रालिका हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक महेशकुमार बस्नेत,  सचिवमा आकृति रिक्रुटमेन्ट प्रालिका कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रालिका विक्रम श्रेष्ठ उम्मेदवार छन् । सचिव पदका उम्मेदवार डिम्दोङ गणतान्त्रिक मञ्चको कोटाबाट उम्मेदवार बनेका हुन् ।

गुरुङ प्यानलबाट सदस्य पदमा इम्पेरियल ओभरसिज प्रालिकी विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपाल प्रालिका देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका दीपककुमार राय, रसुवा ओभरसिज प्रालिका सुवर्ण लामा, सेक्युर नेपाल जब प्लेसमेन्ट प्रालिका सुमनराज पाण्डे, युनिक ओभरसिज प्रालिका तिलरुपा दाहाल, ग्लोबल एचआर हब प्रालिकी गीता राउत, इगल म्यानपावर कन्सल्टेन्ट प्रालिका कृष्ण ढकाल, रिजा ओभरसिज प्रालिकी रेखा शर्मा, युनिभर्सल एचआर सोलुसन प्रालिका भरत सापकोटा, राज ग्रुप अफ कम्पनीका राज लामा तामाङ र सिल्भर कर्नर इन्टरनेसनल प्रालिका कैलाश पाठक उम्मेदवार रहेका छन् ।

गुरुङले आफू वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रतिबद्धतासहित संघको नेतृत्व गर्न अगाडि बढेको बताए । यस क्षेत्रका समस्यालाई आफूले विगत १६ वर्षदेखि नियालिरहेको उल्लेख गर्दै उनले व्यवसायीलाई दुःख दिने सबै समस्याको समाधान आफूलेमात्र गर्न सक्ने दाबी गरे । यी समस्यालाई नीतिगत रुपमा सम्बोधन गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।

शक्तिको आडमा व्यवसायीलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध भई लाग्ने उनले बताए । व्यवसायीको सेवाबाहेक आफ्नो कुनै स्वार्थ नरहेको अध्यक्षका प्रत्यासी गुरुङको प्रस्टोक्ति छ । ‘म चौबीसै घण्टा व्यवसायीका लागि काम गरिरहेको छु । मलाई कुनै लोभ लालच छैन । २१ वर्ष भयो यो क्षेत्रमा काम गरेको । म काम गर्ने मान्छे हो, बोल्ने होइन,’ उनले भने । गुरुङले आफूलाई जिताए व्यवसायीको संरक्षण गर्ने प्रतिबद्धता जनाए ।
 


प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २३:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
नेपाली नागरिकले हङकङमा अनिवार्य  ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने
नेपाली नागरिकले हङकङमा अनिवार्य  ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने शुक्रबार, कात्तिक २८, २०८२
कोरियामा रहेका दूतावासका अधिकारीलाई अभिभावक बनेर काम गर्न  सञ्चारमन्त्रीको आग्रह
कोरियामा रहेका दूतावासका अधिकारीलाई अभिभावक बनेर काम गर्न  सञ्चारमन्त्रीको आग्रह शुक्रबार, कात्तिक २८, २०८२
श्रममा विभागीय मन्त्री नहुँदा बढ्दै वैदेशिक रोजगारीका समस्या
श्रममा विभागीय मन्त्री नहुँदा बढ्दै वैदेशिक रोजगारीका समस्या शुक्रबार, कात्तिक २८, २०८२
पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध
पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध बिहीबार, कात्तिक २७, २०८२
जिट्को खारेजीका लागि अध्ययन गर्दै मन्त्रालय
जिट्को खारेजीका लागि अध्ययन गर्दै मन्त्रालय बिहीबार, कात्तिक २७, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बुधबार, कात्तिक २६, २०८२
मंसिर सुरुबाटै कोरियन भाषा परीक्षा
मंसिर सुरुबाटै कोरियन भाषा परीक्षा बुधबार, कात्तिक २६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP