Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • समाजको ऐना पत्रकारका पीडा र वास्तविकता
समाजको ऐना पत्रकारका पीडा र वास्तविकता
रमेशकुमार बोहोरा
रमेशकुमार बोहोरा बिहीबार, चैत २१, २०८१

पत्रकारले धेरैका आवाज उठाउँछ, तर उसको आफ्नै आवाज सुनिँदैन । न त उसको सुरक्षाको ग्यारेण्टी हुन्छ, न त जीवन बिमा । ‘बिमा’ भन्नु कुन चरीको नाम हो, थाहा छैन । ‘सुरक्षा’ शब्द त केवल सरकारी नाराजस्तो लाग्छ । घरपरिवारको भविष्यको योजना बनाउँदा पनि अल्मलिन्छ, किनभने स्थायित्व भन्ने चिज यो पेसामा विरलै भेटिन्छ ।

हिजो पत्रकारिता निष्पक्षताको नजिक थियो, तर आज व्यापारमुखी बनेको छ । विज्ञापनदाताको प्रभाव बढ्दै गएको छ । सम्पादकीय स्वतन्त्रता संकुचित भइरहेको छ । कतिपय सञ्चारमाध्यमहरू निश्चित राजनीतिक गुट वा व्यावसायिक समूहको स्वार्थअनुरूप सञ्चालन भइरहेका छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा पत्रकारिताले निष्पक्षता, सत्यता र समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्छ । पत्रकारिता व्यापारमात्र होइन, समाज सेवा पनि हो भन्ने दृष्टिकोण राख्नुपर्छ । यतिमात्र गर्न सकियो भने पत्रकारिताले आफ्नो गौरवशाली इतिहासलाई निरन्तरता दिँदै भविष्यमा अझ प्रभावकारी भूमिका खेल्न सक्छ ।

पत्रकारिता पेसा नाममात्रै ठूलो, गरिमा देख्दा लोभलाग्दो तर भित्री कथा सुन्दा रुँदै निदाउनुपर्ने । बाहिरबाट हेर्दा आकर्षक, समाज परिवर्तनको संवाहक देखिने यो पेसा भित्र पस्दामात्र वास्तविकता थाहा हुन्छ । समाजका ठूलाबडाका गफ सुन्ने, नीति निर्माताको निर्णयको समीक्षा गर्ने, सडकदेखि संसद्सम्म आवाज उठाउने तर आफ्नै आवाज सुनाउने कोही नभएको जीवन हो पत्रकारको ।

बिहान घाम झुल्किनुअघि नै काम सुरु हुने, रात परेपछि मात्र घर फर्किने । न घरको मेलो, न आरामको समय । एउटा समाचार सकाएर दोस्रो सुरु गर्नुअघि सास फेर्न पनि मुस्किल पर्ने । पत्रकारको दिनचर्या अजब गजबको हुन्छ । बिहान उठ्नेबित्तिकै फोन घनघनाउँछ । ‘आजको मुख्य खबर के होला ?’ यो प्रश्नको उत्तर खोज्नै पर्छ । इन्टरनेट खोतल्नुपर्छ, स्रोतसँग कुरा गर्नुपर्छ, सडकमा निस्किनुपर्छ । पत्रकार सम्मेलनमा जानुपर्छ, आन्दोलनको भीडमा हराउनुपर्छ ।

हिजो सरकारको बचाउ ग¥यो भने आज विरोधमा बोल्नुपर्छ । निष्पक्षताको धागोमा हिँड्नुपर्छ । कोही रिसाउँछन्, कोही धम्क्याउँछन् । कहिलेकाहीँ आफ्नै सहकर्मीले गाली गर्छन्, ‘तँ सत्ताको दलाल भएछस !’पत्रकारले धेरैका आवाज उठाउँछ, तर उसको आफ्नै आवाज सुनिँदैन । न त उसको सुरक्षाको ग्यारेण्टी हुन्छ, न त जीवन बिमा । ‘बिमा’ भन्नु कुन चरीको नाम हो, थाहा छैन । ‘सुरक्षा’ शब्द त केवल सरकारी नाराजस्तो लाग्छ । घरपरिवारको भविष्यको योजना बनाउँदा पनि अल्मलिन्छ, किनभने स्थायित्व भन्ने चिज यो पेसामा विरलै भेटिन्छ ।

Hardik health

खोज पत्रकारिता गर्नेले सधैं जोखिम उठाउनुपर्छ । शक्तिशाली अपराधीहरू, भ्रष्ट अधिकारीहरू, माफियाहरूको पोल खोल्ने हिम्मत गर्दा ऊ आफैं खतरा मोलेर हिँड्नुपर्छ । कहिले धम्की आउँछ, कहिले अनौठो दुर्घटना हुन्छ । कतिपय पत्रकार त हराएरै जान्छन् । आर्थिक अवस्था झन् बेहाल । नाम चलेका केहीबाहेक धेरै पत्रकारको तलब सामान्य कर्मचारीको जतिकै हुन्छ । कहिले समयमै तलब आउँछ, कहिले आउँदैन । ‘प्रेस कार्ड’ देखाएर चियाको चुस्की पिउने होटलकै साहुजीले पनि पैसा तिर्न दबाब दिन्छ ।

दैनिक खर्चको हिसाब गर्न नसक्ने अवस्थामा पुग्छ कतिपय पत्रकार । दिनभरि भोकभोकै हिँडेर रिपोर्टिङ गर्ने, राति फर्केर चाउचाउको झोल खाएर निदाउने अवस्था । महिनाको अन्त्यमा दुई पैसा बचत होला भनेर दूध तताउने प्रयास गर्छ, तर बैंक खाताले कहिल्यै साथ दिँदैन । यो पेसामा बस्नेहरूले उत्साहका साथ काम गर्छन् । समाज परिवर्तनको सपना देख्छन् । जनताका मुद्दा उठाउँछन् । सरकारलाई कठघरामा उभ्याउँछन् । तर जब आफ्नो व्यक्तिगत जीवन हेर्छन्, लाग्छ– वसन्त ऋतु त हेर्नकै लागिमात्रै रहेछ !

हिजो र आजको पत्रकारिता
हिजोको पत्रकारिता छापा माध्यममा आधारित थियो । अखबार, रेडियो, टेलिभिजनजस्ता पारम्परिक सञ्चारमाध्यमहरू नै सूचनाको प्रमुख स्रोत थिए । खोज पत्रकारिता प्रवल थियो, समाचार तयार पार्न समय लाग्थ्यो, सत्यतथ्य पुष्टि गर्न गहिराइमा अध्ययन गरिन्थ्यो । समाचार लेख्दा नैतिकता, वस्तुनिष्ठता र तथ्यपरकता अत्यावश्यक मानिन्थ्यो ।

आजको पत्रकारिता डिजिटल युगमा प्रवेश गरेको छ । समाचारको गति तीव्र भएको छ, तर सत्यता गुम्ने खतरा पनि बढेको छ । अनलाइन पोर्टल, सामाजिक सञ्जाल र युट्युब च्यानलहरूले पत्रकारिताको रूप बदलिदिएको छ । तत्काल प्रतिक्रिया दिने दबाबका कारण तथ्य जाँच्न नपुग्ने समस्या देखिन्छ । पत्रकारमात्र होइन, सामाजिक सञ्जालका प्रयोगकर्ताहरू नै समाचार स्रोत बन्न पुगेका छन् ।

हिजो पत्रकारिता निष्पक्षताको नजिक थियो, तर आज व्यापारमुखी बनेको छ । विज्ञापनदाताको प्रभाव बढ्दै गएको छ । सम्पादकीय स्वतन्त्रता संकुचित भइरहेको छ । कतिपय सञ्चारमाध्यमहरू निश्चित राजनीतिक गुट वा व्यावसायिक समूहको स्वार्थअनुरूप सञ्चालन भइरहेका छन् । तर, प्रविधिले पत्रकारितालाई सहज पनि बनाएको छ ।

सूचना तत्काल फैलाउन सकिन्छ, दूरदराजका घटनाहरू पनि छिट्टै सार्वजनिक गर्न सकिन्छ । नागरिक पत्रकारिता फस्टाएको छ ।हिजोको भन्दा आजको पत्रकारिता चुनौतीपूर्ण छ, तर अवसर पनि उत्तिकै छ । पत्रकारहरूले सत्यता, विश्वसनीयता र निष्ठालाई कायम राखेमात्र पत्रकारिताको गरिमा जोगिन सक्छ ।

अबको बाटो
अबको पत्रकारिता गुणस्तरीय, सत्यपरक र जनउत्तरदायी हुनुपर्छ । पत्रकारहरूले सत्यतथ्य पुष्टि गर्ने अभ्यासलाई प्राथमिकता दिनुपर्छ । ‘छिटोभन्दा सही’ भन्ने मानसिकता विकास गर्नुपर्छ । खोज पत्रकारितालाई प्रविधिसँग मिलाएर अझ प्रभावकारी बनाउन आवश्यक छ । स्वतन्त्र पत्रकारिता जोगाउन सम्पादकीय स्वतन्त्रता कायम राख्नुपर्ने हुन्छ । सञ्चारमाध्यमहरू आर्थिकरूपमा आत्मनिर्भर हुन सक्ने संरचना तयार पार्नुपर्छ, जसले गर्दा विज्ञापनदाताको प्रभाव कम होस् ।

नागरिक पत्रकारिताको विस्तारलाई सही ढंगले परिचालित गर्नुपर्छ । कुनै पनि समाचार सामाजिक सञ्जालमा छरिनुअघि त्यसको सत्यता जाँच गर्ने संस्कार विकास गर्नुपर्छ । पत्रकारहरूको पेसागत सुरक्षाको व्यवस्था राज्य र सञ्चार संस्थाले गर्नुपर्छ । जीवन बिमा, स्वास्थ्य बिमाजस्ता सुविधाहरू उपलब्ध गराइने वातावरण बनाउन जरुरी छ ।

सबैभन्दा महत्वपूर्ण कुरा पत्रकारिताले निष्पक्षता, सत्यता र समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्छ । पत्रकारिता व्यापारमात्र होइन, समाज सेवा पनि हो भन्ने दृष्टिकोण राख्नुपर्छ । यतिमात्र गर्न सकियो भने पत्रकारिताले आफ्नो गौरवशाली इतिहासलाई निरन्तरता दिँदै भविष्यमा अझ प्रभावकारी भूमिका खेल्न सक्छ ।

(लेखक अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुन्)
 


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP