Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावर व्यवसायी र एजेन्टलाई जिम्मेवार बन्न दूतावासको आग्रह
मलेसियामा न्यूनतम पारिश्रमिकको समस्या म्यानपावर व्यवसायी र एजेन्टलाई जिम्मेवार बन्न दूतावासको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १३, २०८१

काठमाडौ– मलेसियास्थित नेपाली दूतावासले त्यहाँ सुरक्षा गार्डमा कार्यरत नेपालीहरुले न्यूनतम पारिश्रमिक र सुविधा नपाएको समस्याप्रति ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयमा प्राप्त भएको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा श्रमिकहरुले मलेसिया सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नपाएको, मलेसियाको श्रम ऐन तथा रोजगारदाता र श्रमिकबीच भएको सम्झौतामा भएका प्रावधानहरुको कार्यान्वयन नभएकोलगायत गुनासो प्राप्त भएको जानकारी दिइएको छ । यसैगरी सुरक्षा गार्डमा निरन्तर रुपमा दिनको १२ घण्टा, हप्ताको सात दिन र महिनाको ३० दिन काम गर्नु परेकोले आराम गर्ने समय नपाएको र अतिरिक्त समयमा गरेको कामको उचित पारिश्रमिक नपाएको गुनासोसमेत दूतावासमा प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । 

‘रोजगारदाताहरुले तोकिएको मापदण्डअनुसारको उपयुक्त वासस्थानको व्यवस्था नगरेको, कतिपय वासस्थानमा खाना पकाउनेलगायतका न्यूनतम सुविधाको व्यवस्था नभएको, नेपालबाट सुरक्षा गार्डको काममा मलेसिया आउने श्रमिकहरु नेपालमै मोटो रकम तिरेर आउनुपर्ने भएकाले शोषणमा पर्ने गरेको जस्ता गुनासाहरु प्राप्त भएका छन्,’ दूतावासले भनेको छ । 

श्रमिकहरुले दिनहुँ भोग्नुपरेका उल्लिखित समस्याहरुको सम्बोधन गर्न नेपालका वैदेशिक रोजगार व्यवसायी, मलेसियास्थित श्रमिक भर्ना गर्ने एजेन्सी तथा एजेन्टहरुलाई जिम्मेवार बन्न दूतावासले आग्रह गरेको छ । मलेसियामा श्रमिक भर्ना प्रक्रियालाई पारदर्शी, मर्यादित, भरपर्दाे, सुरक्षित र व्यवस्थित बनाउन नेपालका श्रम ऐनहरुले सुनिश्चित गरेका प्रावधानहरुलाई पूर्णरुपमा कार्यान्वयन गर्न पनि दूतावासले आह्वान गरेको छ ।

Hardik health

साथै, नेपाली श्रमिक भर्ना प्रक्रियामा अस्वस्थ प्रतिस्पर्धा भइरहेकोप्रति दूतावासले चासो देखाएको छ । मलेसियामा सुरक्षा गार्ड भर्नाको कोटा खुला भएपछि श्रमिक भर्ना प्रक्रिया अश्वस्थ भएकाले श्रमिकहरुको चरम शोषण हुने जोखिम बढेको जनाइएको छ । यस्ता अवाञ्छित कार्यहरुमा संलग्न नहुन राजदूतावासले अनुरोधसमेत गरेको छ । मलेसिया सरकारबाट सन् २०२५ को फेबु्रअरीदेखि लागू हुनेगरी वृद्धि गरिएको न्यूनतम तलब नपाएको खण्डमा दूतावासमा सम्पर्क गर्न श्रमिकहरुलाई आग्रह गरिएको छ । समस्यामा परेका श्रमिकले दूतावासको हटलाइन नम्बर, इमेल वा फेसबुक पेजमा उपलब्ध गराइएको अनलाइन फाराम भरेर पनि जानकारी गराउन सक्ने दूतावासले जानकारी दिएको छ । 

मलेसियामा विशेषगरी सुरक्षा गार्डमा गएका श्रमिकहरुले पाउनुपर्ने सेवासुविधा नपाएको गुनासो आएको विषय गत साता पूर्वश्रममन्त्री डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा उठाएका थिए । श्रमिकहरुले ठगीएको र समस्यामा परेको कुरा दूतावासमा राख्दा बेवास्ता गर्ने गरेको गुनासो दैनिक आएको उनको भनाइ थियो । त्यसलगत्तै मलेसियास्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमा समस्यामा परेका श्रमिकलाई फाराम भरेर गुनासो राख्न अनुरोध गरेको थियो । दूतावासको उक्त पोस्टमा श्रमिकहरुले तोकिएको न्यूनतम १७ सय मलेसियन रिंगिट र अन्य सेवासुविधा पनि नपाएको प्रतिक्रिया दिएका थिए । त्यसरी गुनासो गर्नेहरुले दूतावासमा उजुरी गर्ने श्रमिकले कम्पनीबाट उल्टै कारबाही सहनुपर्ने र केहीलाई नेपाल फर्काइएकोसमेत उल्लेख गरेका थिए ।


दूतावासको विज्ञप्तिमाथि श्रमिकको आक्रोश
मलेसियास्थित नेपाली दूतावासको फेसबुक पेजमा मंगलबार प्रकाशित विज्ञप्तिमा श्रमिकहरुले आक्रोश पोखेका छन् । दूतावासको पेजमा प्रतिक्रिया दिने प्रायः सबै श्रमिकले दूतावासले विज्ञप्ति निकालेर ‘कर्मकाण्डी’ काम गरेको आरोप लगाएका छन् । यदि दूतावासले वास्तविक समस्या समाधान गर्ने हो भने श्रमिकहरु कस्तो अवस्थामा काम गर्छन्, बस्छन्, खान्छन् जस्ता विषयमा प्रत्यक्ष बुझ्नुपर्ने धारणा उनीहरुले राखेका छन् ।

सन्तबहादुर राईले लगातार छ दिनसम्म दूतावासको तीनवटा नम्बरमा कल गर्दा पनि फोन नउठेको गुनासो गरेका छन् । गुनासो गर्दै राम थापा लेख्छन्, ‘मलेसियाको एम्बेसीमा कति पटक फोन र इमेल गर्नुपर्ने हो ? रेस्पोन्स भन्ने कुरै छैन । सेक्युरिटी गार्डमा कति समस्या छ, एम्बेसीलाई पूरै थाहा छ । भएर के गर्नु काम सुक्को गर्ने होइन ।’ 

त्यस्तै सुरेशसिंह विष्टले दूतावासले पासपोर्ट बनाइदिनेबाहेक केही काम नगरेको जनाएका छन् । कविराज राईले पनि पैसा तिर्नुपर्ने काम तुरुन्तै बन्ने तर फोन उठाउने, मेसेजको रेस्पोन्स गर्नेजस्ता काम दूतावासले नगरेको गुनासो गरेका छन् । त्यस्तै सन्देश श्रेष्ठले मार्च १२ मा बुझाएको फारामको अहिलेसम्म प्रतिक्रिया नआएको जनाएका छन् ।
a


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP