Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
विचार
  • Home
  • विचार
  • जनसङ्ख्याका आधारमा थारूको प्रतिनिधित्व हुनुपर्छः गंगाराम चौधरी डगौरा
जनसङ्ख्याका आधारमा थारूको प्रतिनिधित्व हुनुपर्छः गंगाराम चौधरी डगौरा
सुशील दर्नाल
सुशील दर्नाल मंगलबार, चैत १२, २०८१
गङ्गाराम चौधरी डगौरा

काठमाडौं - प्रतिनिधिसभाको अनुभव मेरो लागि नयाँ हो । विसं २०७९ को निर्वाचनबाट निर्वाचित भएको हो । त्यो भन्दा पहिला सांसद भएको थिइनँ । सुरुमा सङ्घीय संसद् प्रतिनिधिसभाले गर्नुपर्ने काम, कर्तव्य, अधिकारका बारेमा अध्ययन गर्न समय लाग्यो । संसदीय नियमावली अध्ययन गर्न समय लाग्यो । हामी सांसदको काम भनेको कानुन बनाउने हो । तर जनताको बुझाइ फरक छ । जनताले सांसदबाट विकास अपेक्षा गरेका छन् । विकास सांसदले होइन सरकारले गर्ने हो । त्यो कुरा जनताको बुझाइमा फरक परेको छ । 

खासगरी जनताका मुद्दालाई संसद्मा उठाउँदै आएको छु । संसद्मा उठाएका कतिपय सवाल कार्यान्वयन पनि भएको छ । प्रतिनिधिसभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्त्वपूर्ण संस्था हो । शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माण गर्नेजस्तो महत्त्वपूर्ण कार्य व्यवस्थापन कार्यविधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ । संविधान केही हदसम्म कार्यान्वयन भएको छ । कार्यान्वयन हुन अझै बाँकी छ । 

शिक्षा ऐन, निजामती ऐन र प्रहरीलगायतका महत्त्वपूर्ण ऐनहरू बन्ने क्रममा छन् । सरकारले अध्यादेशमार्फत सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१ ल्याएको छ । त्यसैगरी निजीकरण संशोधन अध्यादेश–२०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ ल्याएको छ । यी अध्यादेशमध्ये कतिपय विधेयक प्रतिनिधिसभाबाट पारित भएका छन् । 

महिलाको हकबाट हेर्दा पनि संविधान केही मात्रामा कार्यान्वयन भएको छ । प्रतिनिधिसभाको सवालमा धारा ८४ उपदफा ८ मा व्यवस्था गरिएको ‘सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा एकतिहाइ महिला हुनुपर्ने’ व्यवस्था कार्यान्वयन भएको छ । अहिले प्रतिनिधिसभामा ३४ प्रतिशत महिलाको सहभागिता छ । तर थारू समुदायका बारेमा संविधानमा उल्लेखित व्यवस्था कार्यान्वयन हुनसकेको छैन ।

Hardik health

‘संविधानको धारा १८ र धारा ४२ ले राज्यको हरेक तह र तप्कामा थारू समुदायको समानुपातिक समावेशीको सिद्धान्तअनुसार सहभागी हुने सनिश्चितता गरेको छ । तर त्यसको कार्यान्वयन हुनसकेको छैन । मौलिक हक कार्यान्वयनका लागि संविधानको धारा ४७ ले संविधान लागू भएको तीन वर्षभित्र कानुन बनाई कार्यान्वयन गर्ने बाध्यात्मक व्यवस्थासमेत गरेको छ । त्यसको पनि कार्यान्वयन हुनसकेको छैन । थारू समुदायलाई संविधानले दिएको अधिकारमा स्पष्ट ऐन, कानुन नहुँदा राज्यका हरेक निकायमा अवसर लिनबाट वञ्चित भएका छन् । राज्यले संवैधानिक आयोगका रूपमा संविधानको धारा २६३ मा थारू आयोगको व्यवस्था गरेको छ । थारु आयोग भने गठन भएको छ । 

नेपालको तराई क्षेत्रमा थारू समुदायको सबैभन्दा बढी जनसङ्ख्या रहेको छ । सुर्खेत, दाङ र चितवनलगायत जिल्लाका विभिन्न स्थानमा थारू समुदायको बसोबास छ । सरकारले थारू जातिलाई लोकजातिका रूपमा मान्यता दिएको छ । निजामती, नेपाल प्रहरी, नेपाली सेना र संस्थानलगायत सरकारी जागिरमा थारू जातिको जनसङ्ख्याका आधारमा आरक्षणको व्यवस्था गर्नुपर्छ । 

विसं २०७८ को जनगणनाअनुसार थारू समुदायको जनसङ्ख्या १८ लाख सात हजार एक सय २४ छ । त्यही जनसङ्ख्याका आधारमा उनीहरूको राज्यका निकायमा सहभागिताको सुनिश्चित हुनुपर्छ ।  ‘थरुहट प्रदेश’ हुनुपर्छ भन्ने हाम्रो माग रहँदै आएको छ । थारू सामुदायको बाहुल्य रहेका गाउँपालिका र नगरपालिकामा सरकारी कामकाजको भाषाको रुपमा थारू भाषालाई मान्यता दिलाउनुपर्ने हाम्रो अर्को माग हो । थारू र मधेसी समुदायका निम्ति संविधान संशोधन गर्न आवश्यक छ । संविधानमा उनीहरूको खास अधिकार सुनिश्चित हुनसकेको छैन । पार्टीहरूले आफ्नो स्वार्थका लागि संविधान संशोधन गर्नु हुँदैन । अधिकार नपाएका जनताको पक्षमा संशोधन गर्नुपर्छ । 

सुशासनका निम्ति सरकारले भ्रष्टाचारीलाई कानुनअनुसार कडा कारबाही गर्नुपर्छ । हाम्रो देशमा ठूलाठूला नेताले भ्रष्टाचार गर्दा सरकारले बचाइरहेको हुन्छ । त्यसरी आफ्ना नेता, कार्यकर्तालाई जोगाउने हो भने कसरी भ्रष्टाचार रोकिन्छ । कसरी देशमा सुशासन हुन्छ ? कानुन सबैका लागि समान हुनुपर्छ । देशको अवस्था वर्तमान सरकारले बिगारेको होइन । देशको अवस्था, जनताको अवस्था पहिलेदेखि बिग्रिँदै आएको हो । पहिलादेखि नै सरकारले सञ्चालन गरेका कलकारखाना र उद्योग बन्द हुँदै आएका छन् । तर यो सरकारले देशभित्र उद्योग र कलकारखाना खोल्नेतर्फ ध्यान दिनुपर्छ । देशभित्र नै रोजगारी निर्माण गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ । हामीले आयातलाई भन्दा निर्यातमा जोड दिनुपर्छ । अब आयातलाई कम गर्दै जानुपर्छ । उत्पादनमा जोड दिनुपर्छ । सरकारले पनि उत्पादनमा लगानी बढाउनुपर्छ । 

बजेट नेतामुखीभन्दा पनि जनतामुखी हुनुपर्छ । हाम्रोमा नेतामुखी बजेट भएर जनताको अवस्थामा परिवर्तन हुनसकेको छैन । सबै मन्त्रीहरुले आफू निर्वाचित क्षेत्रमा मात्रै बजेट दिने हो भने अरु ठाउँको विकास कसरी हुन्छ ? अरु देशमा पढ्दै काम गर्दै गर्न पाइन्छ । हाम्रो देशको शिक्षा प्रणाली त्यस्तो छैन । हाम्रो दशेका पढेर सकिसकेपछि पनि रोजगारी पाउन गाह्रो छ । त्यसैले सबैभन्दा पहिला शिक्षा प्रणाली नै परिवर्तन गरेर रोजगारमूलक शिक्षा प्रणाली बनाउनुपर्छ । रोजगारसँग सम्वन्धित शिक्षा प्रणाली हुनुपर्छ । नेपाली युवा विदेश जाने अध्ययनका लागि भने पनि कामै गर्न जाने हो । हो, त्यो काम हामीले दिन सक्नुपर्छ नेपालमै ।  

प्रतिनिधिसभाका सांसद गङ्गाराम चौधरी डगौराको परिचय
 
नागरिक उन्मुक्ति पार्टीका महासचिव र संसदीय दलको नेतासमेत रहनुभएका गङ्गाराम चौधरी डगौरा प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । विसं २०५२ देखि नेपाली कांग्रेस पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सांसद डगौरा २०७९ सालमा कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो । उहाँ राजनीतिमा प्रदेश गरेदेखि नै थारू समुदायको अधिकारका निम्ति सक्रिय हुँदै आउनुभएको छ ।   


प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ? सोमबार, फागुन २५, २०८२
लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन
लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन शुक्रबार, फागुन २२, २०८२
फागुन २१ दलहरूको अग्निपरीक्षा 
फागुन २१ दलहरूको अग्निपरीक्षा  बुधबार, फागुन २०, २०८२
भोट के मा ? 
भोट के मा ?  मंगलबार, फागुन १९, २०८२
निर्वाचन अमूल्य मत सदुपयोगको अवसर
निर्वाचन अमूल्य मत सदुपयोगको अवसर मंगलबार, फागुन १९, २०८२
चुनावमा सहभागी हुन आतुर छन् मतदाता
चुनावमा सहभागी हुन आतुर छन् मतदाता आइतबार, फागुन १७, २०८२
नेपाली राजनीति र महिला सहभागिताको सवाल
नेपाली राजनीति र महिला सहभागिताको सवाल शुक्रबार, फागुन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP