Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #जसपा नेपाल
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #टेम्केमैयुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एसइई परीक्षार्थीलाई शुभकामना
एसइई परीक्षार्थीलाई शुभकामना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ७, २०८१

आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदै छ । कक्षा १० का विद्यार्थी सहभागी हुने यो परीक्षाका लागि दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । यसपटक पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी एसइईमा सहभागी हुँदै छन् । यो गत वर्षको तुलनामा ४९ हजार २८६ जनाले बढी हो । २०८० मा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । 

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसइई परीक्षा दिने र काठमाडौंको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।  

यस वर्षको एसइईमा कीर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदनबाट पनि चार जना एचआइभी संक्रमित विद्यार्थीले परीक्षा दिने भएका छन् । चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने परीक्षाको नतिजा असार ७ गतेभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुने पनिकाले जनाएको छ । 

Hardik health

लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । असअघि २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । त्यसैले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका कारण विद्यार्थीको उत्तीर्णदर कम भएको बताउँदै आएका छन् ।

कुनै बेला उच्च शिक्षाका लागि फलामे ढोका मानिएको एसइईको महत्व अझै घटेको छैन । विद्यालय जीवन छाडेर कलेज जीवनमा प्रवेश गर्ने परीक्षालाई अभ्यासको रुपमा लिनुपर्छ । यद्यपि, अहिले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा मानिएको छ । निर्धक्क भएर बुझेर जवाफ लेख्दामात्र आफ्नो उचित मूल्यांकन हुने गर्छ । हुन त एसइई ‘मास टेस्ट’ हो । यो परीक्षा दिन मानसिकरुपमा तयार हुनुपर्छ । 

कतिपय विद्यार्थी मानसिक रुपमा तयार नहुँदा उसले चाहेको नम्बर ल्याउन नसक्ने अवस्था आउन सक्छ । त्यसैले पनि एसइई नै सबथोक हो भनेर तनाव लिन हुन्न । आफूले जानेको विषयमा निडर भएर जवाफ लेख्दा नै यसको नतिजा राम्रो आउन सक्छ । त्यसैले सरकारको लक्ष्य ७० प्रतिशतभन्दा बढी सतप्रतिशत उतीर्ण हुने प्रयास सबैले गर्नुपर्छ । सबै विद्यार्थी भाइबहिनीलाई एसइईको शुभकामना ।
 


प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती आइतबार, फागुन १७, २०८२
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ शुक्रबार, फागुन १५, २०८२
आचारसंहिता कार्यान्वयनमा निरीह आयोग
आचारसंहिता कार्यान्वयनमा निरीह आयोग बिहीबार, फागुन १४, २०८२
सडक कि मृत्युमार्गः कहिलेसम्म दराजमा थन्किने प्रतिवेदन ?
सडक कि मृत्युमार्गः कहिलेसम्म दराजमा थन्किने प्रतिवेदन ? बुधबार, फागुन १३, २०८२
हिमाली जिल्लाका मतदातालाई मतदानमा सहभागी गराऊ
हिमाली जिल्लाका मतदातालाई मतदानमा सहभागी गराऊ मंगलबार, फागुन १२, २०८२
निर्वाचनको माहोल बिग्रन नदेऊ
निर्वाचनको माहोल बिग्रन नदेऊ सोमबार, फागुन ११, २०८२
आश्वासनमा केन्द्रित दलका घोषणापत्र
आश्वासनमा केन्द्रित दलका घोषणापत्र आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP