Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • द्वन्द्वको असर अमेरिकी ‘डिपोर्ट’सम्म
द्वन्द्वको असर अमेरिकी ‘डिपोर्ट’सम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २३, २०८१

आवश्यक कागजात नभएका र गैरकानुनी रुपले काम गर्न थालेकाहरुलाई अमेरिकाले धमाधम सम्बन्धित नागरिककै देशमा फर्काउँदै छ । यही क्रममा नेपालीहरुलाई पनि फर्काउने क्रम जारी छ । बुधबारमात्र यसरी नै ९ जना नेपाली त्रिभुवन विमानस्थल हुँदै काठमाडौं झरे । रोचक त के हो भने कागजात नभएकालाई आफ्नै समन्वयमा ‘ट्राभल डकुमेन्ट’ बनाएर अमेरिकाले आफ्नै विमानमा उडाउँदै ‘डिपोर्ट’ गरिरहेको छ ।

९० लाख रुपैयाँसम्म तिरेर नेपाल छाडेर उनीहरु किन अमेरिका छिरे ?  यसको दोष जोखिम मोल्दै अमेरिका छिर्नेहरुकोमात्र छैन । अमेरिकामा भएका नेपालीहरुको मिलेमतो, गिरोहहरुको सक्रियता, नेपाली समाजले युवा पुस्तामाथि गरिएको दबावमुलक आशाले पनि यो गतिविधि भइरहेको छ । अझ यो माओवादी र सरकारबीचका लामो द्वन्द्वको असर हो ।

अमेरिकाबाट नेपाल पठाइएकाहरु धेरै खुल्न चाहेका देखिँदैनन् तर उनीहरु माओवादीपीडित भन्दै मेक्सिको हुँदै प्रवेश गरेकाहरु भन्ने चाहि प्रष्टै भएको छ । २०५२ बाट शुरु भएको माओवादी युद्धका कारण धेरैले द्वन्द्वपीडित भन्दै बिना कागजातमा अमेरिका छिरेका छन् । उनीहरुलाई शरणार्थीका रुपमा एसालइम कागजात दिएर अमेरिकाले शरण दिने व्यवस्था गरेको थियो । ओबामा प्रशासन, बाइडेन प्रशासनले यस्तो मौका दिइरह्यो । यसरी अमेरिका छिरेका धेरै त नेपाल फर्केर अहिले नेता बनिसकेका छन् ।

Hardik health

उनीहरुकै बाटो पछ्याउँदै डंकी रुट नापेका पछिल्ला नेपालीहरुको भने एसाइलम दाबी अमेरिकाले अस्विकृत गर्दै आएको छ । कारण माओवादी द्वन्द्व हटेकै २० वर्ष पुग्न लागिसकेको छ ।  यो अवधिमा पनि गत वर्ष २०२३ मा माओवादी पीडित भन्दै २० जनाले युएसआइसीआइएस अर्थात युनाइटेड स्टेट्स सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस्बाट एसाइलम पाएका थिए । त्यहाँको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार सन् २०१९ मा ६०६ जना नेपालीले एसालइम पाएका थिए ।  

एसाइलम पाउनका लागि नेपालीहरुले नेपाली पत्रपत्रिकामा आफूलाई माओवादीबाट ज्यान मार्ने धम्की आएको भन्ने विवरण भरेर समाचार लेख्न लगाउँछन् । उक्त पत्रिका वा अनलाइन समाचार देखाएर त्यहाँका वकिलहरुले एसालइम अपिल गर्छन् । माओवादीलाई अमेरिकाले अतांककारी सूचीबाट हटाएको दशक पुग्न लागिसकेको छ ।

तर पनि नेपाली गिरोहहरुले युवाहरुलाई सपना देखाएर अमेरिका प्रवेश गराउने क्रम जारी नै छ । अमेरिकाले काठमाडौं ल्याएर छाडेका रोल्पा, रुकुमका धेरै भएको देखिन्छ । यो ठाउँ माओवादीकै पकड क्षेत्र मानिन्छ । उनीहरुसँग म्यादसहितको पासपोर्ट पनि थियो । तर अमेरिकाले त्यहाँ काम गर्ने इजाजत भने दिएको थिएन । यही पासपोर्टमा काम गरेको पाइएकोले उनीहरु फर्काइएको हो । द्वन्द्वको लामो असर हो यो, यसैले यस्तो घटनाबाट पाठ सिकेर देशलाई फेरि द्वन्द्वतिर धकेल्ने कामतिर कुनै समूह लाग्नु हुन्न । 


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP