Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • प्रथम क्यानियोनिङ फेस्टिभल सम्पन्न, सहभागीहरुले लिए रोमाञ्चक खेलको मज्जा 
प्रवर्धनको पर्खाइमा  साहसिक र रोमाञ्चक खेल क्यानियोनिङ प्रथम क्यानियोनिङ फेस्टिभल सम्पन्न, सहभागीहरुले लिए रोमाञ्चक खेलको मज्जा 
दिपा सुनुवार
दिपा सुनुवार मंगलबार, फागुन २०, २०८१

काठमाडौं – प्रथम क्यानियोनिङ फेस्टिभल–२०२५सफलतापूर्वक सम्पन्न भएको छ । साहसिक र रोमाञ्चक खेल क्यानियोनिङ प्रवर्धन गर्ने उद्देश्य राख्दै बोर्डरल्याण्डस् इको एडभेन्चर रिर्सोटले सिन्धुपाल्चोकको बोर्डरल्याण्डमा रहेको केनौपाँच र वल्र्ड जम्बोमा उल्लेखनीय सहभागीहरुका उपस्थितिमा तीन दिने प्रथम क्यानियोनिङ फेस्टिभल–२०२५सफलतापूर्वक सम्पन्न गरेको हो  ।

क्यानियोनिङ, जसमा ढुंगा चढ्ने, पौडिने र नदीका खोँचहरूमा र्यापेलिङ गर्ने विधिहरू समावेश हुन्छन् । यो युरोपमा अत्यधिक लोकप्रिय खेल हो । नेपालमा भने प्रशस्त नदीहरू र खोँचहरू भए पनि यो खेल अझै पनि कमै मात्र प्रचलनमा छ ।

canyoning-festival-2025-k95-1741082028.jpg
हिमाल,पहाड र तराई मिलेर बनेको नेपाल अनेकौँ सस्कृति र सत्कारको थलो हो । विश्वमा  ८,००० मिटरभन्दा अग्ला १४ शिखरहरूको  थलो, ऐतिहासिक पदमार्गहरू र हरियाली जंगलहरूको देश, साहसिक खेलप्रेमीहरूका लागि उपयुक्त गन्तव्य मानिन्छ । ट्रेकिङ, पर्वतारोहण र ¥याफ्टिङ जस्ता गतिविधिहरू प्रख्यात भए पनि हालका दिनमा नयाँ साहसिक खेल क्यानियोनिङलाई प्रवर्धन गर्ने पहलहरू थालिएको छ ।नेपालमा साना तथा ठूला गरी छ हजारभन्दा बढी नदीहरू रहेका छन् भने एक सय मिटरभन्दा अग्ला झरनाहरूको प्रशस्तै भेटिन्छन् । त्यस्ता झरनाहरुमध्ये केहि प्रख्यात झरनाहरुमा तेह्रथुमको ह्यांगे ,म्याग्दीको रुप्से,पर्वतको देविस्थान, लमजुङको बहुनडाँडा,रोल्पाका सिल्वाङ, सिन्धुपाल्चोकको पञ्चपोखरी, काभ्रेको तादे झरना, चितवनको जलबिरे झरना नेपालमा निकै प्रख्यात छन् । यी  स्रोतहरुलाई व्यवसायिक रुपमा प्रयोग गर्न सकिए राष्ट्रको अर्थतन्त्रमा निकै टेवा पुग्ने सम्भावना बोकेको छ ।

हालै बोर्डरल्याण्डस् इको एडभेन्चर रिसोर्टले जुन फेबु्रवरी २८ देखि मार्च २ सम्म पहिलो क्यानियोनिङ फेस्ट–२०२५ आयोजना गरी सम्पन्न गरेको छ । नेपालका अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त क्यानियोनङ गाइडहरू र विभिन्न जिल्लाबाट सहभागीहरू यस कार्यक्रममा उपस्थित भएका थिए। क्यानियोनङ गाइड र विज्ञहरूका अनुसार नेपालमा क्यानियोनिङको सम्भावना अपार छ। तर व्यवसयिक र रणनीतिक रूपमा प्रवर्धन गरिएमा मात्र यस खेलले नेपालका साहसिक पर्यटनमा नयाँ क्रान्ति ल्याउन सक्ने सम्भावना बोकेको छ ।

Hardik health

नेपालमा क्यानियोनिङको प्रवेश सन् १९९६ मा बोर्डरल्याण्डस् इको एडभेन्चर रिसोटका सञ्चालक मेघ आलेले अष्ट्रियाबाट तालिम लिएर फर्किएपछि भएको थियो । सुरुमा विदेशी प्रशिक्षकहरूबाट प्रशिक्षण लिइए पनि अहिले भने थुप्रै नेपाली साहसिक खेलाडीहरूका रुपमा  यस खेलमा सक्रिय रहेका छन् ।नेपाल नदी संरक्षण (एनआरसिटी)का अध्यक्ष तथा कर्णाली रिभर वाटरकिपरसमेत रहे रिसोर्टका सञ्चालक आलले उत्सवका क्रममा सहभागीहरुको सुरक्षालाई प्राथमिकतामा राखिएको बताए । ‘क्यानोनिङ गर्दा पानीको बहाव, भौगोलिक स्थिति र खेलाडीहरूको सुरक्षामा विशेष ध्यान दिएका छौं । सहभागी सबैले हेल्मेट,वेट सुट,हार्नेस,जुत्ता अनिवार्य लगाउनुपर्छ । वसन्त ऋतुमा नेपालमै पहिलोपटक व्यापक कार्यक्रमसहित क्यानोनिङ उत्सव अयोजना गरेका हौँ,’ उनले भने । 

उनका अनुसार नेपालमा साहसिक खेलहरू दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेका छन् । साहसिक खेलप्रेमीहरूका लागि पर्वतारोहण, पदयात्रा, र्याफ्टिङ मात्र नभई क्यानोनिङ पनि आकर्षक गन्तव्य बन्दै गएको उनको अनुभव छ । ‘साहसिक खेलप्रति बढ्दो आकर्षणले आगामी दिनमा यस क्षेत्र अझै व्यावसायिक हुने आशा जगाएको छ,’ आलेको भनाइ छ ।

canyoning-festival-2025K95-1741082028.jpg
क्यानियोनिङ प्रशिक्षक तथा फेस्टको निर्देशक एवम् संयोजक मदन मगरले भने ‘हाम्रो उद्देश्य साहसिक खेलप्रेमीहरूलाई सुरक्षित रूपमा क्यानियोनिङको अनुभव प्रदान गर्नु मात्र होइन, यो खेललाई थप प्रवर्धन गर्दै जानु पनि हो ।’संयोजक मगरका अनुसार नेपालमा हालसम्म केही स्थानहरूमा मात्र क्यानियोनिङ व्यावसायिक रूपमा सञ्चालन गरिएको छ । भोटेकोशी उपत्यकामा मात्र नौभन्दा बढी क्यानियोनिङ स्थलहरू छन् । मगरका अनुसार फेस्टको उद्देश्य यस्ता स्थानहरूलाई प्रवर्धन गर्दै नेपालको अपार सम्भावना भएका गन्तव्यहरूलाई विश्वस्तरमा चिनाउनु हो । 

उक्त फेस्टिभलमा स्थानीय गाउँ लिस्तीबाट आएकी सहभागी पेम्बा तामाङले भनिन्,‘ मैले यो समयलाई कुरिरहेको थिएँ । पहिले साथीहरुले गरे म छुटेँ । मैले क्यानोयिनिङ भयो भने मलाई जसरी पनि बोलाउनु म आउँछु यहाँ पनि भनेको थिएँ । मेरो आफन्तले यहाँ क्यानोयिनिङ हुँदैछ खबर दिनुभयो र  आएँ । ’ पेशाले शिक्षिका भएर पनि यो सहासिक खेलमा रम्न उनी बोर्डरल्याण्ड झरिन् । उनले अनुभव सुनाउँदै भनिन्, ‘ सुरुको झरनामा झर्न निकै डर लाग्यो । अगाडि एउटा मिस जानु भयो । उहाँपछि म पनि झरेँ । पहिलोचोटि झरेको सानो खोल्साको झरना तर चिसो पानीमा डर लाग्दै झरेँ । पछि तलको झरना निकै अप्ठ्यारो थियो तै पनि सहासकासाथ झरेँ ।’ आफ्नै गाउँठाउँको झरनामा यसरी नि झरिन्छ जस्तो लागेको थिएन पहिलो पटक क्यानोनिङ गर्दा निकै मज्जा आएको उनले बताइन् । 'विद्यार्थीहरुलाई सहासिक बनाउन आफै पनि सहासिलो बन्नु जरुरी भएकोले हामी यो फेस्टभलमा सहभागी हुन आएका हौँ' लिस्तीकै अर्का शिक्षकले बताए । 

यसैगरी साहसिक खेल प्रशिक्षक अर्जुन तामाङले भने,‘नेपालका भौगोलिक विशेषताले क्यानियोनिङको लागि उपयुक्त खेलमैदान प्रदान गरिएको भए पनि पछिल्ला दिनहरूमा जलविद्युत आयोजना तथा क्रसर उद्योगहरूले यी नदीहरूलाई नष्ट गरिरहेका छन् ।’ तामाङ भन्छन्, ‘जलविद्युत आयोजनाका कारण कतिपय क्यानियोनिङ स्थलहरू ढुंगा खस्ने जोखिममा परेका छन् । साथै, केही ठाउँहरूमा फोहोर फाल्ने ठाउँमा परिणत भएपछि यी क्षेत्रहरू प्रयोगविहीन भएका छन्’ । 

‘कोशी प्रदेशमा मात्र तीन प्रमुख क्यानियोनिङ स्थलहरू भए पनि पर्यटकहरूको न्यून उपस्थितिले यस क्षेत्रको सम्भावनालाई रोक लगाइरहेको छ । ’ धरानका क्यानियोनिङ गाइड मोहनसिंह लिम्बूले बताए । उनले भने,‘स्थानीय सरकार र सम्बन्धित निकायहरूको प्रचारप्रसारको अभावका कारण यो खेल अझै लोकप्रिय हुन सकेको छैन । ’लिम्बूका अनुसार राष्ट्रिय स्तरको प्रमाणित गाइड लाइसेन्सको अभाव हुनु पनि यो क्षेत्रको लागि अर्काे प्रमुख समस्या हो । लिम्बु भन्छन्, ‘अहिले पनि धेरै क्यानियोनिङ गाइडहरू विदेशी संस्थाबाट प्रमाणपत्र प्राप्त गरेका छन् । तर, सीटीईभीटीबाट तालिम लिएका प्रशिक्षकहरूलाई आधिकारिक लाइसेन्स दिन नसक्दा खेलप्रेमीहरूमा विश्वासको कमी देखिएको छ । ’

canyoning-festival-2025-world-jumbo-1741082030.jpg
यस खेललाई अगाडि बढाउनका लागि स्थानीय तथा राष्ट्रिय स्तरमा ठोस रणनीति आवश्यक रहेको संयोजक मगर बताउँछन् । ‘हामी शैक्षिक संस्थाहरूसँग छलफल गर्दैछौं, जसले गर्दा योग्य तथा दक्ष प्रशिक्षक उत्पादन गर्न सकियोस् ’ उनले भने।

चितवनका साहसिक खेल प्रशिक्षक मनोज गुरूङका अनुसार चितवनमा १५ देखि २५ मिटर उचाइका झरनाहरू पाइन्छन् । ‘जलबिरे झरनाजस्ता स्थानहरूलाई पार्कका रूपमा विकास गर्ने प्रयास भइरहेको छ, तर यदि क्यानियोनिङलाई प्रवर्धन गर्न सकियो भने पर्यटन प्रवद्र्धनका लागि नयाँ सम्भावना खुल्नेछ’ उनले भने । 

सोही क्षेत्रको गाति युवा क्लबका पूर्वअध्यक्ष ईश्वर श्रेष्ठ भन्छन्, ‘भोटेकोशी उपत्यकामा रहेको जलस्रोतको सही सदुपयोग गर्दै क्यानियोनिङ प्रवर्धन गर्न सके यसले स्थानिय युवाहरूलाई रोजगारी र आयआर्जनको अवसर दिन सक्छ ।’  उनका अनुसार यस क्षेत्रकै लागि भनेर निरन्तर रुपमा काम गर्न एक त प्रचारप्रसारको नै कमि छ  र अर्को विकासका पूर्वधार कमजोर रहेको छ । उनका अनुसार स्थानीय सरकारको सहयोगमा क्लबले झन्डै ३ लाख रुपैयाँ बराबरको क्यानियोनिङ उपकरण खरिद गरिसकेको छ । तर साहसिक पर्यटकहरुको पातलो सहभागीतका कारण स्थानीय गाइडहरु यस कामलाई छोडेर आयस्रोतका लागि अन्य क्षेत्रमा लाग्नुपर्ने अवस्था सिर्जना भएको पाइन्छ । 

नेपालमा साहसिक पर्यटनको एक नयाँ ढोका खोल्न सक्ने क्यानियोनिङ खेललाई सरकारले संरक्षण र प्रवर्धन गर्न आवश्यक देखिन्छ । यदि रणनीतिक रूपमा सही कदम चालियो भने नेपालले विश्वस्तरमा क्यानियोनिङ गन्तव्यको रूपमा पहिचान बनाउने सम्भावना पोख्त छ  ।


प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १५:४०
#क्यानियोनिङ #बोर्डरल्याण्डस् _इको_एडभेन्चर_रिर्सोट
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
दुई वर्षमा बन्नुपर्ने  झोलुंगे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन
दुई वर्षमा बन्नुपर्ने  झोलुंगे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन बिहीबार, पुस १७, २०८२
मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि
मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि बिहीबार, पुस १७, २०८२
नेपाल पर्यटन बोर्ड २७औँ वर्षमा प्रवेश,  नेपाल–आसियान पर्यटन वर्ष-२०२६ घोषणा
नेपाल पर्यटन बोर्ड २७औँ वर्षमा प्रवेश,  नेपाल–आसियान पर्यटन वर्ष-२०२६ घोषणा बुधबार, पुस १६, २०८२
आगामी जेठमा एभरेष्ट टुरिजम अवार्ड र विश्व शान्ति सम्मेलन
आगामी जेठमा एभरेष्ट टुरिजम अवार्ड र विश्व शान्ति सम्मेलन बुधबार, पुस १६, २०८२
अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज
अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज मंगलबार, पुस १५, २०८२
मुक्तिनाथ-तेताङ चक्रपथ सडक निर्माण
मुक्तिनाथ-तेताङ चक्रपथ सडक निर्माण मंगलबार, पुस १५, २०८२
पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध मंगलबार, पुस १५, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP