काठमाडौं - कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
५६ वर्षीय शेर्पाले आज बिहान १०: १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् ।
सेभेन समिट ट्रेक्सले उनले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेकाे जानकारी दिएकाे छ ।
शेर्पा‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान शेर्पाकै नाममा रहेको छ ।