Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • माल्दाइको बात, कसले देला साथ !
माल्दाइको बात, कसले देला साथ !
प्रभाव संवाददाता
प्रभाव संवाददाता
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी
मंगलबार, फागुन १३, २०८१

ठूलाघरे माल्दाइ उता चौताराको पिपलको रुख काटियो भनेर चिन्ता गर्दै थिए । पिपलको रुख काटिनुअघि ठूलो पाटोको डिलमा बसेर माल्दाइ रमिते बनेर हेरिरहेका थिए । ठूलाघरे कान्छा बाले आफ्ना छोराछोरी नभएकाले भजन गर्ने पाटीको छेउमा वर पिपल रोपेका थिए । 

वर पिपलको बोट रोपेका मात्र थिएनन् । वर पिपल बढ्दै गएपछि कान्छा बाले साइत जुराएर रित पुर्याएरै हिन्दू संस्कारअनुसार बिहे गरिदिएर ब्राह्मण भोजन पनि गराएका थिए । ती सबैका साक्षी थिए माल्दाइ ।कान्छा बाको सन्तान नभएकाले माल्दाइ उनको अंशियारको एकमात्र भागिदार नै थिए । साह्रै भाग्यमानी । पहिले पनि माल्दाइले उनकै बाका दाजुभाइमध्येको साहिलो दाइ, जो बांगे बाका रुपमा गाउँभर चिनिन्थे । उनको पनि अंश पाका थिए सातघरेतिर । कान्छा बा बितेसँगै उनको जायजेथामा माल्दाइले आँखा डुलाएका थिए ।  

‘अरुको अंशले आफ्नो वंशलाई नै पिरोल्छ त्यसैले दान दिनु, नखानु’ भन्थे ‘बांगे बा’ । उनकै अंशले पो हो कि माल्दाइ पटक–पटक संकटमा नपरेका पनि होइनन् । आखिर गाउँ समाज नै यस्तै छ । शक्तिको भक्ति गाउने । सम्पन्नको वीरताको गाथा बनाउने । माल्दाइ तिनैको फन्दामा परे । आको बात छैन भ्याउनुपर्छ भनेर उकास्नेहरु नै उनको साथमा भए त्यसबेला ।

माल्दाइले पारिघरे पशुपतिदेखि डाँडाघरे सागरेसम्मलाई धेरै विश्वास गरेका थिए । कान्छा बाले रोपेको वर पिपलको रुख काटिरहँदा उनलाई ठूलो पाटोको डिलमा बसेर रुख काटेको र हाँगाबिँगा हल्लिएको खुब रमाइलोसँग हेर्नमात्र लगाए ती दुवैले । ती दुईले भनेको कुरालाई होऽ मा हो मिलाउने अरू तल्लाघरे श्यामेदेखि राताघरे धर्मेसम्म पनि थिए । 

Hardik health

पिपलको रुख काटिरहँदा त्यही रुखमा सहारा लिएर गुँड बनाएर बसेका भँगेरा, परेवा चिच्याउँदै गुँड छोडेर उडेर भाग्दा माल्दाइलाई ताली बजाएर खुसी व्यक्त गर्ने पशुपतिदेखि सागरेहरुकै लहैलहैमा लागेर माल्दाइ त्यही ठूलो पाटोको डिलमा बसेर ‘खैजडी’ बजाइरहेका थिए । 

माल्दाइले डिलमा बसेर ‘खैजडी’ बजाउँदै बजाउँदै पिपलको रुख गल्र्यामगुर्लुम ढल्यो । विचरा कान्छा बाले रोपेको पिपलको रुख नकाट भन्ने कोही पनि भएन । ‘बांगेबा’को अंश खाएर रमाइरहेका माल्दाइ पनि आफूले के गर्दै छु भन्ने हेक्का राख्दै राखेनन् । 

डिलमा बसेर पिपलको रुख काट्दै गर्दा हार गुहार गर्दै नकाट–नकाट भन्ने थरीका खलक मुग्लान छिर्यो । देश नदुखेपछि विदेश दुख्यो । माल्दाइ त यो वा त्यो कारण गाउँमा मुखिया नै भइहाले । गाउँका मुखियालाई त्यस्ता जाबो पिपलको बोटको के चिन्ता थियो र ? पशुपति र सागरेहरुले पिपलबोट रोप्नेदेखि ढाल्दासम्म संरक्षण गर्नलाई पाखा लगाइदिए ।

माल्दाइले तिनीहरुले गरेको छल र कपट भेउ नै पाउन सकेनन् । विचरा पाउन पनि कसरी ! डाँडाखेत, बाँसा डोल अनि पुराण्डोलमा अरुले कमाइदिएको जिन्सी बेचेर नगद हिसाव–किताव गर्दै ठिक्क थियो । माल्दाइको बाले पनि माइलोले गरिखाला जस्तो छैन भनेर आधुनिक होमस्टे खोलिदिएका थिए । त्यसैले जीवन चल्दै थियो । कान्छो बाउको अंश हात लाग्यो । 

‘मामा धन फुपुको श्राद्ध’ भन्थे ! माल्दाइलाई पनि त्यस्तै आइलागेपछि अरुले तारेभिरको ढुंगामा आफ्नै टाउको फुटाउन खोजेर के हुन्थ्यो र ? तर उल्टो बाटो हिँड्ने मान्छे कहिले पो सही ठाउँमा पुग्छ र ? माल्दाइ पनि त्यस्तै हालतमा पुगिहाले । अब माल्दाइलाई फिरंगी हुनेबाहेक के नै छ र ? कहिले तारेभिर कहिले रत्नेभिर गर्दै बरालिएर हिँडेका माल्दाइलाई के सुर चलेको हो कुन्नि । आफ्नै आँखा अगाडि गिडेको पिपलको रुख सग्लो बनाउन मन लागे छ ।
ऊ बेला भन्थे के सनत कुमारले ‘तँ हेर म हेर ठाउँ हेर अनि बेला हेर’ । कति मज्जाको कुरा सिकाएका थिए सनतले । तर कुरै नबुझेको पनि कसको बाउको के लाग्छ र ? फेरि उही पुरानै ठूलो पाटोको डिलमा आएर पिपलको रुखको ठूटो चलाउँदै थिए । 

ऊ बेला बञ्चराले छियाछिया पार्दा पशुपति र सागरेको कुरामा दंग पर्दै ‘खैजडी’ बजाएर बसेका माल्दाइ अब के बजाउने धोको लिएका हुन् । डिलमा बसेर ‘गुहार’ माग्दै बचाउ ऽ बचाउ ऽ भनेर मात्र कहाँ हुन्छ र ? बेला न कुबेला कसले बचाउने ? हिजो बचाउँछु भन्नेहरुको मन पनि नराम्ररी कुँडिएको छ । सुक्दै नसुक्ने पिपलको पात पनि सुकिसकेको छ । हाँगाबिँगा ध्वस्त पारेर छिया–छिया पारिसकेको छ ।

अब पनि त्यही पात झरेको बूढो रुखबाट हावा आउँछ भनेर भन्ने हो भने त उही हो । १८ वर्षअघि ढालेको पिपल अब अहिले आएर पलाउँला र ? न टुसाउँछ न पलाउँछ । साँच्चै नै रुख चाहिएको हो भने अहिले रोप्नुपर्छ । रोप्दै नरोपी फल खोज्न त चोर नेता बन्नुपर्छ । साढे सातले काटेको खड्गो अब सातमा आएर मलाई साथ चाहियो भनेर हुन्छ ? जुनबेला आवश्यक थियो त्यही बेला साथ पाउने । अब त माल्दाइ पनि उही हो । मुखिया माल्दाइको बात, कसैले दिँदैनन् साथ !

घर छाडेर गएकाहरु आउनै मान्दैनन् । डाँडापारि गाउँमा गएर उतै खानपानमै मस्ती मारिसके । बागमती बरु ढलमतीमा परिवर्तन भयो । तर माल्दाइको आसेपासे परिवर्तन हुन सकेनन् । त्यसैले पनि माल्दाइको जीवनमा फेरि अंश खान नै भाग्यमा लेख्या रैछ भने हो नत्र भने उही हो ! १८ वर्ष अगाडि ढलेको पिपलको बोटबाट अक्सिजन पाउन मुस्किल छ । न त ढालेको पिपलको रुखको पूजा नै हुन्छ । तर सर्वश्रेष्ठ भएर पनि पिपलले न्याय पाउन सकेन । बरु चिलाउने, उतीसहरुले आफ्नो सान र मान दुवै बढायो । त्यसैले पनि को होला र विचरालाई दिने साथ !
 


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP