Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विकृत ‘कार्टेलिङ’ बन्द गरियोस् 
विकृत ‘कार्टेलिङ’ बन्द गरियोस् 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २०, २०८१

आर्थिक मन्दीले व्यापारी, व्यवसायीदेखि उद्योगी मारमा परेका छन् । मन्दी घटेर बजारमा सन्तुलन आइसकेको दाबी सरकारले गर्दै आएको धेरै भइसक्यो । मन्दी र सरकारको दाबीको ‘ग्याप’मा बसेर उद्योगीले भने ‘कार्टेलिङ’ गर्दै मूल्य बढाइरहेका छन् । कार्टेलिङ भनेको मिलेमतोमा मूल्य निर्धारण गर्नु हो । यो कानुनतः अवैधानिक कार्य हो । यसरी कार्टेलिङ गर्नेमाथि सरकारले कारबाही गर्नुपर्नेमा उल्टै यसलाई वैधता दिने काम गरेको छ । जुन उपभोक्तामाथिको लुट नै हो ।

खुलाबजार नीतिलाई मान्य हो भने एउटा उद्योगीले अर्को उद्योगीसँग प्रतिस्पर्धा गर्न मूल्य घटाउने वा गुणस्तर बढाएर मूल्य पनि बढाउने गर्छन् । तर ग्राहकलाई मारमा पार्न अहिले उद्योगीहरु मिलेर सिमेन्टको मूल्य एउटै राखेको भेटिएको छ । वस्तु वा सेवामा सीमित व्यक्तिले नियन्त्रण गर्नु उपभोक्ता र खुला बजारविरुद्धको अपराध हो । त्यो पनि दोब्बरसम्म मूल्य बढाएर । यो मृल्यवृद्धिबारे पटक–पटक निर्माण व्यवसायीले आवाज उठाए पनि कतै सुनुवाइ भएन । किनभने अधिकांश राजनीतिक नेता, सरकारसमेत उद्योगीको पक्षमा देखिए । दोब्बरसम्मको मूल्य बढेपछि भने यो विषयले संसदको समितिमा प्रवेश पाएको छ । निर्माणको सिजन चल्नासाथ उद्योगीले विभिन्न कारण देखाउँदै सिमेन्टको मूल्य बढाएको देखिन्छ ।

उनीहरुले पहिलो कारण लोडसेडिङलाई देखाएको छ । त्यसपछि सिमेन्टको कच्चा पदार्थका कारण पनि लागत बढेको तर्क अघि सारेको छ । जबकि यो मूल्यमा पनि उद्योगीले मनपरि मूल्य राखिदिएको देखिन्छ । भारत निर्यात गर्दा सस्तोमा पठाउने तर नेपाली बजारमा चर्को मूल्य लिनु नै निकै अस्वाभाविक देखिन्छ । सरकारले नेपालमा लगानीमैत्री वातावरण बनाउन भन्दै अध्यादेश जारी गरेको छ । यो अध्यादेशको चौतर्फी प्रशंसा पनि भएको देखिन्छ । तर खुला बजारमा जसले जति पनि मूल्य निर्धारण गर्न पाउने भन्दै सरकारले यस्तो खाले छाडा मूल्य तोक्ने छुट दिनुहुन्न । 

Hardik health

उद्योगीलाई प्रोत्साहन गर्न विद्युत् प्रवाह खोलिदिने काम सरकारको हो । बजार व्यवस्थापन गरिदिने काम सरकारको हो । तर अत्याधिक मूल्यवृद्धिमा साथ दिने हैन । सत्तापक्षकै सांसदहरुले सिमेन्टमा मूल्यवृद्धि आकाशिएको प्रमाण पेस गर्दासमेत उद्योगमन्त्री दामोदर भण्डारी भने उद्योगीको बचाउमा उत्रिए लेखा समितिमा । जनताको सेवा गर्न सरकारमा पुगेको व्यक्तिले यसरी कालोबजारीको संरक्षण गर्न कति पनि उचित हुन्न । लेखा समितिले मूल्य बढाउनु प्रथम दृष्टिमै अस्वाभाविक भन्दै तत्काल यो नियन्त्रण गर्न निर्देशन दिइसकेको छ । यसलाई अल्याङटल्याङ गर्ने काम मन्त्रालयबाट नहोस् । कार्टेलिङलाई वैधता दिने काम तुरुन्त बन्द होस् । यस्तो विकृत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइयोस् ।

 


प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP