Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इरान_इजरायल
  • #जनकराज_गिरी
  • #इन्दिरा मानन्धर
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #खखडेहरा_पर्व
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सवारी प्रदूषण नियन्त्रण गर
सवारी प्रदूषण नियन्त्रण गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १, २०८१

देशभर सवारीसाधन आउजाउ व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ । ट्राफिक प्रहरीले सवारी अनुमतिपत्र, चालक अनुमतिपत्र जाँच्ने गर्छन् । ट्राफिक प्रहरी नभएको ठाउँमा नेपाल प्रहरी पनि माथिका काममा खटिरहेका भेटिन्छन् । तर, सवारीसाधनको कन्डिसन र यसको प्रदूषणको बारेमा जाँच भने विरलै हुने गरेको छ ।

काठमाडौं महानगरपालिकाले सोमबार सवारीसाधनको प्रदूषणको अवस्थाबारे जाँच गरेको छ । यसरी जाँच गरेका २० वटामध्ये छ वटा मापदण्डबाहिरको भेटियो । यो भनेको ३० प्रतिशत सवारी मापदण्डभन्दा बाहिर रहेको तथ्य हो । सामान्यतया वातावरण व्यवस्थापन विभागले सवारीसाधनको प्रदूषण जाँच्दै हरियो स्टिकर टाँस्ने गर्छ । तर ठूला बस, मिनी बस, ट्रिपर तथा पुराना सवारीले यस्ता नियम उल्लंघन गर्दै आएको देखिन्छ ।

यस्तै सवारीसाधन जाँच गर्दा काठमाडौं महानगरले ३० प्रतिशत सवारी मापदण्डबाहिरको भेटिएको छ ।मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पांग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । तीन पांग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

Hardik health

दुई पांग्रे सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकेयु) हुनुपर्छ । 

मापदण्डभित्र पर्ने सवारीसाधनबाटसमेत प्रदूषण फैलिरहेको अवस्थामा यसरी मापदण्डविपरीतका सवारी चल्दा वातावरणमा झनै गम्भीर असर पुग्छ । ट्राफिक प्रहरीको पहुँच भएको क्षेत्रमा नै ३० प्रतिशत प्रदूषणयुक्त मापदण्डबाहिरको सवारी सञ्चालन भएको अवस्थामा अरु क्षेत्रमा यसको अवस्था के होला ? यसबारे सरकार गम्भीर बन्नैपर्छ । यसैगरी ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्रका साथै सवारीको कन्डिसन पनि ठीक छ छैन जाँच गरे सम्भावित दुर्घटनाहरु कम गराउन सकिन्छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म शुक्रबार, फागुन २२, २०८२
निर्वाचनमा सुरक्षा सतर्कता बढाऊ
निर्वाचनमा सुरक्षा सतर्कता बढाऊ बुधबार, फागुन २०, २०८२
मौन अवधिमा चनाखो बनोस् आयोग 
मौन अवधिमा चनाखो बनोस् आयोग  मंगलबार, फागुन १९, २०८२
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती आइतबार, फागुन १७, २०८२
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ शुक्रबार, फागुन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP