Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
विचार
  • Home
  • विचार
  • अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
राजकुमार दिक्पाल
राजकुमार दिक्पाल आइतबार, पुस २८, २०८१

जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली युवतीहरुको नाकको अलिकति चर्चा गरिएको छ । उनीहरुको नाकलाई ‘तेलको धारा’जस्ता भनिएको छ ।व्यक्तिले व्यक्तिमाथि दृष्टि दिंदा उसका आँखाहरुको मूल आकर्षणको केन्द्र अनुहार नै हुन्छ । 

समकालीन दुनियाँमा मानिसको आँखा, नाक वा शारिरीक बनोट हेरेर सौन्दर्यको चर्चा गर्ने वा औसत धारणा बनाउने प्रवृत्ति उत्पात मौलाएको छ । त्यसैले अधिकतम् व्यक्तिहरुले सकेसम्म आफ्नो आवरणलाई सुन्दर बनाउन चाहन्छन्, जसका कारण आफ्नो अनुहार हेरेर अरुले आफूमाथि राम्रो धारणा बनाऊन् । तर ब्यक्तिको सौन्दर्यलाई केवल अनुहारको रुपरङमा मात्र सीमित गरिए त्यो ठूलो भ्रम हुनेछ । अनुहारबाट मात्रै मानिसको वास्तविक पहिचान भेट्न सकिन्न । मानिसको वास्तविक सुन्दरता त उसले बोकेको विचारमा मात्र पाइन्छ । महान विद्वान अष्टबक्राले भनेकै छन्, “आत्मदृष्टिले हेरियो भने असुन्दर भन्ने केही पनि पाइन्न । तर चर्मदृष्टिले हेर्न थालियो भने असल भन्ने देख्न मुस्किल पर्नेछ । चर्मदृष्टिले त अज्ञानीले मात्रै हेर्छ ।”

अष्टबक्राको यो भनाइलाई हामीले गहिराइमा पुगेर ध्यानदृष्टि दियौँ भने मनन् गर्न पर्ने उच्च तहको दर्शन पाउन सक्छौँ । तर अहिलेको यो अस्वस्थ होडबाजीको युगमा यस्तो दर्शन र ज्ञान सम्झाउने र सम्झनेहरुको खडेरी पर्न थालेको छ । यो सभ्य समाजको सूचक होइन ।

मानिसको अनुहार मात्रै हेरेर दृष्टिकोण बनाउनु पनि चर्मदृष्टिको उपज हो । हामी भन्न सक्छौँ, मानिसको बाहिरी रुप रङ वा आवरण हेरे मात्रै निर्णयमा पुग्न थालियो भने त्यो हतारो हुनेछ । हामीले मानिसको विचारबाट मात्रै उसको सौन्दर्यको सही मूल्याङ्कन गर्न सक्छौँ । 

Hardik health

सुकरातको अनुहार अवलोकन

असल विचार र दर्शनको प्रवाह गर्दा समाज भाँडेको आरोप लागेको थियो महान दार्शनिक सुकरातलाई । त्यहीँ आरोपमा त्यसबेलाको आडम्बरी शासकले उनलाई मृत्युदण्ड दिएको थियो । शारीरिक दृष्टिले सुकरातमा आकर्षक व्यक्तित्त्व थिएन । उनी होचो कदका थिए र हिँड्दा पनि बाङ्गो पाराले हिँड्थे । उनीको अनुहार कुरुप थियो । तर पनि उनको पछाडि लाग्ने शिष्यहरुको लर्को सानो थिएन । यसको कारण थियो, उनीबाट प्रवाहित हुने सुन्दर विचारहरुको प्रवाह । 

एक दिन उनी आफ्ना शिष्यहरुलाई प्रवचन दिइरहेको बेला एक ज्योतिष उनीसम्मुख उपस्थित भए । ती ज्योतिष कसैको अनुहार हेरेकै भरमा मानिसको भविष्यवाणी गरिदिने घमण्ड गर्थे । ती ज्योतिषले सुकरातको अनुहार हेर्दै भने, “यो मानिसमा क्रोध नै क्रोध छ । नाक हेर्दा यस्तै लाग्छ । निधार र टाउकोको बनोट हेर्दा यो मानिस लोभी हुनुपर्छ । चिउँडो हेर्दा अत्यन्तै सनकी छ । ओठ र दाँतको आकारले भन्छ, यो मानिस देशद्रोहका लागि लालायित छ ।”यो सुनेर ती ज्योतिषलाई सुकरातले राम्रो पुरस्कार दिएर पठाउँदा उनका शिष्यहरु ठूलो आश्चार्यमा परे । आफ्ना शिष्यहरुको आश्चार्य बुझेर सुकरातले उनीहरुलाई भने, “ज्योतिषले भनेको सबै दुर्गुण मसँग छ । यो म स्वीकार गर्छु । तर ज्योतिषले मेरो विवेकलाई ध्यान दिएनन् । म आफ्नो विवेक शक्तिले सबै दुर्गुणमा अङ्कुश लगाउन सक्छु ।”

मानिसले अनुहार हेरेर सबै कुरा थाहा पाउन सक्ने भए ती ज्योतिषले भने जस्तै सुकरात पनि अत्यन्तै खराब हुनुपर्ने हो । तर उनी त संसारको महान दार्शनिक भएर अमर बने । उनैले जन्माएका शिष्य प्लेटो अर्का महान विचारक भए भने प्लेटोको शिष्य एरिस्टोटलको विषयमा जति चर्चा गरे पनि कम हुन्छ । सुकरातको जन्म एक व्यक्तिमा मात्रै सीमित भएन, उनी त समाजको मार्गदर्शक बने । 

सुकरातको समयमा उनको इश्र्या गर्ने र आफूलाई विद्वान स्वघोषणा गर्नेहरु प्रशस्तै थिए । उनीहरु आफूलाई ‘सोफिस्ट’ भन्थे । तर सुकरात चाहिँ आफूलाई फिलोसोफर भन्थे । ल्याटिन भाषामा ‘फिलो’ भनेको ज्ञान र ‘सोफर’ भनेको प्रेमी हो । विनयशील सुकरातले आफूलाई विद्वान नभनी ज्ञानको प्रेमी भन्ने गर्थे । यसबाट पनि असल चिन्तकहरुमा विनयशीलताजस्तो महानता कतिसम्म हुँदो रहेछ भन्ने थाहा पाउन सकिन्छ । हाम्रा कवि शिरोमणि लेखनाथ पौड्यालले भनेजस्तै फलेको वृक्षको हाँगो ननुहेको कहाँ छ र ?

रुप र चिन्तनको संयोजन

मिलेको अनुहार, चम्किला आँखा, आवश्यकताअनुहारको उचाई र दन्तुरुस्त शरिरको चाहना सबैलाई हुन्छ । तर सबैले त्यो अवसर पाउन सक्दैनन् । प्रचलित सौन्दर्य दृष्टिमा अनाकर्षक शारिरीक बनोट लिएर जन्मने मानिसलाई त्यो मानिसले अपहेलना गर्छ, जोसँग अष्टबक्राले भनेजस्तै आत्मदृष्टि होइन, चर्मदृष्टि मात्र हुन्छ ।

हामी रुप र चिन्तनको उदाहरण दिंदा सिद्धार्थ गौतमको उदाहरण दिन सक्छौँ । उनले ज्ञान प्राप्तिको खातिर दरबारिया भौतिक सुख परित्याग गरे । त्यसबेला पुरुषहरुले पनि केश विन्यासलाई ठूलो महत्त्व दिन्थे । उनले दरबार छाडेपछि आफूले बोकेको छुरीले आफ्नो कपाल आफँै काटे । उनी कतिसम्म सुन्दर थिए भने उनलाई बत्तीस लक्षणले युक्त पुरुष मानिन्थ्यो । उनले भौतिक सुखसयल र आफ्नो सुन्दर अनुहारप्रति कुनै मोह राखेनन् । धैर्यतापूर्वक गरिएको ध्यान साधनाबाट उनले बुद्धत्त्व प्राप्त गरे । अनि उनी गौतम बुद्धको रुपमा प्रसिद्ध बने ।

बुद्धत्त्व प्राप्त गरिसकेपछि उनले आफ्नो शिष्यहरुलाई भौतिक सुख र सौन्दर्यतिर रत्तिभर ध्यान नदिई साधनामा लाग्न प्रेरित गरिरहे । दाह«ी, जुँगा र कपाल खौरन र वस्त्रका रुपमा चिवर धारण गर्न शिष्यहरुलाई प्रेरित गरे । चिवर भनेको मसान घाटहरुमा फ्याकिएको मृतकको वस्त्रहरु हुन् । तिनीहरुलाई धोई सफा गरी, सिलाइ धारण गर्न उनले शिष्यहरुलाई प्रेरित गरिरहे । उनका शिष्यहरुले त्यसलाई अनुशरण गरे ।

गौतम बुद्धकी एक दिदी (सानी आमा प्रजापति गौतमीतिरकी छोरी) थिइन्, नन्दा । उनी अत्यन्तै सुन्दरी थिइन् । उनमा आफ्नो सुन्दरताको ठूलो घमण्ड थियो । बुद्ध उनलाई शारिरीक सौन्दर्यको घमण्डबाट मुक्त गराएर भिक्षुणी बनाउन चाहन्थे । निक्कै लामो प्रयासपछि बुद्धले सौन्दर्यको घमण्डबाट मुक्त गराएर नन्दालाई भिक्षुणी बनाउन सफलता प्राप्त गरेका थिए ।

गौतम बुद्धको विचारमा शारिरीक सौन्दर्य गौण हो, त्योभन्दा उत्तम त सुन्दर विचार हो । सुन्दर विचारले सुन्दर समाज निर्माण गर्छ । सुन्दर समाजका लागि उपकारी मनहरुको जमघट आवश्यक हुन्छ । उपकारी मनका लागि सुन्दर विचार चाहिन्छ । गौतम बुद्ध भन्थे, “तिमीले प्रत्येकपल्ट सास फेर्दा तिम्रो आयु घटिरहेको हुनेछ । त्यसैले आफ्नो प्रत्येक क्षण तिमी प्राणी जगत्को उपकारमा लगाउ ।”

नश्वर शरिर अमर विचार

संसार अनित्य छ, कुनै भौतिक वस्तु स्थायी छैन । नश्वर शरिर त एक दिन बिलाएर जान्छ । जतिसुकै सुन्दर भए पनि समय क्रमसँगै अनुहार खुम्चदै चाउरी पर्दैै जान्छ । सिधा र आकर्षक शरिर पनि कुप्रिदै जान्छ । हट्टाकट्टा सरीर समय पुगेपछि कमजोर हुँदै जान्छ । रौंहरु झर्न थाल्छन् । अन्ततः हाम्रो भौतिक देह एक दिन माटोमा मिल्न पुग्छ ।तर हामीले सुन्दर विचार राख्यौँ भने त्यो एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ । सुन्दर विचारले सुन्दर समाज निर्माणका लागि मार्गदर्शन गर्छ । त्यसैले सुन्दर निर्माणमा जुट्न सुन्दर विचार बोक्न जरुरी छ ।

अनुहारको सौन्दर्य र विचारको उत्कृष्टताको प्रसङ्ग कोट्याउँदा महान नाटककार तथा मानवतावादी व्यक्तित्त्व जर्ज बर्नाड शको धारणालाई पनि उदाहरणको रुपमा लिन सकिन्छ । उनको प्रतिभाबाट प्रभावित नहुने कोही थिएनन् । यस्तै प्रभावमा पर्ने हलिउडकी एक जना सुन्दरीले उनलाई विवाहको प्रस्ताव राख्दै भनिछन्,“तिमी र म विवाह गरौँ र हामी यस्तो सन्तानलाई जन्म दिऔँ कि रुप मेरोजस्तो होस अनि बुद्धि तिम्रोजस्तो ।” यो सुनेर जर्ज बर्नाड शले ती सुन्दरीलाई उल्टै प्रश्न गरेछन्,“हे सुन्दरी, तिम्रो कुरा त ठीकै हो, तर हामीबाट जन्मिने सन्तानमा रुप मेरोजस्तो र बुद्धि चाहिँ तिम्रोजस्तो भयो भने के गर्ने नि ?” त्यसैले हामी पनि अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ।


प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP