Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
विचार
  • Home
  • विचार
  • यःमरि पुन्ही, उधौली र जात्रा पर्वहरु
मंसिर पूर्णिमा यःमरि पुन्ही, उधौली र जात्रा पर्वहरु
पदम श्रेष्ठ
पदम श्रेष्ठ आइतबार, मंसिर ३०, २०८१

योमरी पूर्णिमाकै दिन हुन्छ, लुभु गोभ्रातेश्वर जात्रा । एक दिनअघि घर लिपपोत गरी शुद्धसँग बनाएको योमरी काँसको थालमा एक रुपैयाँ दामसहित छुट्याइन्छ भने एक माना चामलसहित पूजाका लागि ल्याउने गोभ्रातेश्वर महादेवलाई चढाइन्छ । यसरी जात्रा गर्दै पूजा थाप्दा महादेवलाई १४ जना द्वारे र १६ जना खड्गीले शुद्धतापूर्वक पूजा गरिन्छ । पूजामा शुद्धता नभए देवता कोफ भई रोगको महामारी फैलिन्छ भन्दै मंसिर पूर्णिमाका दिन चोभरी दुवाल ज्यापूहरूले नुहाएर पवित्र भई नङ काटेर एक्लै सुत्ने सेतो जामा पहिरेर जात्रा चलाइने गरिन्छ ।
 

आज मंसिर पूर्णिमा । आजको दिनलाई विभिन्न आदिवासी समुदायले फरक–फरक पर्वका रुपमा मनाउँदछन् । नेवार समुदायले यस दिनलाई यःमरि पुन्हि (धान्य पूर्णिमा)को रुपमा मनाउँदै आएको छ । यसै दिन ज्यापु दिवस पनि मनाइन्छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जात्रा लाग्ने गर्दछ । यही दिन किराँत समुदायको उधौली चाड पर्छ । तराइमा थारुहरुले फगुई पर्वका रुपमा यो पूर्णिमालाई मनाउने गर्दछन् । कुलुङ चाड येलेदोङ, चाक्वाकुर पनि यही दिन पर्दछ । यो लेखमा यी पर्व तथा जात्राहरुका बारेमा चर्चा गरिएको छ ।

यःमरि पुन्हि
यःमरि च्वामू उके दुने हाम्व, बिउसा ल्यासे मब्युसाः बुरिकुती, त्यःछिं त्यः, वकःछिं त्यः, लाटपाटा कुलिंचा जुत्छी त्यः, यःमरि च्वामू...
यसरी तिहारमा देउसीभैलो मागेजस्तै मागेर यःमरि (योमरी) खाने परम्परा छ, काठमाडौं उपत्यकाका नेवार समुदायमा । प्रेम, दया, करुणाको भावनात्मक पर्व यःमरि पुन्हीलाई बौद्धहरु पञ्चतŒव (चाकु, तिल, अदुवा, पानी र चामलको पिठो) ले पूर्ण चिवहाः चैत्यका रूपमा लिन्छन् । यःमरि खानाले जाडो सहनसक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भनिन्छ । चामलको पिठोभित्र चाकु, तिल, खुवा, अदुवाको रस राखी मःमःझैं बफाएर योमरी पकाइन्छ । किसानहरु यसदिन चामलको पिठोबाट गणेश, लक्ष्मी, ज्यापू, ज्यापुन्ही, ख्याक, कुवेर आदिका प्रतीकको साथ ल्वंचामरी चढाएर ढुकुटी पूजा गर्दछन् । यःमरि नेवार समाजमा छोरीचेली गर्भवती हुँदा माइती खलकले धौबजी खुवाउन जाँदा लानुपर्ने चलन छ । बालबालिकाको जन्मोत्सव, विवाह, म्हपूजा र वृद्ध भएपछि जंकुमा पनि यःमरि नभई हुँदैन ।

यःमरि बनाउने तरिका
यःमरि बनाउन नयाँ धानको टाइचिन चामलको पिठो भए झनै उचित । पिठो मनतातो पानीमा मुछ्नुपर्छ । मुछ्दा धेरै गिलो वा साह्रो हुनुहुँदैन । एक मुठी पिठोको डल्लोभित्र हातको बूढीऔंलोले पेट खाली बनाउने र त्यसभित्र चाकु, तिल स्वादअनुसार खुवा, घिउको लेदो राख्दै मुख बन्द गरी मःमः जस्तै बफाएर पकाउनुपर्छ ।

सासौं गोभ्रातेश्वर महादेवको खटजात्रा
योमरी पूर्णिमाकै दिन हुन्छ, लुभु गोभ्रातेश्वर जात्रा । एक दिनअघि घर लिपपोत गरी शुद्धसँग बनाएको योमरी काँसको थालमा एक रुपैयाँ दामसहित छुट्याइन्छ भने एक माना चामलसहित पूजाका लागि ल्याउने गोभ्रातेश्वर महादेवलाई चढाइन्छ । यसरी जात्रा गर्दै पूजा थाप्दा महादेवलाई १४ जना द्वारे र १६ जना खड्गीले शुद्धतापूर्वक पूजा गरिन्छ । पूजामा शुद्धता नभए देवता कोफ भई रोगको महामारी फैलिन्छ भन्दै मंसिर पूर्णिमाका दिन चोभरी दुवाल ज्यापूहरूले नुहाएर पवित्र भई नङ काटेर एक्लै सुत्ने सेतो जामा पहिरेर जात्रा चलाइन्छ । गोभ्रातेश्वर महादेवस्थानमा दुवाल ज्यापूका पुर्खाले पशुपति दर्शन गर्दा गाईको गोबरमा महादेवले दर्शन दिएकोले गोभ्रातेश्वरलाई नेपाल भाषामा सासौ महाद्यो भनियो ।

थेचो नवदुर्गा गणनृत्य
यःमरि पुन्हीको एक दिनअघि छोयला बु, पोलेको राँगाको मासुलाई नुन–खुर्सानीमा मोलेर बनाएको परिकारसँग भोज खाई ऐतिहासिक थेच्वको नवदुर्गा जात्रा मनाइन्छ । छोयला बु, यःमरि पुन्ही, पिंगल जात्रा, मी प्याखँ (कोयलाछी जात्रा), भैलाजु जात्रा गरी पाँच दिन थेचो नवदुर्गा जात्राका ब्रह्मायणी र बालकुमारी खटजात्रा गरिन्छ ।
 
१२ वर्षे थेचो नवदुर्गा जात्रा
पूर्व कर्मनाशा र पश्चिम नख्खुबीचको करिब १३ हजार ५०० रोपनीमा फैलिएको थेचो नवदुर्गा जात्राको वर्ष दिन अगाडि श्रावण कृष्ण त्रयोदशीदेखि तयारी हुन्छ । नवदुर्गा गणमा सिंहिनी, व्याघ्रिनी, बाराही, भैरव, अजिमा (दक्षिणकाली), मनमैंजु (महालक्ष्मी), म्हासुख्वा माजु (ब्रह्मायणी), कुमारी, वामुख्वामाजु, विष्णुदेवी, गणेश, तुयुख्वा माजु (वंगालादेवी)को मुकुन्डो गहना, लुगा र आगद्यो रहेको नवदुर्गा मन्दिरभित्र हाँस, कुखुराको बलि दिई भोज खाइसकेपछि एक महिनासम्म मूलढोका बन्द गरिन्छ । मूलढोका बन्दपछि थेचोभरि बाजा बजाउन, बिहे–व्रतबन्ध गर्न, इष्टमित्र–आफन्तलाई देश घुमाउन, राति बास बस्न पूर्ण बन्देज लगाइन्छ । भनिन्छ, यस अवधिमा अज्ञात व्यक्ति दही–चिउरा खान्छु भन्दै आउने र सोही व्यक्ति देवीलाई बलि दिने कथन थियो । देवी जगाउन लेलेको तीनपानी भञ्ज्याङबाट ‘आगामसिं’ काठ ल्याई चोकमा नृत्य छाप्रो बनाइन्छ ।

सोही रात सिंहिनी–ब्याघ्रिनीलाई थेचोको यामुन्या, पोखरीको भैरवलाई छम्पी दह, दक्षिणकालीलाई खुल्डोचाबाट र बाराहीलाई बुँलीदह गोदावरीबाट पानी ल्याई चोख्याउने गरिन्छ । त्यसैगरी महालक्ष्मी, मनमैंजुलाई यामुन्या पोखरी, विष्णुदेवी बामुख्यालाई धापाखेलको गंगा र गणेशका लागि गलबल ठेचोको जल ल्याई गोप्य पूजा गरी विधिपूर्वक मुकुन्डो र पोसाक लगाउँछन् । यस थेचो नवदुर्गा जात्रा गणनृत्यमा, ढल्को क्षेत्रपाटीस्थित इन्द्रायणी पीठ, टोखाको कालिकास्थानमा जस्तै जीवित माछा, भँगेरा, सर्प र बोका दन्दनी बलिरहेको होमस्थलमा दहन गरिन्छ ।

थानकोट महालक्ष्मी जात्राः र योमरी पूर्णिमा 
योमरी पूर्णिमाका दिन गोपाली, देसार, ज्यापुको आदिभूमि थानकोटमा महालक्ष्मी, महाभैरवीको खटजात्रा हुने गर्दछ । राजा अमर मल्लद्वारा ने.सं. ६०४ मा बस्ती रक्षार्थ स्थापित अष्टमातृका पीठमध्ये महालक्ष्मीलाई यस देशको प्रमुख देवी मानिन्छ । आदिनारायणको खटजात्रालगत्तै थालिने महालक्ष्मी जात्रा चाफः टोलका देसार गुठीका भैरवलाई विधिपूर्वक ढुंगेसिंह कटाएपछि अगाडि बढ्छ । द्वारे र दुवाल समुदायको सहयोगमा हुने जात्राअघि महालक्ष्मी मन्दिरमा गोपाली कन्याको इही (बेल विवाह) गरिन्छ । गोपाली समुदायमा इही गर्ने परम्परा छैन तर जात्राका बेला दुई जना कन्याको इहीलाई भाग्यमानी मानिन्छ । गंगटो बलि दिएर सुरू हुने पञ्चबलि (राँगा, हाँस, बोका, भेंडा, कुखुरा) बलिसहित महालक्ष्मी जात्रामा भैरव र गणेशका खट सहभागी हुन्छन् । 

किराँती समुदायको उधौली
अन्न उत्पादनका लागि प्रकृतिलाई धन्यवाद दिन मनाइन्छ, किराँती चाड उधौली । भव्य सभामा रजस्वला हुन पुगेकी बहिनी सोइसोइला लाज र ग्लानिवंश समारोह छोडेर जंगल पस्छिन् । ‘दोलोकुम्मा दो सोइ सोइला’ भन्दै चेलीलाई बोलाउँदा पनि फर्किनन् भने भुइँमा खसेको श्रीपेच ढुंगा बन्न पुग्यो ।

श्रीपेचको शक्ति ढुंगामा छ भन्नेहरू, ढुंगापूजक लिम्बू र श्रीपेचको शक्ति बहिनी सोइ सोइलासँगै जंगलमा छ भन्नेहरू प्रकतिपूजक खम्बू (राई) कहलाए । मुन्धुम धर्मशास्त्रअनुसार उभौली र उधौली पुज्नेहरूमा राई (खम्बू), लिम्बू, याख्खा, सुनुवारले वैशाख पूर्णिमामा चण्डी नाचेर (साकेला) र मंसिर पूर्णिमाका दिन उधौली (सिली) मनाउँछन् । तर, किराँतभित्रकै कुलुङ, जेरो, याम्फूले पुस १५, १६ र १७ गते चक्चाकुर नयाँ वर्ष मनाउँछन् । नेवारहरुले योमरी पुन्ही मनाइरहँदा किराँतले पनि नयाँ अन्नको परिकार खाँदै सिली मनाउँछन् ।

यसदिन किराँत भूमि पूर्वी नेपालको पहाडी इलाकामा मौलिक हाक्पारे, लङसिङ, केनीसा नाच्ने र किराँती धर्मशास्त्र मुन्धुमअनुरूपका फुङवा, चोङवा, थाक्वा थाक्मा, पाक्लुङलेटमा देवीदेवताको पूजा गरी धनुकाँड प्रदर्शन गरिन्छ । सिली उधौलीेको आख्यानुसार, आदिकालमा खेती गर्न नजानेका किराँतहरू काँचै तरुल, गिठ्ठा, भ्याकुर र जंगली जन्तुको मासु खाने गर्दा अनेक रोग लागेर मर्दथे । तर तागेरा देवताले कागुन र धान पकाएर खान सिकाएपछि डाँडाकाडा नै ढाकिनेगरी जनसंख्या बढेछ । यही खुसियालीमा नयाँ धान वा कागुनको परिकार खाने र साकेला नाची चाखोम्बा, मिसेक, युमासाम, धेवासाम, थुङदाङवा र सायात्रुदेनका देवीदेवतालाई सुंगुर, कुखुरा, राँगा बलि दिई नयाँ अन्नको परिकार खाइन्छ ।

फगुई पर्व र थारु
भूमिपुत्र थारु समुदायमा नयाँ अन्न घर भित्र्याएर पूजा गरिन्छ । नयाँ अन्न भित्र्याएर पूजालाई औंली लेना–औली देना भनिन्छ । नयाँ अन्नको पिठोबाट झझराँको रोटी देवता चढाएर खाइन्छ । थारु समुदायले यसलाई फगुई भन्दछन् ।

कुलुङ चाड, येले दोङ, चाक्वाकुरः 
किराँतभित्रका कुलुङहरूको महान् चाड चाक्वाकुर पुस १५ देखि १७ गतेसम्म मनाइने परम्परा छ । कुलुङ आदिभूमि सोलुखुम्बुको महाकुलुङ, छेस्कम, गुदेल, बुङ, साद्दी, पार्व, सोत्तो (सोताङ)लगायत स्थानमा मौलिक भाषा कुलुुङ परम्पराको पहिचानसहित मनाइन्छ चक्चाकुर । पुस १७ नयाँ वर्ष येले दोङ पनि हुँदा तीन दिन भकारी पूजा गरेर मनाइन्छ ।

मिनारी दाचाम्रीः पुस १५ गते गरिने पूजा । घरमा मीठो–मसिनो जे छ, खान्छन् ।
तोबुबा–दोलमः दोस्रो दिन चेली–छोरी ज्वाइँलाई बोलाएर खुवाउने ।
नयाँ वर्ष येलेदोङः शुभकामनासहित तोबुबा पिलम भव्य मनाउँछन् ।
पारिवारिक भेटघाट, शुभकामना आदानप्रदान गर्दै मीठोे खाएर मनाउने चाक्वाकुर पर्व सोलुखुम्बुको महाकुलुङमा विशेष मनाइन्छ भने सुनसरी, मोरङ, झापा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, काठमाडौंका कुलुङहरू यस पर्वलाई पुनःजागृत गर्न लागिपरेका छन् ।
 


प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ११:४४
#धान्य_पूर्णिमा #उधौली
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विचार
आरोग्य पर्यटनः गन्तव्य नेपाल
आरोग्य पर्यटनः गन्तव्य नेपाल आइतबार, असार १, २०८२
कडा डेंगुको क्रम बढ्दो
कडा डेंगुको क्रम बढ्दो शुक्रबार, जेठ ३०, २०८२
लिंग प्रत्यारोपण शल्यक्रिया सम्बन्धी अनुत्तरित प्रश्नहरू
लिंग प्रत्यारोपण शल्यक्रिया सम्बन्धी अनुत्तरित प्रश्नहरू बिहीबार, जेठ २९, २०८२
विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्र
विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्र बुधबार, जेठ २८, २०८२
अख्तियारको पासो ?
अख्तियारको पासो ? मंगलबार, जेठ २७, २०८२
व्यवस्था परिवर्तनले के हुन्छ ?
व्यवस्था परिवर्तनले के हुन्छ ? मंगलबार, जेठ २०, २०८२
गणतन्त्र स्थापनाका १७ वर्षः सुशासन, विकास र समृद्धिको अपेक्षा
गणतन्त्र स्थापनाका १७ वर्षः सुशासन, विकास र समृद्धिको अपेक्षा शुक्रबार, जेठ १६, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP