Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अपांगता भएका नागरिकको अधिकार कार्यान्वयन कहिले ?
अपांगता भएका नागरिकको अधिकार कार्यान्वयन कहिले ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १९, २०८१

डिसेम्बर ३ (मंगलबार) का दिन विश्वभर अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाइयो । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइयो । दिवस मनाइरहँदा अगांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्ने सवालमा राज्य चुकिरहेको पाइन्छ । मुलुकको संविधान तथा विभिन्न ऐन कानुनमा अपांगता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गरिए पनि व्यवहारमा कार्यान्वयन हुन सकिरहेको छैन । 

नेपालको संविधानको धारा ४२ मा रहेको सामाजिक न्यायको हकअन्तर्गत उपधारा (३) मा ‘अपांगता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुने छ’ भनी उल्लेख गरिएको छ । वर्तमान संविधान कार्यान्वयनमा आएको एक दशक पूरा हुनलाग्दासम्म संविधानमा किटान गरिएको यो व्यवस्था पूर्णरुपमा कार्यान्वनमा आउन सकेको छैन । सबै सरकारी कार्यालय र संरचनाहरु अपांगतामैत्री बन्न सकेका छैनन् । जसले गर्दा सार्वजनिक सेवा तथा सुविधामा समान पहुँच पाउनबाट अपांगता भएका व्यक्तिहरु वञ्चित रहँदै आएका छन् ।

यही सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगले नीति, योजना, कार्यक्रम र बजेटमा अपांगता भएका व्यक्तिहरूका सवाललाई प्राथमिकता दिन तीनै तहका सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी अपांगता भएका व्यक्तिहरूको मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रभावकारी कदम चाल्न र संघ, प्रदेश तथा स्थानीय तहलाई उक्त आग्रह गरेको हो ।

Hardik health

अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धमा ऐन कानुनमा भएका व्यवस्थाहरूको कार्यान्वयन अपेक्षाकृतरूपमा हुन नसकेकोप्रति आयोगले चासो व्यक्त गरेको छ । अपांगता भएका व्यक्तिहरूलाई घर, परिवार र समाजले हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तनको आवश्यकता रहेकोसमेत औंल्याइएको छ । आयोगले गरेको अनुगमनको क्रममा पूर्वजन्मको पाप भनी अपांगता भएका व्यक्तिलाई वर्षौंदेखि खोरभित्र पशुसरह बाँधेर राख्ने गरिएको पाइएकोसमेत उल्लेख गरेको छ । 

नेपाल अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्र बनेको छ । महासन्धिमा भएका व्यवस्थाका साथै नेपालको संविधान, आपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४, नियमावली २०७७ तथा अन्य कानुन र नीतिले गरेका व्यवस्थाहरूको कार्यान्वयनको सुनिश्चित गर्नु राज्यको दायित्व हुन्छ । महासन्धि र घरेलु कानुनमा भएका व्यवस्थाबमोजिम राज्यले केही कार्य गरे पनि त्यस्ता कार्यहरू प्रभावकारी हुन नसकेको हुँदा अहिले पनि अपांगता भएका व्यक्तिहरूको अधिकार प्रभावकारीरूपमा सुनिश्चित हुन नसकेको आयोगले औंल्याएको छ । 

मुलुकमा तीन तहको सरकार क्रियाशील रहेको अवस्थामा अपांगता भएका व्यक्तिहरुलाई संविधान तथा विभिन्न ऐन कानुनमा सुनिश्चित गरेका अधिकारहरु कार्यान्वयन हुन नसक्नु विडम्वनाको विषय हो । त्यसैले मानवअधिकार आयोगले औंल्याएका विषयहरुमा तीनै तहका सरकारले तत्काल कदम चाल्न जरुरी छ । अपांगता भएका नागरिकलाई आत्मसम्मानका साथ बाँच्न पाउने व्यवस्था गर्न अझै ढिला नगरियोस् ।
 


प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निपाहको जोखिम नियन्त्रण गर
निपाहको जोखिम नियन्त्रण गर बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत मंगलबार, माघ २०, २०८२
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर सोमबार, माघ १९, २०८२
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ आइतबार, माघ १८, २०८२
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP