Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भारतको विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता हटाऊ
भारतको विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता हटाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २८, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि उडान कटौती गरिएको कारण देखाउँदै हवाई कम्पनीहरुले अस्वाभाविकरुपमा टिकटको मूल्य बढाए । त्यसको प्रत्यक्ष मार वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई परेको छ । उता भारतबाट भने निकै सस्तोमा उडान गरिरहेका छन्, त्यही हवाई कम्पनीहरु । सोही कारण सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई भारतको विमानस्थल प्रयोग गर्न दिने निर्णय गरेको छ । विमानस्थल स्तरोन्नतिका लागि ३० प्रतिशत उडान कटौती भएपछि हवाई भाडा दोब्बर बढाइएको जुन अस्वाभाविक मात्र होइन, अमानवीय नै भन्दा पनि फरक पर्दैन ।

युएईमा जान २५ हजार पर्ने टिकट अहिले ६० हजार रुपैयाँभन्दा बढी तिर्दा पनि पाउन छाडेको छ । रोजगारदाता कम्पनीले केही महिनाअघि नै हवाई टिकटको सम्झौता गर्नुपर्ने हुन्छ । तर, चर्को दर देखिएपछि रोजगारदाता कम्पनीहरुले पनि टिकट दिन छाडेका छन् । भैरहवामा अन्तर्राष्ट्रिय उडान बढाउन थालेयता श्रमिकले टिकट पाउन छाडेका हुन् । पहिले एउटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा सहजै विदेश आउजाउ गर्न सकिने अवस्थामा देशभित्रै दुई–दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा पनि किन भारतीय विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आयो ?

कतै मर्मतका नाममा भैरहवा विमानस्थल प्रयोग गर्न सरकारले प्रेसर दिएको पो हो कि ? यसले अन्तर्राष्ट्रिय विमान कम्पनीहरु रुष्ट त छैनन् ? कुनै पूर्वाधारको तयारीविना जबरजस्ती भैरहवा विमानस्थलमा उडान भर्दा पहिले पनि विस्तारै बन्द भएको थियो । सामान्यतया त्रिभुवन विमानस्थलमा आउजाउ गर्ने उडानमा आउनेभन्दा जाने यात्रुमात्र बढी हुन्छन् । यस्तो अवस्थामा पनि अन्तर्राष्ट्रिय हवाई कम्पनीले ‘रिस्क’ लिएरै उडान भरिरहेका छन् । सरकारले भैरहवालाई ‘डेस्टिनेसन’ बनाउँदा यी विषय ख्याल गरेको भए सायद वैदेशिक रोजगारीमा जानेहरुले भारतको विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आउने थिएन । 

Hardik health

सामान्यतया भारतको बाटो हुँदै अन्य देशको यात्रालाई निकै सकस मानिन्छ । खाडी मुलुकदेखि अन्य देशमा जाँदा नेपाली यात्रुले भारतीय पक्ष र नेपाली पक्षका अधिकारीहरुले नाकामै दुःख दिन्छन् । ऋण गरी कमाउन जान लागेका कामदारको भारतसम्म पुग्दा खर्च बढ्ने त भयो नै सरकारी अधिकारीहरुले दिने दुःखको पारो निकै माथि पुग्ने छ । यसअघि भारतबाट तेस्रो मुलुक जाँदा एनओसी लेटर चाहिन्थ्यो ।

अहिले सरकारले जनतालाई भारतकै विमानस्थल प्रयोग गर्न यही एउटा एनओसी नचाहिने व्यवस्था गरेको बताएको छ । दसैंयता हवाई भाडा बढाएर उडान क्षेत्र विवादमा आएकै छ । नेपाली आकाश जोखिममा छ भन्दै बिमा रकम बढाउँदा पनि हवाई भाडा बढ्दो छ । कतै भाडा बढाउने विषयमा व्यापारीहरुको मिलेमतो त छैन ? यस विषयमा गम्भीर छानबिन होस् । हवाई भाडा बढेको क्षणिक निहुँमा आफ्ना दुई–दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल हुँदा पनि विदेशी विमानस्थल प्रयोग गर्न बाध्य नबनाइयोस् ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन शुक्रबार, जेठ १, २०८३
आगामी बजेटले तय गर्नुपर्ने ‘रोडम्याप’
आगामी बजेटले तय गर्नुपर्ने ‘रोडम्याप’ बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP