Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भारतको विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता हटाऊ
भारतको विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता हटाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २८, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि उडान कटौती गरिएको कारण देखाउँदै हवाई कम्पनीहरुले अस्वाभाविकरुपमा टिकटको मूल्य बढाए । त्यसको प्रत्यक्ष मार वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई परेको छ । उता भारतबाट भने निकै सस्तोमा उडान गरिरहेका छन्, त्यही हवाई कम्पनीहरु । सोही कारण सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई भारतको विमानस्थल प्रयोग गर्न दिने निर्णय गरेको छ । विमानस्थल स्तरोन्नतिका लागि ३० प्रतिशत उडान कटौती भएपछि हवाई भाडा दोब्बर बढाइएको जुन अस्वाभाविक मात्र होइन, अमानवीय नै भन्दा पनि फरक पर्दैन ।

युएईमा जान २५ हजार पर्ने टिकट अहिले ६० हजार रुपैयाँभन्दा बढी तिर्दा पनि पाउन छाडेको छ । रोजगारदाता कम्पनीले केही महिनाअघि नै हवाई टिकटको सम्झौता गर्नुपर्ने हुन्छ । तर, चर्को दर देखिएपछि रोजगारदाता कम्पनीहरुले पनि टिकट दिन छाडेका छन् । भैरहवामा अन्तर्राष्ट्रिय उडान बढाउन थालेयता श्रमिकले टिकट पाउन छाडेका हुन् । पहिले एउटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा सहजै विदेश आउजाउ गर्न सकिने अवस्थामा देशभित्रै दुई–दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा पनि किन भारतीय विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आयो ?

कतै मर्मतका नाममा भैरहवा विमानस्थल प्रयोग गर्न सरकारले प्रेसर दिएको पो हो कि ? यसले अन्तर्राष्ट्रिय विमान कम्पनीहरु रुष्ट त छैनन् ? कुनै पूर्वाधारको तयारीविना जबरजस्ती भैरहवा विमानस्थलमा उडान भर्दा पहिले पनि विस्तारै बन्द भएको थियो । सामान्यतया त्रिभुवन विमानस्थलमा आउजाउ गर्ने उडानमा आउनेभन्दा जाने यात्रुमात्र बढी हुन्छन् । यस्तो अवस्थामा पनि अन्तर्राष्ट्रिय हवाई कम्पनीले ‘रिस्क’ लिएरै उडान भरिरहेका छन् । सरकारले भैरहवालाई ‘डेस्टिनेसन’ बनाउँदा यी विषय ख्याल गरेको भए सायद वैदेशिक रोजगारीमा जानेहरुले भारतको विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आउने थिएन । 

Hardik health

सामान्यतया भारतको बाटो हुँदै अन्य देशको यात्रालाई निकै सकस मानिन्छ । खाडी मुलुकदेखि अन्य देशमा जाँदा नेपाली यात्रुले भारतीय पक्ष र नेपाली पक्षका अधिकारीहरुले नाकामै दुःख दिन्छन् । ऋण गरी कमाउन जान लागेका कामदारको भारतसम्म पुग्दा खर्च बढ्ने त भयो नै सरकारी अधिकारीहरुले दिने दुःखको पारो निकै माथि पुग्ने छ । यसअघि भारतबाट तेस्रो मुलुक जाँदा एनओसी लेटर चाहिन्थ्यो ।

अहिले सरकारले जनतालाई भारतकै विमानस्थल प्रयोग गर्न यही एउटा एनओसी नचाहिने व्यवस्था गरेको बताएको छ । दसैंयता हवाई भाडा बढाएर उडान क्षेत्र विवादमा आएकै छ । नेपाली आकाश जोखिममा छ भन्दै बिमा रकम बढाउँदा पनि हवाई भाडा बढ्दो छ । कतै भाडा बढाउने विषयमा व्यापारीहरुको मिलेमतो त छैन ? यस विषयमा गम्भीर छानबिन होस् । हवाई भाडा बढेको क्षणिक निहुँमा आफ्ना दुई–दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल हुँदा पनि विदेशी विमानस्थल प्रयोग गर्न बाध्य नबनाइयोस् ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP