Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नैतिकता सिकाउने लिलाबल्लभको लिला
नैतिकता सिकाउने लिलाबल्लभको लिला
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २६, २०८१

कोशीका निवर्तमान कानुनमन्त्री लिलाबल्ल्भ अधिकारी यतिबेला अनुसन्धानका लागि कानुनी कठघरा पुगेका छन् । छँदाखाँदाको मन्त्री पदको दुरुपयोग गर्दै केही युवालाई लिएर सुटुक्क जापान गएपछि उनी प्रश्नको घेरामा परेका थिए । विवादमा तानिएका अधिकारी देश फर्कनासाथ के दुरुस्त पारे भने नैतिकता देखाउँदै राजीनामा दिन भ्याए । बुधबार राजीनामा दिएका उनलाई धेरैले प्रेरणाको स्रोतका रुपमा हेरे । राजनीतिमा नैतिकता भनेको लिलाबल्लभबाट सिक्नुसम्म भने । आफूसँगै जापान भिडाएर पठाएका तीन युवासम्मलाई त्यहाँ भाग्न नदिई नेपाल ल्याएको बहादुरी मन्त्रीको अर्को सफलता थियो । यस्तो उदाहरणीय काम त कसले पो गर्ला ?

तर जब रहस्य खुल्दै आयो, लिलाबल्लभ जापान छिर्नै नपाई विमानस्थलबाटै डिपोर्ट गरिएका रहेछन् । ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाको बयानका आधारमा प्रहरीले अहिले अनुसन्धानका लागि अधिकारीलाई हिरासतमा राखिसकेको छ । यसअघि मन्त्रीले आफूलाई कार्यकर्ताले फसाएको भन्दै अनेकन तानाबाना बुन्दै आएका थिए । उनले विभिन्न सञ्चारमाध्यममा आफूलाई बचाउने गरी समाचार पनि लेखाए ।

प्रक्रिया मिचेर विदेश पुगे पनि, मानव तस्करीको आरोप लागे पनि र सोही कारण मन्त्री पदबाट हात धुन बाध्य भए पनि उनी निर्धक्क आफू निर्दोष भएको र दशा लागेको दाबी गर्न भ्याइरहेकै थिए । तर लिलाबल्लभको तानाबानामा प्रहरीले आशंका ग¥यो । देशभरबाट उनको नैतिकतामाथि थप प्रश्न उठ्न थाल्यो । सँगै उनी आबद्ध दल नेकपा एमाले पनि बोल्न र कारबाही गर्न बाध्य भयो । एमालेले उनलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त ग¥यो । अन्ततः प्रहरीले आइतबार नियन्त्रणमा लियो ।

Hardik health

लिलाबल्लभको नैतिकताबाट हामीले के सिक्ने ? किनभने फौजदारी मुद्दामा वर्षौं वकालत गरेका मन्त्रीले किन विधि मिचे विदेश जाँदा ? आफू डिपोट भएको कुरा किन लुकाए ? आरोप लागेपछि राजीनामा दिँदा किन नैतिकताको पाठ सिकाए ? यस विषयका रहस्यहरु अनुसन्धानबाट खुल्दै जानेछ नै । तर लिलाबल्लभले आफूसँगै गएका युवकसँग एकै होटल बुक गर्नु, मन्त्रालयकै कागजमा युवाहरुलाई जापान भित्र्याएर उतै भगाउनेसम्मको योजना बनाउनु सानोतिनो विषय हैन । यस्ता विषयमा लिलाबल्लभबाट मन्त्रीहरुले पाठ सिकून् । अनि नैतिकता पनि सिकून् । 
 


प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP