Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विपद्का ओपन–सेक्रेट गल्तीहरु
विपद्का ओपन–सेक्रेट गल्तीहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १८, २०८१

हरेक विपद्मा सरकारले हरतरह प्रयास गर्दा पनि न त पूर्वतयारीमा सन्तोषजनक काम गर्न सकेको छ न त प्रतिकार्य नै । यसपछि सरकार आलोचित हुन्छ । सरकारको नेतृत्व गरिरहेकाहरुको कयौ कमीकमजोरी छन् । सरकारको यस्तै कमजोरी औंल्याउँदा हरेक निर्वाचनपछि नयाँ दलको जन्म पनि भएको छ ।

तर नयाँ दलले पनि विपद् पूर्वतयारीबारे कुनै योजना बनाउन सकिरहेका छैनन् । वर्षा, भूकम्प, बाढी, पहिरो, अत्याधिक गर्मी, अत्याधिक जाडोजस्ता विषयलाई प्राकृतिक विपत्तिका रुपमा लिइन्छ । तर के यी विपद्हरु प्राकृतिक हुन् त ? केही समयअघिसम्म यस विषयलाई दैवी प्रकोपका रुपमा लिइन्थ्यो । अहिले यसलाई प्रकृतिसँग जोडिन थालिएको हो ।

काठमाडौंमै पनि यसपटकको वर्षा ठुलो नभएको तर त्यही वर्षाले बितण्डा मच्चाएकोबारे सरकारले अध्ययन गर्न जरुरी छ । अहिले जमिनको सतह पुरै सिमेन्टले टालिएको छ । पानी माटोमा रिचार्ज नै हुन पाउँदैन । मतलब पानीलाई सहरबासीले लखेटेर खोलातिर पठाउँछ । यसो गर्दा एक त साबिक माटो विस्तारै मर्दैजान्छ भने सानो पानी पर्दा पनि खोला ठुलो हुन्छ । गत शनिबारको नख्खु खोलाको घटनालाई यससँग दाँज्न सकिन्छ । यही पानी सबैतिरबाट जम्मा हुँदा बाढीको रुप लिन्छ र विपद् यसैले सिर्जना गराइदिन्छ । यसैले यसमा प्रश्न गरौं, के यो प्राकृतिले सिर्जना गरेको विपद् हो त ?

Hardik health

अर्को विषय रह्यो, बीपी राजमार्गको । अहिले बीपी राजमार्गका १२ स्थानमा नै पत्ता लगाउन नसक्नेगरी सडक बगाएको छ । यो क्षेत्रमा २२ वटा क्रसर उद्योग र ढुंगाखानी रहेको पाइएको छ । राजनीतिक र प्रशासनिक आडमा प्रकृतिको दोहन गरी अर्बौ कमाउने संयन्त्र मानिसले नै बनाएका हुन् । जसकारण अहिले मधेश र कोशीलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने बीपी राजमार्ग तहसनहस भएको छ । के यो प्रकृतिले सिर्जना गरेको विपद् हो त ?

धादिङको झ्याप्ले खोलामा पनि यस्तै खाले घटना भयो । धेरैले यात्राकै क्रममा बसभित्रै पहिरोले पुरिएर ज्यान गुमाए । यसपटक मौसम पूर्वानुमान महाशाखाले उच्च जोखिम भन्दै ५६ जिल्लालाई रेड जोनमा राखेको थियो । अति भारी वर्षा हुने भनी सचेत पार्दा पनि प्रशासन, व्यवसायी र नागरिक सबैले यसलाई अटेर गरी सवारी साधानमा यात्रा गरे । जसकारण त्यही पहिरोमामात्रै ३५ जनाको मृत्यु भयो । यसरी यो विपद्मा जानीजानी नागरिकस्तरबाट पनि गल्ती भएका छन् । सरकारलाई प्रश्न गर्नुअघि, अरुलाई प्रश्न गर्नुअघि हामी आफै पनि सच्चिने कि ∕  
 


प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सकसपछिको आशा जगाउने नयाँ वर्ष
सकसपछिको आशा जगाउने नयाँ वर्ष बिहीबार, पुस १७, २०८२
समानुपातिक सूचीमा पुरानै ढर्रा
समानुपातिक सूचीमा पुरानै ढर्रा बुधबार, पुस १६, २०८२
चुनावमा होमियो मुलुक
चुनावमा होमियो मुलुक मंगलबार, पुस १५, २०८२
वैकल्पिक शक्ति एक हुनुको सार्थकता
वैकल्पिक शक्ति एक हुनुको सार्थकता सोमबार, पुस १४, २०८२
दुर्गमका जनतालाई राहत पुग्ने निर्णय
दुर्गमका जनतालाई राहत पुग्ने निर्णय आइतबार, पुस १३, २०८२
आयोगसमक्ष बयानमा जानु बुद्धिमानी
आयोगसमक्ष बयानमा जानु बुद्धिमानी बिहीबार, पुस १०, २०८२
चुनावी वातावरण बनाउन स्वागतयोग्य कदम
चुनावी वातावरण बनाउन स्वागतयोग्य कदम बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP