काठमाडौं- स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नयाँबजार काठमाडौंको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गर्दै संस्थाको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष प्रदीप भट्टको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, आगामी आर्थिक वर्षको बजेट, लाभांश वितरण तथा अन्य प्रस्तावहरू पारित गरेको छ।
साधारण सभामा प्रस्तुत आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको कुल कारोबार ४२ करोड ९ लाख १० रुपैयाँ पुगेको छ। संस्थाले गत वर्षको तुलनामा कुल कारोबारमा करिब ४ करोड रुपैयाँ वृद्धि भएको जनाएको छ।
संस्थाको विवरणअनुसार उक्त अवधिसम्म सेयर पुँजी ४ करोड ८६ लाख ४० हजार ५०० रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप दायित्व २८ करोड ५८ लाख २० हजार ३२ रुपैयाँ रहेको छ भने कर्जा लगानी २४ करोड ५४ लाख ८६ हजार ९५९ रुपैयाँ पुगेको छ। संस्थाको जगेडा कोषमा १ करोड ९७ लाख १६ हजार ५७० रुपैयाँ कायम रहेको जनाइएको छ।
सभाले आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत छलफल गरी अनुमोदन गरेको थियो। त्यसैगरी संस्थाको वार्षिक प्रतिवेदन, बजेट तथा लाभांश वितरणसम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गरिएको संस्थाले जनाएको छ।
साधारण सभाका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कारोबार गर्ने सदस्यहरू भगवती न्यौपाने, सुरेश खतिवडा, डिलकुमार श्रेष्ठ, नहकुल भट्ट र रामकुमार अर्याललाई सम्मान गरिएको थियो। साथै, माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क प्राप्त गर्ने संस्थाका सदस्यका छोराछोरीहरूलाई पनि सम्मान गरिएको थियो।
सभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, संस्थाका सदस्य तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले आउँदै गरेका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानसमेत गरेका थिए ।