वीरगञ्ज– कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै अप्सरा सप्लायर्स सञ्चलनमा ल्याएको छ।
यस नयाँ शोरूममार्फत वीरगञ्ज तथा आसपासका क्षेत्रका घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई कजारियाका प्रिमियम फ्लोर तथा वाल टायलहरूको विविध संग्रह सहजरूपमा उपलब्ध गराउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
नयाँ शोरूमको औपचारिक उद्घाटन बिहीबार गरिएको हो। विशेष समारोहबीच कम्पनीका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालले संयुक्तरुपमा शोरुमको उद्घाटन गरे। कार्यक्रममा अप्सरा सप्लायर्सका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
ग्राहकलाई सहज र सुविधाजनक अनुभव प्रदान गर्ने उद्देश्यले व्यवस्थित गरिएको यस शोरूममा कजारियाका विभिन्न डिजाइन, प्याटर्न, टेक्स्चर तथा फिनिसिङका टायलहरू अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकहरूले उपलब्ध संग्रहहरू प्रत्यक्ष रूपमा हेरेर आफ्नो घर तथा व्यवसायिक परियोजनाका लागि उपयुक्त टायल छनोट गर्न सक्ने छन्।
उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक अग्रवालले भने, “अप्सरा सप्लायर्सलाई हाम्रो आधिकारिक डिलर नेटवर्कमा स्वागत गर्न पाउँदा हामी खुसी छौं। वीरगञ्जमा यस नयाँ शोरूमको सञ्चलनसँगै हामी ग्राहकहरूलाई हाम्रा विविध डिजाइनका संग्रहहरूको पहुँचमा ल्याउँदै उहाँहरूको घर निर्माण तथा पुनर्निर्माणका आवश्यकताहरू पूरा गर्न डिजाइन, टिकाउपन र उत्कृष्ट कार्यसम्पादनको संयोजन भएका उत्पादनहरू उपलब्ध गराउन चाहन्छौं।”
कम्पनीका अनुसार यस शोरूमले अब सर्वसाधारणका लागि सेवा सुरु गरिसकेको छ। नगवा, वीरगञ्ज तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई शोरूममा उपस्थित भई कजारियाका नवीनतम टायल संग्रहहरू अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ।