काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ।
बुधबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित साधारणसभाबाट बैंकका सेयरधनीलाई वितरण गरिने लाभांश प्रस्ताव पारित गरेको छ।
बैंकले साधारण सेयरतर्फको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार रुपैयाँको १० प्रतिशतका दरले हुने एक अर्ब ४७ करोड ९४ लाख ४७ हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गरी नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो।
त्यसैगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीहरुलाई बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता पुँजी तीन अर्ब ५० करोडको ८.२५ प्रतिशतका दरले १० करोड ७५ लाख ८९ हजार रुपैयाँ नगद लाभांश बाँडफाँड गर्ने प्रस्तावसमेत पारित गरिएकाे बैंकले जानकारी दिएकाे छ।